"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

राप्ती बन्यो सडक मानबमुक्त नगर

राप्ती । चितवनको राप्ती नगरपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सहयोगापेक्षी सडक मानब मुक्त नगर घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले सो नगरलाई सडक मानब मुक्त नगर घोषणा गरेका हुन् । मानबसेवा आश्रम भरतपुरसंगको सहकार्यमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले मेयर शमशेर लामालाई राप्ती नगर सडक मानबमुक्त...
Read more

राप्तीमा प्राङ्गारिक कृषि विषयक छलफल कार्यक्रम सम्पन्न

राप्ती, भण्डारा — “प्राङ्गारिक कृषि : अवसर र चुनौती” विषयक एक महत्वपूर्ण छलफल कार्यक्रम आज राप्ती नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना जिल्ला प्राङ्गारिक संघ चितवन (खादका लागि कृषि अभियान) ले गरेको हो। कार्यक्रममा जिल्ला प्राङ्गारिक संघ चितवनका अध्यक्ष चन्द्र प्रसाद अधिकारीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा शमशेर लामा उपस्थित थिए। कार्यक्रमको संयोजन...
Read more

राप्तीमा चैत १४ गते देखि भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

राप्ती,चैत १२- पुर्वी चितवनको राप्तीस्थित शिखर सामुदायिक वन उपभोक्ता समूह र रियल गोर्खा युवा क्लबको संयुक्त आयोजनामा जिल्ला स्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगिता तथा प्रथम चैते दशैं मेला एवं वृहत् सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ। चैत दशैंको अवसर पारेर यहि चैत १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमबारे आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी...
Read more

राप्ती एकताले बाड्यो ३० वटा चुल्हो

पुर्ण बहादुर मगरचैत्र ३ / भण्डाराराप्ती नगरपालिका वडा नं ६ अन्र्तगत रहेका ३० घरपरिवारलाई विजुलीबाट चल्ने चुलहो वितरण गरिएको छ । मंगलवार चितवन राष्ट्रिय निकुञ्ज खगेन्द्रमल्ली उपभोत्त,ा समुह अन्तृगतको राप्ती एकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो १३ औँ बार्षिक साधरण सभामा विजुलीबाट बल्ने चुल्हो वितरण गरेको हो । कार्यक्रम राप्ती नगरपालिका नगर प्रमुख शमशेर...
Read more

राप्ती नगरपालिका का मेयर लामाको कविता चर्चामा, पुराना शक्तिलाई सुध्रन संकेत

चितवनको राप्ती नगरपालिका का मेयर शमशेर लामा ले नयाँ राजनीतिक दलहरूको उदयसँगै पुराना दलहरूले पनि आफूलाई सुधार गर्नुपर्ने सन्देश दिएका छन्। बुधवार साँझ आफ्नो सामाजिक सञ्जालमार्फत कविता सार्वजनिक गर्दै मेयर लामाले राजनीतिक परिवर्तनको संकेत देखिएको उल्लेख गरेका हुन्। उनले जनताले अब पुराना वाचा र शैलीप्रति विश्वास घटाउँदै नयाँ विकल्पतर्फ हेर्न थालेको संकेत गर्दै कविता लेखेका...
Read more

राप्ती–४ मा कफि मेकिङ्ग तथा बार टेन्डिङ्ग तालिम, २० युवालाई अवसर

चितवन — राप्ती नगरपालिका वडा नं. ४ मा युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले कफि मेकिङ्ग तथा बार टेन्डिङ्ग तालिम सञ्चालन हुने भएको छ। वडाले तालिममा सहभागी हुन इच्छुक वडावासीलाई आवेदन दिन आह्वान गर्दै सूचना जारी गरेको छ। वडा कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र इच्छुक वडावासीले आवेदन पेश गर्नुपर्नेछ। तालिममा जम्मा २०...
Read more

अब दोष थोपरेर उम्किने ठाउँ छैन : सुरेन्द्र पाण्डे

काठमाडौँ । निर्वाचनको पछिल्लो परिणामसँगै नेकपा एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले गम्भीर आत्मसमीक्षाको प्रस्ताव अघि सारेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले अब कसैलाई दोष थोपरेर उम्किने ठाउँ नरहेको स्पष्ट पारेका हुन्। निर्वाचनको नतिजाले एमालेलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको उल्लेख गर्दै उनले जनताले दिएको सन्देशलाई हल्का रूपमा नलिन नेतृत्वलाई चेतावनी समेत...
Read more

चितवनमा ६४ दशमलव १२ प्रतिशत खस्यो मत

०चितवन, फागुन २१-चितवनमा ६४ दशमलव १२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीका अनुसार चितवनमा २ लाख ८३ हजार ४२८ मत खसेको छ । जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेको थिए । चितवनमा सवैभन्दा धेरै चितवन क्षेत्र नम्बर ३मा भोट खसेको छ । १ लाख ५५ हजार...
Read more

आइरिस सितोरियो कराते डोजो को जुनियर कराते बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

आइरिस सितोरियो कराते डोजो ले विद्यालयस्तरीय जुनियर कराते बेल्ट ग्रेडिङ कार्यक्रम औपचारिक तथा सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा चारित्रिक विकासका साथै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सितोरियो कराते संघ बागमती प्रदेश का अध्यक्ष गगन लामा रहनुभएको थियो भने सभापतित्व विद्यालय व्यवस्थापन समिति...
Read more

श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार को ३८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार ले आफ्नो स्थापना दिवसको अवसर पारेर शैक्षिक प्रदर्शनी मेला, अभिभावक दिवस तथा ३८औँ वार्षिकोत्सव कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ। एमजिएमएल (MGML) शिक्षण सिकाइ पद्धतिमा आधारित कक्षा सञ्चालन गर्दै आएको विद्यालयले श्री कालिका आधारभूत विद्यालय चात्राङ र श्री आधारभूत विद्यालय ग्लाउथोक सँगको संयुक्त सहकार्यमा शैक्षिक प्रदर्शनी मेला आयोजना...
Read more
1 2 3 4 5

Trending News

Editor's Picks

ईभीका लागि देशभरि १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव   

२४ जेठ, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभरि विद्युतीय सवारीसाधन (ईभी) को थप प्रवर्द्धनका लागि मुलुकभरि कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयले गरेको ‘नेपालमा ईभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभरि १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो । सन् २०३० सम्म...

फिफा विश्वकप २०२६ मा पहिलो पटक देखिँदैछन् यी विशेषता

फिफा विश्वकप इतिहासमै एकैपटक धेरै परिवर्तन भएको विश्वकप बन्दैछ २३औं संस्करण । यसपटकको विश्वकपमा यस्ता धेरै कुराहरू हुँदैछन्, जुन फिफा विश्वकपको इतिहासमा यसअघि कहिल्यै भएका थिएनन् । २४ जेठ, काठमाडौं । उत्तर अमेरिकाको तीन राष्ट्रमा हुने फिफा २०२६ अब निकै नजिक आइसकेको छ । अहिलेसम्मकै ठूलो र नयाँ नयाँ प्रयोग हुन लागेको फुटबलको महाकुम्भका लागि...

जीवनको २५ प्रतिशतभन्दा बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउन बाध्य छन् महिला

काठमाडौँ । महिलाहरू पुरुषहरूको तुलनामा लामो समयसम्म बाँच्ने भए पनि उनीहरूको स्वास्थ्य भने त्यति राम्रो नहुने एक रिपोर्टले देखाएको छ ।   वर्ल्ड हेल्थ फोरमको ‘महिला स्वास्थ्य अन्तर’ घटाउने रिपोर्टले विश्वका विभिन्न क्षेत्र र आयस्तरहरूमा महिलाहरूले आफ्नो जीवनको करिब २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउने गरेको देखाएको हो ।  महिला स्वास्थ्यको केन्द्रमा रहेको आजको...

‘बजेटमा स्पष्टता छैन’- पूर्वअर्थमन्त्री पुन

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पुनले यस्तो बताएका हुन् ।  उनले बजेटमा विभिन्न विषयहरू समेट्ने प्रयास गरिएको भए पनि समग्र संरचना हेर्दा यसलाई केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको देख्न सकिने बताउँदै बजेट स्पष्ट रुपमा कुनै क्षेत्रमा ‘फोकस’ हुन नसकेको बताएका...

इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु

दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च पदस्थ अधिकारीहरूसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच ससर्त युद्धविरामको सहमति भएको केही दिनमै यो घातक हमला भएको हो। लेबनानी सेनाका अनुसार खर्दाली-नबातिएह सडकमा गुडिरहेको एउटा सैन्य सवारी साधनलाई निशाना बनाएर गरिएको आक्रमणमा एक ब्रिगेडियर जनरल, एक क्याप्टेन र एक सैनिकको ज्यान...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०