"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

चितवनमा ६४ दशमलव १२ प्रतिशत खस्यो मत

०चितवन, फागुन २१-चितवनमा ६४ दशमलव १२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीका अनुसार चितवनमा २ लाख ८३ हजार ४२८ मत खसेको छ । जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेको थिए । चितवनमा सवैभन्दा धेरै चितवन क्षेत्र नम्बर ३मा भोट खसेको छ । १ लाख ५५ हजार...
Read more

आइरिस सितोरियो कराते डोजो को जुनियर कराते बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

आइरिस सितोरियो कराते डोजो ले विद्यालयस्तरीय जुनियर कराते बेल्ट ग्रेडिङ कार्यक्रम औपचारिक तथा सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा चारित्रिक विकासका साथै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सितोरियो कराते संघ बागमती प्रदेश का अध्यक्ष गगन लामा रहनुभएको थियो भने सभापतित्व विद्यालय व्यवस्थापन समिति...
Read more

श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार को ३८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार ले आफ्नो स्थापना दिवसको अवसर पारेर शैक्षिक प्रदर्शनी मेला, अभिभावक दिवस तथा ३८औँ वार्षिकोत्सव कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ। एमजिएमएल (MGML) शिक्षण सिकाइ पद्धतिमा आधारित कक्षा सञ्चालन गर्दै आएको विद्यालयले श्री कालिका आधारभूत विद्यालय चात्राङ र श्री आधारभूत विद्यालय ग्लाउथोक सँगको संयुक्त सहकार्यमा शैक्षिक प्रदर्शनी मेला आयोजना...
Read more

चितवन जिल्ला क्षेत्र नं. १ मा नयाँ दलको आक्रामक अभियान: ‘माटो’ र ‘चिम’ चिन्ह लिएर घरदैलोमा अनिल तामाङ र धनबहादुर गुरुङ

चितवन, — आगामी निर्वाचन नजिकिँदै जाँदा नेपाल को राजनीतिक केन्द्रका रूपमा चिनिने चितवन जिल्ला क्षेत्र नं. १ मा यस पटक नयाँ राजनीतिक शक्तिहरूको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी ‘माटो’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका श्रम संस्कृति पार्टीका उम्मेदवार अनिल तामाङ र ‘चिम’ चुनाव चिन्हसहित उज्यालो नेपाल पार्टीका उम्मेदवार धनबहादुर गुरुङले तीव्र घरदैलो कार्यक्रम सञ्चालन...
Read more

रत्ननगरका डिएसपी भट्ट बागमतीकै उत्कृष्ट प्रहरी : जटिल मुद्दामा सफलता

रत्ननगर , ६ फागुन । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले अपराध अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै डिएसपी भट्टलाई २०८२ साल माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो । बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी)...
Read more

दुविचौरस्थित श्री सत्येश्वर शिवालय मन्दिरमा महाशिवरात्रि विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुँदै

राप्ती नगरपालिका वडा नं. १ दुविचौरस्थित श्री सत्येश्वर शिवालय मन्दिरमा २०८२ साल फाल्गुन ३ गते महाशिवरात्रिको पावन अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। महाशिवरात्रि पर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउने उद्देश्यले मन्दिर व्यवस्थापन समितिको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो। आयोजकका अनुसार महाशिवरात्रिको दिन विहान ६ बजेदेखि रातभरसम्म विभिन्न धार्मिक तथा...
Read more

राप्तीमा स्व मातापिताको सम्झनामा छोर्तेन तथा स्तुपा निर्माण गरिने

राप्ती / पूर्वी चितवन राप्ती नगरपालिका वडा न ७ मा स्थित साँघ छेवाङ्ग टासी बौद्ध गुम्बा परिसरमा बौद्ध धर्मका अनुयायीहरूका लागि आस्थाका धरोहर २ स्तुपा, चैत्य छोर्तेन निर्माण हुने भएको छ । स्वर्गीय माता पिता बुद्धि कुमारी नेगी तामाङ् र आइते सिंह रुम्बा लामाको सम्झनामा उनका छोरा बुहारीहरुले उक्त चैत्य तथा छोर्तेन निर्माण गर्न लागिएको...
Read more

उमेदवारहरु भन्छन्– ‘कांग्रेस–एमालेले चुनाव जित्नुपर्छ’

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ का दुई उमेदवारले कांग्रेस र एमालेमध्ये एक पार्टीले चुनाव जित्ने बताएका छन् । सहिद दिवसको अवसरमा जनआदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा नेपाली कांग्रे्रेसका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र नेकपा एमालेका उमेदवार दावादोर्जे लामाले दुई पार्टीमध्ये एकले चुनाव जित्नुपर्ने बताएका हुन् । एउटै मञ्चबाट चुनावी सौदार्हता देखाउँदै जीत–हार जे भए...
Read more

मेरो जीत सुनिश्चित भइसक्यो, घोषणा गर्न मात्र बाँकी छ : उमेदवार बुर्लाकोटी

रत्ननगर । नेपाली कांग्रेस क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस : बदल्छौँ देश’ भन्ने संकल्पका साथ कांग्रेस चुनावी अभियानमा होमिएको बताएका छन् । नेपाली कांग्रेस नगरकार्यसमितिको आयोजनामा निर्वाचनलक्षित युवा भेटघाट कार्यक्रममा मनतव्य राख्दै उमेदवार बुर्लाकोटीले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने जेनजी युवाहरुको भावना सम्बोधन गर्न नयाँ युगको पार्टीको...
Read more

भण्डारामा बिमला मेकअप स्टुडियो सञ्चालनमा

चितवनको राप्ती नगरपालिका भण्डारामा शनिबारदेखि बिमला मेकअप स्टुडियो सञ्चालनमा आएको छ । सौन्दर्य पेशामा एक दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी बिमला पाठक डल्लाकोटीले भण्डारामा आफ्नो दोस्रो शाखा विस्तार गरेकी हुन् । यसअघि मनहरीमा विगत १० वर्षदेखि सफलतापूर्वक पार्लर सञ्चालन गर्दै आएकी डल्लाकोटीले स्थानीय महिलालाई लक्षित गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भण्डारामा नयाँ स्टुडियो...
Read more
1 2 3 4 5

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०