"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आइरिस सितोरियो कराते डोजो को जुनियर कराते बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

Table of Content

आइरिस सितोरियो कराते डोजो ले विद्यालयस्तरीय जुनियर कराते बेल्ट ग्रेडिङ कार्यक्रम औपचारिक तथा सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा चारित्रिक विकासका साथै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि सितोरियो कराते संघ बागमती प्रदेश का अध्यक्ष गगन लामा रहनुभएको थियो भने सभापतित्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद नहर्कीले गर्नुभएको थियो। साथै विभिन्न डोजो प्रमुख, राष्ट्रिय प्रशिक्षक तथा रेफ्रीहरूको सम्मानित उपस्थितिले कार्यक्रमको गरिमा थप बढाएको थियो।

जुनियर विद्यार्थीहरूले निर्धारित पाठ्यक्रमअनुसार काता र कुमितेमा आधारित अभ्यास प्रस्तुत गर्दै आफ्नो दक्षता, अनुशासन र आत्मनियन्त्रण प्रदर्शन गरेका थिए। सम्पूर्ण ग्रेडिङ प्रक्रिया व्यवस्थित, पारदर्शी र निष्पक्ष ढंगले सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले करातेले विद्यार्थीहरूमा सकारात्मक जीवनमूल्य, आत्मसंयम, साहस, आत्मरक्षा क्षमता र नेतृत्व गुण विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। सभापति नहर्कीले विद्यालयले शैक्षिक अध्ययनसँगै सह–पाठ्यक्रम गतिविधिलाई समान महत्व दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निरन्तर जोड दिइरहेको स्पष्ट पार्नुभयो।

ग्रेडिङमा सफल भएका विद्यार्थीहरूलाई सम्बन्धित तहअनुसार नयाँ बेल्ट प्रदान गरिएको थियो। शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम मर्यादित, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०