"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

सम्पादकीय विशेष – चार वर्षको उतारचढावपछि फेरि लयमा फर्किंदै राप्ती नगरपालिका

२०७९ जेठ ६ गते राप्ती नगरपालिका ले नयाँ राजनीतिक नेतृत्व पायो। स्थानीय तह निर्वाचनपछि नगर प्रमुखको रूपमा शमशेर लामा ले पदभार ग्रहण गर्दा जनतामाझ ठूलो अपेक्षा थियो। “गाँस, बास र कपास” लाई आफ्नो मूल अठोट बनाएका लामाले पद सम्हालेको प्रारम्भिक वर्षमै जनजीविकासँग प्रत्यक्ष जोडिएका कार्यक्रम ल्याएर नगरलाई नयाँ आशाको दिशातर्फ डोर्याएका थिए। स्थानीय सरकारप्रति जनताको...
Read more

गोरखा भूकम्पको ११ वर्ष, अझै पाउन सकेनन् दलितले व्यवस्थित घर

काठमाडौँ, वैशाख १२ – खोल्साको छेउमा रहेको सानो बस्ती, झुत्रा त्रिपालले ढाकिएका जीर्ण टहरा र अस्तव्यस्त जीवन। होचो र साँघुरो टहराभित्र धुवाँले कालाम्य भएका भित्ताहरू, छानो र त्यही धुवाँबीच छरिएका सामानहरू। जस्ताको पाताले बारेर दुई भाग लगाइएको सानो टहरोमा न झ्याल छ, न त राम्रो ढोका—एक खापा भएको जस्ताको ढोका पनि जीर्ण अवस्थामा छ। प्रहरी...
Read more

अमेरिकी सहायक विदेशमन्त्री कपुरद्वारा काठमाडौंमा राजनीतिक भेटघाट सुरु

काठमाडौं — ३ दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री सामीर पल कपुरले राजनीतिक दलका नेता तथा सरकारी अधिकारीसँग भेटघाट थालेका  छन् । गत १३ चैतमा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेयता काठमाडौं आउने उनी सबैभन्दा उच्च तहका विदेशी कूटनीतिज्ञ हुन् । काठमाडौंमा अवतरण गरेलगत्तै कपुरले काठमाडौंस्थित अमेरिकी दूतावासमा...
Read more

राप्ती बन्यो सडक मानबमुक्त नगर

राप्ती । चितवनको राप्ती नगरपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सहयोगापेक्षी सडक मानब मुक्त नगर घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले सो नगरलाई सडक मानब मुक्त नगर घोषणा गरेका हुन् । मानबसेवा आश्रम भरतपुरसंगको सहकार्यमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले मेयर शमशेर लामालाई राप्ती नगर सडक मानबमुक्त...
Read more

उदाउँदो तारा उत्सव ढकाल : सानैदेखि स्वरको यात्रामा अघि बढ्दै

-अशोक बहादुर परियारसंगीत भन्ने बित्तिकै धेरैका लागि मनोरञ्जनको साधन हो । तर केहीका लागि संगीत नै जीवन, सपना र अस्तित्व हुन्छ । यस्तै सपना बोकेर अघि बढिरहेका छन् — उदाउँदो गायक उत्सव ढकाल सानैदेखि गायनमा गहिरो रुचि राख्ने उत्सव अहिले नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन व्यस्त छन् । बाल्यकालदेखि नै संगीतप्रेमी वातावरणमा हुर्किएका...
Read more

चेपाङ समुदायको पहिलो डाक्टर बन्न लागिपरेका मातृका

चितवनको चर्को गर्मी। टिनको छानोमुनिको तातो। मातृका चेपाङलाई यसको कुनै पर्वाह छैन अचेल। उनको पूरै ध्यान किताबमा छ। ठूला–ठूला किताबका ठेली संकलन गर्दै कम्मर कसेर पढिरहेका छन् उनी। उनलाई आफ्नो समुदायकै पहिलो डाक्टर बन्नु छ। केही महिनापछि हुने एमबिबिएसको प्रवेश परीक्षा उत्तीर्ण गर्ने अनि चेपाङ समुदायकै पहिलो डाक्टर बन्ने सपना देखिरहेका छन् उनी। मातृकाको घर कालिका...
Read more

Trending News

Editor's Picks

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो नेपाली टोलीलाई बिदाइ गर्‍याे । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडीलाई शुभकामना दिँदै बिदाइ गरे । क्यानका सचिव पारस खड्काले शृङ्खला नेपालका...

२०औँ एशियाली खेलकुद सम्पन्न, नेपाल २ कांस्य पदकमै सीमित

काठमाण्डौ – जापानमा आयोजित २०औँ एशियाली खेलकुद हिजो सम्पन्न भएको छ । नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै १६ दिन चलेको एसियाड औपचारिक रूपमा सकिएको हो । समापन समारोहमा एसियाली खेलकुद परिषद्को झन्डा आगामी आयोजक कतारलाई हस्तान्तरण गरिएको छ । आइची–नागोया एसियाडमा एसियाका ४५ देशका १० हजारभन्दा बढी खेलाडीले ४३ खेलका ४...

नेपालमा नयाँ प्रजातिकाे चरा भेटियाे

काठमाण्डाै – नेपालमा अर्को नयाँ प्रजातिको चरा अभिलेख भएको छ । नेपाल पक्षीविद् सङ्घका अनुसार ‘कलर्ड किङ्गफिशर’ नेपालमा पहिलो पटक अभिलेख भएको हो । चरा अवलोकनकर्ता अनिल मण्डलले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ कुवा मङ्गलैया फाटक नजिक यही असोज १३ गते यो चराको तस्वीर कैद गर्नुभएको हो । नेपाल पक्षी रेकर्ड समिति र राष्ट्रिय–अन्तर्राष्ट्रिय पक्षीविद्हरूको सहकार्यमा यसको यकिन...

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसको सङ्ख्या बढ्दै

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसहरूको सङ्ख्या बढ्दै गइरहेको एक सर्वेक्षणले देखाएको छ । विश्वभर बढ्दो चिन्ता र कडा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्‍याउने ठान्नेहरूको सङ्ख्या बढ्दै गएको ‘प्यु रिसर्च सेन्टर’ ले जनाएको छ । मेटा, स्न्याप र टिकटकलगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौँ...

कांग्रेस महाधिवेशन : रास्वपा सभापति लामिछानेसहित शीर्ष नेता सहभागी

काठमाण्डाै – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाण्डाैकाे खुलामञ्चमा शुरू भएको छ । सभापति गगन थापाले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूकाे तस्वीरमा माल्यार्पण गर्दै महाधिवेशनकाे उद्घाटन गर्नुभयाे । महाधिवेशन उद्घाटन समारोहमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न दलका शीर्ष नेताहरूकाे सहभागिता रहेकाे छ । समाराेहमा लामिछानेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०