काठमाण्डौ – नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडानको काम सकिएको छ ।
गएको भदौ १० मा आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावती पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज अर्थात् (बेलिब्रिज) निर्माण सम्पन्न भएको हो ।
पुल निर्माणसँगै आजदेखि यो खण्डमा औपचारिकरूपमा गाडी वारपार हुन थालेका नेपाली सेनाले जनाएको छ । भोटेकोशी बाढीले वेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवाबीचको सडक सम्पर्क टुटेको थियो ।
बेलिब्रिज सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवतजावत गर्न सहज हुनेछ ।
