"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

एउटै आकाशगंगामा भेटिए तीन विशाल ब्ल्याक होल

काठमाडौँ । खगोलशास्त्रीहरूले पृथ्वीबाट १२.५ अर्ब प्रकाशवर्षभन्दा बढी टाढा रहेको एउटै ग्यालेक्सीभित्र सक्रिय रूपमा पदार्थ निलिरहेका (फिडिङ) तीन वटा ‘सुपरम्यासिभ ब्ल्याक होल’ फेला पारेका छन्।  ‘म्याक्स प्लाङ्क इन्स्टिच्युट फर एक्स्ट्राटेरेस्ट्रियल फिजिक्स’ (एमपीएई) को नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले गरेको यो खोजले ब्रह्माण्डको सुरुआती चरणमा विशाल ब्ल्याक होलहरू कसरी बढे र एकापसमा अन्तरक्रिया गरे भन्ने दुर्लभ...
Read more

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार

९ कात्तिक, काठमाडौं । सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् । प्रारम्भिक मतपरिणामअनुसार २५० सिट...
Read more

भारतको अरुणाचलमा जलविद्युत् बाँध परियोजनाविरुद्धको प्रदर्शन उग्र

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाविरुद्ध भएको प्रदर्शनका क्रममा झडप हुँदा ४० जना प्रहरी घाइते भएका छन् । मुख्यमन्त्री पेमा खाण्डुका अनुसार सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्न लागेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ विरुद्ध स्थानीयवासीले आन्दोलन गरेका हुन् । प्रदर्शनकारीहरूले प्रहरी चौकी, एनएचपीसीको कार्यालय र जनप्रतिनिधिका घरहरूमा तोडफोड र...
Read more

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...
Read more

भारतमा ‘कक्रोच’ आन्दोलनका संस्थापकसहित ३ जना नेता रिहा

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका संस्थापक अभिजीत दिप्केसहित तीन जना नेता आज रिहा भएका छन् । नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनिएको बृहत् प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिइएको एक दिनपछि रिहा गरिएको हो । कक्रोच जनता पार्टी (सीजेपी) की मुख्य कानूनी सल्लाहकार रत्ना सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले...
Read more

बेलायतमा कोभिडका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या झन्डै ५० प्रतिशतले बढ्यो

बेलायतमा एक हप्तामै कोभिड सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले बढेको छ । ‘स्ट्र्याटस’ भनेर चिनिने ‘एक्सएफजी’ भेरियन्टको प्रभाव बढ्दै जाँदा लन्डन सबैभन्दा धेरै प्रभावित भएको ‘टाइम्स नाउ’ ले जनाएको छ । विभिन्न सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार बेलायतको ‘हेल्थ सेक्युरिटी एजेन्सी’ (यूकेएचएसए) को नयाँ तथ्याङ्कले प्रति १ लाख जनसङ्ख्यामा अस्पताल भर्ना हुने साप्ताहिक...
Read more

भारतको जन्तरमन्तरबाट ७०० भन्दा धेरै प्रदर्शनकारी पक्राउ

काठमाण्डौ – भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।  राजधानी दिल्लीको जन्तरमन्तरबाट उनीहरू पक्राउ परेका बीबीसी हिन्दीले जनाएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोज जनता पार्टी (सीजेपी)ले आन्दोलन शुरु गरेको हो । यसअघि अन्य स्थापित विपक्षी दलहरूले...
Read more

मलेशियाले रोहिङ्ग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो

मलेशियाले झन्डै १ हजार ५०० जना रोहिङ्ग्या शरणार्थीहरूलाई म्यानमार फर्काउन शुरू गरेको छ । मलेशियाले रोहिङ्ग्याहरूलाई स्वेच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्रसङ्घ र अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन् । यो म्यानमारका ५ हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले...
Read more

आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दाबी

आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दाबी काठमाण्डौ – इरानले आफ्नो हेलिकप्टर खसालेको र त्यसको बदलामा इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाले जनाएको छ । इरानमा शृङ्खलाबद्ध आक्रमण गरेको उसको दाबी छ । अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ । ...
Read more

इरान–इजरायल तनावबीच तेलको मूल्यमा सामान्य वृद्धि, लगानीकर्ता अझै अन्योलमा

इरान–इजरायल तनावबीच तेलको मूल्यमा सामान्य वृद्धि, लगानीकर्ता अझै अन्योलमा काठमाण्डौ – इरान र इजरायलले एक अर्कामाथिको आक्रमण अस्थायी रूपमा रोके पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि इरान र इजरायलले प्रत्यक्ष सैन्य कारबाही रोक्ने घोषणा गरेका थिए । तर दुवै पक्षले आवश्यक परे पुनः जवाफी आक्रमण...
Read more
1 2 3 … 5

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०