"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार

Table of Content

९ कात्तिक, काठमाडौं । सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार २५० सिट रहेको सर्बियाली संसद्मा ‘स्टुडेन्ट लिस्ट’ले १३५ भन्दा धेरै सिट जितेको छ । बुचिचको सत्तारूढ सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) गठबन्धन १०५ सिटमा सीमित भएको छ । निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको थियो, जुन सन् २००० मा युगोस्लाभियाको विघटनपछिकै सर्वाधिक उच्च मतदाता सहभागिता हो ।

नतिजा सार्वजनिक भएसँगै राजधानी बेलग्रेड र नोभी सादलगायत प्रमुख सहरहरूमा हजारौँ युवा तथा नागरिकहरूले विजयोत्सव मनाइरहेका छन् । उनीहरुले ‘आलेक्जान्दर ढल्यो !’ (आलेक्जान्दर इज गन !) र सन् २००० मा स्लोबोदान मिलोसेभिचको पतन हुँदा घन्किएको ऐतिहासिक नारा ‘उनी सकिए !’ (हिज फिनिस्ड !) पुन: दोहोर्‍याइरहेका छन् ।

यो ऐतिहासिक राजनीतिक परिवर्तनको जग नोभेम्बर २०२४ मा नोभी सादस्थित रेल्वे स्टेसनको कङ्क्रिट क्यानोपी भत्किँदा १६ जनाको ज्यान गएको भयानक दुर्घटनापछि बसेको थियो । उक्त दुर्घटनाको मुख्य कारण सरकारी भ्रष्टाचार, कमिसनतन्त्र र गुणस्तरहीन निर्माण कार्य भएको भन्दै देशभरका विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए । सुरुमा भ्रष्टाचार र जवाफदेहिताका लागि सुरु भएको सडक आन्दोलन पछि गएर पूर्ण राजनीतिक आन्दोलन र चुनावी मोर्चामा रूपान्तरण भयो ।

‘स्टुडेन्ट लिस्ट’ले कुनै परम्परागत राजनीतिक नेतालाई अगाडि सारेन । विद्यार्थी नेताहरूले मुटुरोग विशेषज्ञ डा. इलिया स्रदानोभिचको नेतृत्वमा प्राध्यापक, कलाकार, खेलाडी र कृषकहरू सम्मिलित समावेशी उम्मेदवार सूची तयार पारेका थिए । ती अधिकांश उम्मेदवारहरु विजयी भएका छन् ।

विजय घोषणा भएपछि बोल्दै ‘स्टुडेन्ट लिस्ट’का प्रमुख उम्मेदवार डा. इलिया स्रदानोभिचले भने, ‘आज राति जनताको आवाज सुनिएको छ । भोलिदेखि हामी कानुनी राज्य र लोकतन्त्रको पुनरुत्थानका लागि काम सुरु गर्नेछौँ । यदि दृढ इच्छाशक्ति छ भने परिवर्तन सम्भव छ भन्ने हामीले प्रमाणित गरेका छौँ । अब हामी सबैले सत्य, आवाज र भविष्य पाउने देशको निर्माण गर्नेछौँ ।’

ट्रम्प परिवारसँगको सम्बन्ध र अमेरिकी भूराजनीतिमा प्रभाव

आलेक्जान्दर बुचिचको पतनले अमेरिका र युरोपबीचको भूराजनीतिक सन्तुलनमा नयाँ तरङ्ग पैदा गरेको छ । बुचिचले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर र पूर्व विशेष दूत रिचर्ड ग्रेनेलसँग नजिकको सम्बन्ध बनाएका थिए। ट्रम्पका ज्वाइँ जेरेड कुश्नरको कम्पनीले बेलग्रेडमा रहेको पुरानो रक्षा मन्त्रालयको भवनलाई लक्जरी होटल र आवासीय क्षेत्रमा रूपान्तरण गर्ने अर्बौँ डलरको आयोजना अगाडि बढाएपछि ठूलो विवाद सिर्जना भएको थियो ।

बुचिचले रुस, चीन र अमेरिका बीच रणनीतिक सन्तुलन कायम गर्दै आएका थिए । तर, युरोपेली युनियनतर्फ बढी झुकाव राख्ने युवा पुस्ताको जितले सर्बियालाई रुसी प्रभावबाट टाढा लगेर युरोपेली प्रजातान्त्रिक ढाँचामा थप नजिक ल्याउने अनुमान गरिएको छ ।

अबको राजनीतिक बाटो

संसदीय निर्वाचनमा स्पष्ट बहुमत ल्याएसँगै ‘स्टुडेन्ट लिस्ट’ले नयाँ प्रधानमन्त्री चयन गरी नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्नेछ ।

यसका साथै, आगामी डिसेम्बर महिनामा सर्बियामा नयाँ राष्ट्रपति चयनका लागि छुट्टै निर्वाचन हुनेछ । बुचिचले प्रधानमन्त्री बन्ने उद्देश्यका साथ गत महिना राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।

तर, संसदीय चुनावमै लज्जास्पद हार व्यहोरेपछि उनको राजनीतिक भविष्यमाथि ठूलो प्रश्नचिह्न खडा भएको छ । युरोपभर युवाहरूमाझ बढ्दै गएको सरकारविरोधी र भ्रष्टाचारविरोधी लहरका रूपमा यस ऐतिहासिक जितलाई हेरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कुशल परेराले जनकपुर बाेल्ट्सबाट एनपीएल खेल्ने

काठमाण्डाै – श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको प्रतियोगिताका लागि परेरालाई अनुबन्ध गरेको जनकपुरले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ । ३६ वर्षीय कुशल परेराले ९५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार ३३५ रन बनाएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा २३८ खेलमा ५...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज विहान मौज्दात रकम  १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न...

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार

९ कात्तिक, काठमाडौं । सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् । प्रारम्भिक मतपरिणामअनुसार २५० सिट...

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

काठमाण्डाै – दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात चितवन जिल्लामा गठनभएको क्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो ।  क्लबमार्फत चितवन र त्यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी...

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

इलाम ,कात्तिक ९- इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०