"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पोषणविद्को सुझावः दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ

Table of Content

काठमाडौँ-  दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ ।

नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ। धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन्। सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ। तर के दशैंमा टन्न खानैपर्छ?

पोषणविद्हरु भन्छन्, “घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए फरक पर्दैन।” चिल्लो, पिरोे कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई नगर्ने उनीहरुको भनाइ छ। 

पोषणविद् राज शाक्यले घरमै पकाइएका खानेकुरा खाँदा स्वास्थ्यमा त्यति धेरै असर नपर्ने बताउँछन्। उनी भन्छन्, “सकेसम्म बाहिरबाट मगाएर नखानु नै राम्रो। पटक पटक प्रयोग गरिएको तेल हुनसक्छ, जुन हानिकारक छ। घरमै पकाएको खाना ठिक्क मात्रामा खाए केही फरक पर्दैन ।”

दसैँमा आफन्तजनहरुको बाक्लो उपस्थिति हुन्छ। पाहुनाहरुको आउजाउले गर्दा खानेकुराको प्रयोग अत्यधिक हुन्छ। विशेषगरी चाडपर्वमा मानिसले चाहिनेभन्दा बढी खाने र त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने पोषणविद्हरुको भनाइ छ।

पोषणविद् रुजु खड्काका अनुसार एकैचोटि पेटलाई बोझ हुने गरी कहिल्यै पनि खानु हुँदैन। “यसै पनि धेरैजसोले प्रायः सन्तुलित भोजन तथा व्यायाम गरिराखेका हुँदैनन्, त्यसमाथि धेरै खाँदा उल्टो समस्या पार्न सक्छ,” उनले भने, “चिल्लो, पिरो, नुनिलोको मात्रा बढी छ भने पेट अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुनसक्छ ।”

पोषणविद् शाक्यले चाडपर्वमा कुनै पनि परिकार एकैपटक पकाउने र त्यसलाई तताउँदै खाने बानी राम्रो नभएको बताउँछन्। उनी भन्छन्, “विशेषगरी मासु एकैपटक धेरै पकाउने र त्यसलाई तताउँदै खाने चलन छ। त्यो भन्दा पनि खान सकिने जति झिकेर पकाउन सकिन्छ। मासुमा यसै पनि धेरै तेल प्रयोग भएको हुन्छ। पटक पटक तताउँदा हानिकारक तत्वहरु उत्पादन भइरहेका हुन्छन्। पोषक तत्व नष्ट भइरहको हुन्छ।”

पोषणविद् खड्का अरु समयभन्दा दशैँमा माछामासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान सुझाव दिन्छन्। उनले भने, “थोरै तेलमा तारेको ठीकै हुन्छ। महत्वपूर्ण त खानेकुरामा फाइबर पनि समावेश हुनुपर्छ। पानी प्रशस्त पिउनुपर्छ। ‘कोल्ड ड्रिङ्क्स’को सट्टा नरिवल पानी, मोही, लस्सी बनाएर खान सकिन्छ।”

पोषणविद्हरु चाडपर्वका परिकारले नियमित औषधि खाइरहेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई गाह्रो हुन सक्ने बताउछन्। मधुमेह, उच्च रक्तचाप भएकाले विशेष ध्यान दिनुपर्ने पोषणविद् शाक्यले बताइन्। 

“औषधि समयमै लिनुपर्छ। मधुमेह भएकाले धेरै चिनीजन्य खानेकुरा खानुहुँदैन। व्यायाम पनि उत्तिकै आवश्यक छ। कम्तीमा आधा घण्टा व्यायाम गरेको राम्रो हो,” उनले भने।

पोषणविद् खड्का पनि ज्येष्ठ नागरिकहरुमा पाचन शक्ति कमजोर हुने भएकाले सकेसम्म रातो मासु कम खानुपर्ने बताउँछन्। “रक्तचाप बढ्दा मुटुको समस्या आउन सक्छ। पानी पर्याप्त खाइएन भने मिर्गौलालाई चाप पर्न सक्छ। रक्सी सकेसम्म नखान सल्लाह दिन्छु। भुटेको चनाजस्ता प्रोटिनयुक्त चिज खाए राम्रो हुन्छ”, पोषणविद् खड्काको सल्लाह छ। नेपाल लाइभ अर्काइभबाट

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रले सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश मन्त्रालय र पालिकालाई  पत्राचार गरेको हो । केन्द्रका अनुसार वेबसाइट र विभिन्न सफ्टवेयर बनाउन प्रयोग गरिने प्रविधिमा गम्भीर सुरक्षा कमजोरी फेला परेका छन् ।...

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०