"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

सम्पादकीय विशेष – चार वर्षको उतारचढावपछि फेरि लयमा फर्किंदै राप्ती नगरपालिका

२०७९ जेठ ६ गते राप्ती नगरपालिका ले नयाँ राजनीतिक नेतृत्व पायो। स्थानीय तह निर्वाचनपछि नगर प्रमुखको रूपमा शमशेर लामा ले पदभार ग्रहण गर्दा जनतामाझ ठूलो अपेक्षा थियो। “गाँस, बास र कपास” लाई आफ्नो मूल अठोट बनाएका लामाले पद सम्हालेको प्रारम्भिक वर्षमै जनजीविकासँग प्रत्यक्ष जोडिएका कार्यक्रम ल्याएर नगरलाई नयाँ आशाको दिशातर्फ डोर्याएका थिए। स्थानीय सरकारप्रति जनताको...
Read more

राप्ती बन्यो सडक मानबमुक्त नगर

राप्ती । चितवनको राप्ती नगरपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सहयोगापेक्षी सडक मानब मुक्त नगर घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले सो नगरलाई सडक मानब मुक्त नगर घोषणा गरेका हुन् । मानबसेवा आश्रम भरतपुरसंगको सहकार्यमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले मेयर शमशेर लामालाई राप्ती नगर सडक मानबमुक्त...
Read more

राप्ती एकताले बाड्यो ३० वटा चुल्हो

पुर्ण बहादुर मगरचैत्र ३ / भण्डाराराप्ती नगरपालिका वडा नं ६ अन्र्तगत रहेका ३० घरपरिवारलाई विजुलीबाट चल्ने चुलहो वितरण गरिएको छ । मंगलवार चितवन राष्ट्रिय निकुञ्ज खगेन्द्रमल्ली उपभोत्त,ा समुह अन्तृगतको राप्ती एकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो १३ औँ बार्षिक साधरण सभामा विजुलीबाट बल्ने चुल्हो वितरण गरेको हो । कार्यक्रम राप्ती नगरपालिका नगर प्रमुख शमशेर...
Read more

राप्ती नगरपालिका का मेयर लामाको कविता चर्चामा, पुराना शक्तिलाई सुध्रन संकेत

चितवनको राप्ती नगरपालिका का मेयर शमशेर लामा ले नयाँ राजनीतिक दलहरूको उदयसँगै पुराना दलहरूले पनि आफूलाई सुधार गर्नुपर्ने सन्देश दिएका छन्। बुधवार साँझ आफ्नो सामाजिक सञ्जालमार्फत कविता सार्वजनिक गर्दै मेयर लामाले राजनीतिक परिवर्तनको संकेत देखिएको उल्लेख गरेका हुन्। उनले जनताले अब पुराना वाचा र शैलीप्रति विश्वास घटाउँदै नयाँ विकल्पतर्फ हेर्न थालेको संकेत गर्दै कविता लेखेका...
Read more

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर रेनु दाहाल

नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने। नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुनै लाग्दा उनलाई भरतपुरवासीले मात्रै होइन सिंगो देशवासीले विकासको पर्याय भनेर चिन्ने अवस्थामा पुर्‍यायो। यो अवस्था आउनुमा दाहालले खेलेको भूमिका भरतपुरवासीका लागि चिरस्मरणीय रहने छ। त्यसो त साँघुरो राजमार्ग, खाल्डाखुल्डी सहितका धुलाम्य सडकहरू,...
Read more

राप्तीका ३२ परिवारलाई जग्गाधनी पुर्जा वितरण : करिब दुई हजार लालपुर्जा अलपत्र

– ध्रुवराज खनालराप्ती । भूमि समस्या समाधान आयोग चितवनले राप्ती नगरपालिकाभित्र ३२ वटा परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । राप्ती वडा नम्बर–६, ७ र ११ का ३२ परिवारलाई सोमबार लालपुर्जा वितरण गरिएको जिल्ला आयोग अध्यक्ष इमानसिंह लामाले जानकारी दिए । उनका अनुसार राप्ती–६ को स्याउलीमा ९ वटा, राप्ती–७, सिमलबस्तीमा १४ वटा र राप्ती–११...
Read more

Trending News

Editor's Picks

कुशल परेराले जनकपुर बाेल्ट्सबाट एनपीएल खेल्ने

काठमाण्डाै – श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको प्रतियोगिताका लागि परेरालाई अनुबन्ध गरेको जनकपुरले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ । ३६ वर्षीय कुशल परेराले ९५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार ३३५ रन बनाएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा २३८ खेलमा ५...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज विहान मौज्दात रकम  १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न...

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार

९ कात्तिक, काठमाडौं । सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् । प्रारम्भिक मतपरिणामअनुसार २५० सिट...

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

काठमाण्डाै – दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात चितवन जिल्लामा गठनभएको क्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो ।  क्लबमार्फत चितवन र त्यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी...

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

इलाम ,कात्तिक ९- इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०