"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्ती नगरपालिका का मेयर लामाको कविता चर्चामा, पुराना शक्तिलाई सुध्रन संकेत

Table of Content

चितवनको राप्ती नगरपालिका का मेयर शमशेर लामा ले नयाँ राजनीतिक दलहरूको उदयसँगै पुराना दलहरूले पनि आफूलाई सुधार गर्नुपर्ने सन्देश दिएका छन्।

बुधवार साँझ आफ्नो सामाजिक सञ्जालमार्फत कविता सार्वजनिक गर्दै मेयर लामाले राजनीतिक परिवर्तनको संकेत देखिएको उल्लेख गरेका हुन्। उनले जनताले अब पुराना वाचा र शैलीप्रति विश्वास घटाउँदै नयाँ विकल्पतर्फ हेर्न थालेको संकेत गर्दै कविता लेखेका छन्।

मेयर लामाले लेखेको कवितामा जनताको आवाज अब गाउँ–शहरमा गुञ्जिन थालेको र पुराना शक्तिहरूको प्रभाव क्रमशः घट्दै गएको भाव व्यक्त गरिएको छ। उनले परिवर्तनको लहर जनताकै आवाजबाट उठिरहेको उल्लेख गर्दै नयाँ बाटो खोज्ने प्रयास सुरु भएको सन्देश दिएका छन्।

उनले लेखेको कवितामा भनिएको छ–

“सकियो अब पुरानो दबदबा गाउँ–शहरमा,
जनताको नयाँ आवाज गुन्जियो घर–घरमा।
पुराना शक्तिको समय अब ढल्दै गयो,
परिवर्तनको लहर उठ्यो जनताको स्वरमा।
वर्षौँका वाचा आज जनताले सम्झिए,
अब विश्वास छैन उही पुराना भरमा।
नयाँ बाटो खोज्दै जनता अघि बढे,
नयाँ इतिहास लेखिँदैछ आज यही दौरमा।”

मेयर लामाको यो कवितालाई सामाजिक सञ्जालमा राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ। पछिल्लो समय देशभर नयाँ राजनीतिक शक्तिहरूको उदय र त्यसले पुराना दलहरूलाई चुनौती दिइरहेको सन्दर्भमा उनको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिइएको छ।

स्थानीय तहका प्रमुखको रूपमा कार्यरत लामाले कविता मार्फत जनभावना र समसामयिक राजनीतिक अवस्थाप्रति आफ्नो धारणा व्यक्त गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिएका छन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०