"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्ती नगरपालिका का मेयर लामाको कविता चर्चामा, पुराना शक्तिलाई सुध्रन संकेत

Table of Content

चितवनको राप्ती नगरपालिका का मेयर शमशेर लामा ले नयाँ राजनीतिक दलहरूको उदयसँगै पुराना दलहरूले पनि आफूलाई सुधार गर्नुपर्ने सन्देश दिएका छन्।

बुधवार साँझ आफ्नो सामाजिक सञ्जालमार्फत कविता सार्वजनिक गर्दै मेयर लामाले राजनीतिक परिवर्तनको संकेत देखिएको उल्लेख गरेका हुन्। उनले जनताले अब पुराना वाचा र शैलीप्रति विश्वास घटाउँदै नयाँ विकल्पतर्फ हेर्न थालेको संकेत गर्दै कविता लेखेका छन्।

मेयर लामाले लेखेको कवितामा जनताको आवाज अब गाउँ–शहरमा गुञ्जिन थालेको र पुराना शक्तिहरूको प्रभाव क्रमशः घट्दै गएको भाव व्यक्त गरिएको छ। उनले परिवर्तनको लहर जनताकै आवाजबाट उठिरहेको उल्लेख गर्दै नयाँ बाटो खोज्ने प्रयास सुरु भएको सन्देश दिएका छन्।

उनले लेखेको कवितामा भनिएको छ–

“सकियो अब पुरानो दबदबा गाउँ–शहरमा,
जनताको नयाँ आवाज गुन्जियो घर–घरमा।
पुराना शक्तिको समय अब ढल्दै गयो,
परिवर्तनको लहर उठ्यो जनताको स्वरमा।
वर्षौँका वाचा आज जनताले सम्झिए,
अब विश्वास छैन उही पुराना भरमा।
नयाँ बाटो खोज्दै जनता अघि बढे,
नयाँ इतिहास लेखिँदैछ आज यही दौरमा।”

मेयर लामाको यो कवितालाई सामाजिक सञ्जालमा राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ। पछिल्लो समय देशभर नयाँ राजनीतिक शक्तिहरूको उदय र त्यसले पुराना दलहरूलाई चुनौती दिइरहेको सन्दर्भमा उनको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिइएको छ।

स्थानीय तहका प्रमुखको रूपमा कार्यरत लामाले कविता मार्फत जनभावना र समसामयिक राजनीतिक अवस्थाप्रति आफ्नो धारणा व्यक्त गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिएका छन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789455979

अमेरिकाले पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि

अमेरिकाले पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि गरेको छ । अमेरिकाले यस्तो...
laganikarta_Tu95tCJlGG

पुँजी बजार पुनरुत्थान कार्ययोजनाको लगानीकर्ताद्वारा स्वागत, बजारका लागि सकारात्मक

काठमाडौँ । सरकारले पुँजीबजार सुधारका लागि ल्याएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको लगानीकर्ताहरूले स्वागत...
kp-bp-sher_CaYDxrrjAN

नेपालमा जननिर्वाचित सरकारको दुर्दशा : जेनजीबाट ओली लखेटिए, बीपी र देउवालाई राजाले अपदस्थ गरे

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी र स्वतन्त्रता विरोधी...
nyaya-parisad_eww0cehvck_7qSBXmtFep

उच्च अदालतका तीन र जिल्लाका १५ न्यायाधीशको सरुवा सिफारिस

काठमाडौँ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले उच्च अदालतका तीन र जिल्ला...
Donal-trums-1789446914

हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने ट्रम्पको योजनामा सर्वोच्च अदालतको रोक

अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनावअघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०