"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

दशैँ मनाएर काठमाण्डौ फर्कनेको संख्या बढेसँगै मुख्य नाकामा चाप

काठमाण्डौ – दशैँ मनाउन गाउँघर गएकाहरु काठमाण्डौ फर्कनेक्रम बढेको छ । विजयादशमीको भोलिपल्टदेखि नै फर्कनेहरुको चाप बढ्न थालेको हो । सरकारी कार्यालय भोलिदेखि खुल्ने भएकाले दशैँ मनाउन गाउँघर गएका धेरैजना आजसम्म फर्किसक्नेछन् । गएको ३१ गते शनिवारयता दशैँ बिदा रहेकोमा भोलिदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थासहित धेरैजसो कार्यालय खुल्नेछन् । सार्वजनिक बिदा आज सकिने...
Read more

सरकारको समर्थन मूल्य कागजमै सीमित, किसानलाई १८००मा बेच्न पनि मुश्किल

चितवन, जेठ २४– चैते धान लगाउने सिजनमै सरकारले न्यूनतम समर्थन मूल्य तोक्दा चितवनका किसान उत्साहित भएका थिए । विगतका वर्षमा धान पाकिसकेपछि मात्र मूल्य निर्धारण गर्ने परिपाटी तोड्दै सरकारले यसपटक रोपाइँकै समयमा प्रतिक्विन्टल दुई हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा समर्थन मूल्य घोषणा गरेको थियो । किसानले यसलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने सरकारी...
Read more

निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए दाबी भुक्तानी हुँदैन : बीमा बोर्ड

निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए दाबी भुक्तानी हुँदैन : बीमा बोर्ड काठमाण्डाै – सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी गराएको छ । अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा बापतको रकम दाबी भुक्तानी नदिने स्वास्थ्य बिमा बोर्डले सूचित गरेको छ । बोर्डले हिजो सबै...
Read more

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत काठमाण्डौ – सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६...
Read more

बालेनको गतिबाट आत्तिएपछि परम्परा र संविधानको दुहाइ

नेपालको राजनीतिमा अहिले एउटा अनौठो बहस चलिरहेको छ । ठूलो क्रान्तिपछि आएको सरकारका प्रमुख वालेन्द्र शाहलाई जनभावनाअनुसार आफ्नै गतिमा काम गर्न दिनुको साटो परम्पराका नाममा पुरानै असफल, परिणामहीन र बदनाम राजनीतिक नेतृत्वको अनुसरण नगरेको भन्दै आलोचनाको तारो बनाइँदै छ । भलै वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको डेढ महिने अवधिमै एउटा स्पष्ट सन्देश दिएको छ-...
Read more

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा काठमाण्डौ – ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ ।  यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै आएको हो । चिन भ्रमणपछिको आफ्नो पछिल्लो अन्तर्वार्तामा ट्रम्पले ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय...
Read more

मधेशका मुख्यमन्त्री यादवको विपक्षमा मतदान गर्न जनमतको ह्वीप

१ जेठ, जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको विश्वासको विपक्षमा अनिवार्य मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । उसले सांसदहरुलाई अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन् । बिहीबार बसेको जनमत संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिन तोकेको...
Read more

सरकारले भन्यो– ‘प्रधानन्यायाधीशमा शर्माको सिफारिश कार्यक्षमताका आधारमा’

सरकारले भन्यो– ‘प्रधानन्यायाधीशमा शर्माको सिफारिश कार्यक्षमताका आधारमा’ काठमाण्डाै – नेपाल सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषद्ले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिश गरेको बताउनुभएको छ । वरीयताक्रम मिचेर चौथो वरीयताका न्यायाधीश शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा...
Read more

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् । अघिल्लो साता मन्त्रीपरिषद्ले सिफारिस गरेको यही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका हुन् ।...
Read more

प्रेस स्वतन्त्रता हननका घटना वृद्धि, महासंघले भन्यो- आगामी दिन झनै चुनौतीपूर्ण

काठमाडौँ । नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएको नेपाल पत्रकार महासंघले जनाएको छ । प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले शुभकामना सन्देश जारी गर्दै प्रेस स्वतन्त्रता हननका घटना बढेको तथ्यांक सार्वजनिक गरेकी छन्। अध्यक्ष शर्माका अनुसार, महासंघ सञ्चार अनुगमन एकाइले मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म संकलन गरेको विवरणमा...
Read more
1 2 3 … 5

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०