"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बालेनको गतिबाट आत्तिएपछि परम्परा र संविधानको दुहाइ

Table of Content

नेपालको राजनीतिमा अहिले एउटा अनौठो बहस चलिरहेको छ । ठूलो क्रान्तिपछि आएको सरकारका प्रमुख वालेन्द्र शाहलाई जनभावनाअनुसार आफ्नै गतिमा काम गर्न दिनुको साटो परम्पराका नाममा पुरानै असफल, परिणामहीन र बदनाम राजनीतिक नेतृत्वको अनुसरण नगरेको भन्दै आलोचनाको तारो बनाइँदै छ । भलै वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको डेढ महिने अवधिमै एउटा स्पष्ट सन्देश दिएको छ- अब परम्पराको नाममा प्रणालीलाई बन्धक बनाएर राख्ने दिन सकिए ।

संसदमा विपक्षी र सञ्चार माध्यममा परम्परागत दलहरुसँग हंस जोडिएका बौद्धिकहरु आलोचनाको कुनै विषय नपाएर हास्यास्पद तर्क गर्दै छन्- प्रधानमन्त्री संसद्मा नआउने, घन्टौँ संसदमा बसेर सांसदका कुरा नसुन्ने हो र जवाफका नाममा कर्मकाण्डको पालना नगर्ने हो भने लोकतन्त्र कमजोर हुन्छ । 

अब प्रश्न उठ्छ कि विगतमा परम्पराका नाममा जेजस्ता कर्मकाण्ड गरिए, त्यसले हाम्रो लोकतन्त्रलाई बलियो बनायो त ? संस्थाहरुलाई कहाँ पुर्‍यायो त्यसले ? नेपाली जनताको जीवनस्तरमा के फरक ल्यायो ? के वालेन्द्रले पनि केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले जस्तै कर्मकाण्डी शैलीमै सरकार चलाउनुपर्थ्यो ?  

आलोचना गर्नेहरुले बुझेका छैनन् वा बुझेर पनि बुझ पचाएका छन्- नेपाली जनताले वालेनलाई रोजेकै नतिजाहीन कर्मकाण्डी परम्परा भत्काउनकै लागि हो । किनभने उनी धेरै बोल्दैनन्, धेरै काम गर्छन् । २६ मिनेटको चुनावी भाषणले जनमानस तरंगित बनाउने क्षमता उनले चुनावमा देखाइसकेका छन् । उनको यो कार्यशैलीलाई नीति तथा कार्यक्रमको गुणस्तरसँग जोडेर हेर्नु युक्तिसंगत हुँदैन । बरु स्वर्णिम वाग्लेजस्ता दिग्गज अर्थमन्त्रीले जवाफ दिएर प्रक्रिया, प्रणाली र विषयवस्तु सबैलाई न्याय भएको छ । गफ होइन, काममा ध्यान दिनुपर्छ र बोक्रा होइन, गुदीमा बहस गर्नुपर्छ भनेर बालेन सरकारले स्पष्ट सन्देश दिएको छ ।

सरकारले तत्काल परिवर्तनको आभास दिन र सरकारको मेसिनरीमा तत्काल हस्तक्षेप गर्न ८ वटा अध्यादेश ल्यायो । ती अध्यादेश संसदमा टेबुल भइसकेका छन् । संसदको एउटै अधिवेशनमा ४५ वटा विधेयक तयार पार्ने गरी कामको गति अघि बढाएको छ । पुराना सरकारहरूले पूरा अधिवेशनभर एउटा विधेयक पारित गर्न नसक्ने परम्परा बनाएका थिए । त्यही परम्पराको ह्याङओभरमा रहेकाहरु बालेनको तीव्र गति देखेर होसहवास भएका छन् र बालेनमा ‘दोस्रो ओली’ को रुप खोजिरहेका छन् । 

कानुन निर्माणको प्रक्रियाको गति र सरकारको कार्यगतिमा तादात्म्य मिलाउन अध्यादेश नै उत्तम विकल्प हो । यो सरकारलाई प्राप्त विशेष संवैधानिक र राजनीतिक शक्ति पनि हो । घण्टीमा भोट हालेका जनतामा यसले उत्साह र भरोसा जगाएको छ । त्यसैले सबैले बुझ्नुपर्छ कि बालेन परम्पराको निर्वाह गर्न आएका होइनन् । नतिजाहीन परम्परा भत्काउनु नै बालेनको असली परिचय हो । उनले त्यही गरिरहेका छन् । 

अब रह्यो, प्रधानन्यायाधीश नियुक्तिको कुरा । यसमा बालेनले अर्को छलाङ मारे । नेकपा एमाले र नेपाली कांग्रेसले २०९२ सम्म न्यायालयमा आफ्नो अनुकूलको ‘सेटिङ’ बनाएका थिए । उनीहरुले अदालतमा न्यायाधीश मात्र नियुक्ति गरिरहेका थिएनन्, भावी प्रधानन्यायाधीशको रोल मिलाएर दसकौँसम्मका लागि आफ्नो प्रभावक्षेत्र बनाएका थिए । त्यो सेटिङ भत्काउनैपर्ने थियो । त्यो नभत्काएसम्म मुलुकमा थिति बसाउन सम्भव थिएन । त्यसैले उनले कानुन र संविधानभित्रै रहेर सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई रोकेर १० वर्षसम्मको सेटिङ भत्काइदिए । प्रधानन्यायाधीशको रोलक्रममै नराखिएका मनोजकुमार शर्मालाई ल्याइदिए । यो पनि एउटा ‘परम्परा’ तोड्ने काम हो । जुन तोड्नैपर्ने थियो । बालेनको यस साहसिक र निर्भीक कदमले पुराना दलसँग जीविका जोडिएकाहरु अत्तालिएका छन् ।  
बरु अब आवश्यकता के हो भने राष्ट्रिय सभा र राष्ट्रपति जस्ता संरचनाहरू समयसापेक्ष पुनरवलोकन गर्ने । ती संरचनाहरू ताजा जनादेशको अवरोधक बन्ने स्पष्ट संकेत देखिइसकेको छ । तसर्थ अब यिनको खारेजी र बर्खातगीको विकल्प खुला राखेर अगाडि बढ्नु बुद्धिमानी हुनेछ ।  खासमा यो हुनुपर्नेचाहिँ गत भदौमै थियो ।

बालेन सरकारको तीव्र रफ्तारलाई जनताको अपार समर्थन छ । अब परम्पराका नाममा भुत्ते बनाइएको प्रणालीलाई चलायमान बनाउने जिम्मा पनि बालेनकै काँधमा छ ।  जवाफदेहिताको नारा जप्नेहरूले बुझून्- बालेनले नीति तथा कार्यक्रम संसद्बाहिरबाट ल्याएका छैनन्, अध्यादेश संसद्मै छन्, बजेट पनि संसद्मै आउनेछ । फरक यत्ति हो- उनले कार्यगतिबाटै परम्परालाई चुनौती दिइरहेका छन् । भुत्ते संरचनाहरुलाई नतिजाउन्मुख बनाइरहेका छन् । बालेनको गतिबाट आत्तिएकाहरु परम्परा र संविधानको दुहाइ दिँदै छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०