"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद

Table of Content

फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद

काठमाण्डौ — खोटाङको सुनकोशी नदीमा पानीको बहाव बढेसँगै खोटाङ र पूर्वी तराईलाई जोड्ने फोक्सिङटार र बङ्शिलाघाटका अस्थायी बेलिब्रिज हटाइएपछि सीधा यातायात सम्पर्क टुटेको छ । वर्षायाम शुरु भएसँगै जोखिम बढेपछि दुवै ठाउँका बेलिब्रिज निकाल्दा स्थानीयवासी समस्यामा परेका छन् ।

फोक्सिङटार र बङ्शिलाघाटमा स्थायी मोटरेबल पुल नहुँदा हिउँदमा मात्र बेलिब्रिज जडान गर्ने र वर्षामा हटाउने व्यवस्था रहँदै आएको छ । अहिले बेलिब्रिज हटाइएपछि स्थानीयले पुनः झोलुङ्गे पुलको भरमा यात्रा गर्नुपर्ने बाध्यता आएको छ ।

बङ्शिलाघाटमा पहिलोपटक जडान गरिएको बेलिब्रिजले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही क्षेत्रलाई तराईसँग जोड्न सहज बनाएको थियो । तर, अहिले संरचना हटाइएपछि यात्रामा घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन् ।

फोक्सिङटारमा गएको वर्ष बाढीले मोटरेबल पक्की पुल बगाएपछि अस्थायी बेलिब्रिजको सहारामा यातायात सञ्चालन हुँदै आएको थियो । अहिले यो बेलिब्रिज पनि हटाइएपछि दिक्तेल–गाईघाट सडकखण्ड पूर्ण रूपमा प्रभावित भएको छ । स्थानीयले दैनिक उपभोग्य वस्तुको ढुवानी महँगो हुने र यात्रामा समय तथा खर्च दुवै बढ्ने चिन्ता व्यक्त गरेका छन् ।

उद्योग वाणिज्य सङ्घ खोटाङका अनुसार वैकल्पिक मार्ग प्रयोग गर्दा यातायात लागत बढेर उपभोक्तामा प्रत्यक्ष असर पर्नेछ । यता, दुवै ठाउँमा स्थायी मोटरेबल पुल निर्माणका लागि बजेट सुनिश्चित भए पनि काम ढिलाइ भइरहेको स्थानीयले आरोप लगाएका छन् । फोक्सिङटार र बङ्शिलाघाटमा दीर्घकालीन समाधान नहुँदासम्म खोटाङवासीको समस्या यथावत रहने देखिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०