"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पोखराको रात्रिकालीन व्यवसायमा बेथिति र असुरक्षा बढेको गुनासो

Table of Content

पोखराको रात्रिकालीन व्यवसायमा बेथिति र असुरक्षा बढेको गुनासो

काठमाण्डौ — पर्यटकीय राजधानी पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा बेथिति, असुरक्षा र सामाजिक विकृति बढेको भन्दै पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन क्षेत्रसँग आवद्ध १५ वटा संस्थाहरूले प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरेका छन् ।

व्यवसायीहरूले राति २ बजेपछि व्यवसाय बन्द गर्ने व्यवस्था गर्नुपर्ने र अनुगमनलाई कडाइका साथ लागू गर्नुपर्ने सुझाव दिएका छन् । सरकारले २०८० चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेकसाइड क्षेत्रलाई २४ घण्टा खुला राख्ने निर्णय गरेको थियो । तर यो नीति कार्यान्वयनमा स्पष्ट मापदण्ड र प्रभावकारी अनुगमन नहुँदा शान्ति सुरक्षामा समेत असर परेको व्यवसायीहरूको भनाइ छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त छलफल र तयारी बिना ल्याइएको २४ घण्टा सञ्चालन अवधारणा व्यवहारिक नभएको बताउँदै यसले अपेक्षित पर्यटन प्रवद्र्धनभन्दा बढी नकारात्मक असर पारेको बताउनु भएको छ । उहाँका अनुसार पर्यटकहरू सामान्यतया निश्चित समयमै खानपान र गतिविधि सक्ने भएकाले मध्यरातसम्म बजार खुला राख्नु आवश्यक छैन।

त्यसैगरी स्थानीय बासिन्दाहरूले पनि रात्रिकालीन क्लब, डान्स बार र दोहोरी साँझजस्ता व्यवसायका कारण ध्वनि प्रदूषण, असुरक्षा र सामाजिक समस्या बढेको गुनासो गरेका छन् । उनीहरूले यस्ता गतिविधिले दैनिक जीवनमा असर पारेको भन्दै कडाइका साथ नियमन गर्न माग गरेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पर्यटन तथा होटल क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक निर्णय लिइने बताउनु भएको छ । साथै व्यवसायीहरूले तोकिएका मापदण्ड पालना गर्नुपर्ने र प्रशासनले नियमित अनुगमनलाई अझ सुदृढ बनाइने उहाँको भनाइ छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०