"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पोखराको रात्रिकालीन व्यवसायमा बेथिति र असुरक्षा बढेको गुनासो

Table of Content

पोखराको रात्रिकालीन व्यवसायमा बेथिति र असुरक्षा बढेको गुनासो

काठमाण्डौ — पर्यटकीय राजधानी पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा बेथिति, असुरक्षा र सामाजिक विकृति बढेको भन्दै पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन क्षेत्रसँग आवद्ध १५ वटा संस्थाहरूले प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरेका छन् ।

व्यवसायीहरूले राति २ बजेपछि व्यवसाय बन्द गर्ने व्यवस्था गर्नुपर्ने र अनुगमनलाई कडाइका साथ लागू गर्नुपर्ने सुझाव दिएका छन् । सरकारले २०८० चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेकसाइड क्षेत्रलाई २४ घण्टा खुला राख्ने निर्णय गरेको थियो । तर यो नीति कार्यान्वयनमा स्पष्ट मापदण्ड र प्रभावकारी अनुगमन नहुँदा शान्ति सुरक्षामा समेत असर परेको व्यवसायीहरूको भनाइ छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त छलफल र तयारी बिना ल्याइएको २४ घण्टा सञ्चालन अवधारणा व्यवहारिक नभएको बताउँदै यसले अपेक्षित पर्यटन प्रवद्र्धनभन्दा बढी नकारात्मक असर पारेको बताउनु भएको छ । उहाँका अनुसार पर्यटकहरू सामान्यतया निश्चित समयमै खानपान र गतिविधि सक्ने भएकाले मध्यरातसम्म बजार खुला राख्नु आवश्यक छैन।

त्यसैगरी स्थानीय बासिन्दाहरूले पनि रात्रिकालीन क्लब, डान्स बार र दोहोरी साँझजस्ता व्यवसायका कारण ध्वनि प्रदूषण, असुरक्षा र सामाजिक समस्या बढेको गुनासो गरेका छन् । उनीहरूले यस्ता गतिविधिले दैनिक जीवनमा असर पारेको भन्दै कडाइका साथ नियमन गर्न माग गरेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पर्यटन तथा होटल क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक निर्णय लिइने बताउनु भएको छ । साथै व्यवसायीहरूले तोकिएका मापदण्ड पालना गर्नुपर्ने र प्रशासनले नियमित अनुगमनलाई अझ सुदृढ बनाइने उहाँको भनाइ छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

upendra-yadav_j3lS1ILJ07

संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०