प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनलाई नि’शाना बनाएर मंसिर ४ गते माइतीघर मण्डलामा गरिएको प्रद’र्शनको पर्दापछाडिको आर्थिक व्यवस्थापन र राजनीतिक सम्बन्धबारे ग’म्भीर विवरण बाहिर आएका छन्।
प्राप्त विवरणअनुसार, उक्त प्रदर्शनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत पर्चा तथा पम्प्लेट तयार गरिएको थियो। त्यसको खर्च व्यवस्थापनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयसँग जोडिएका व्यक्तिहरूमार्फत समन्वय भएको दा’बी गरिएको छ।
त्यस्तै, पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पुनर्बहालीको विषयसँग जोडेर आफू पुनर्बहाली भए सहयोग गर्नेहरूप्रति गुन तिर्ने आशयको आश्वासन दिएको विवरणसमेत प्राप्त भएको दाबी गरिएको छ।
आखिर प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनवि’रुद्धको प्रद’र्शनको आर्थिक स्रोत के थियो ? खर्च व्यवस्थापनमा राजनीतिक तहबाट कस्तो भूमिका रह्यो ? अनि पुनर्बहाली र गुन तिर्ने आश्वासनको प्रसंगसँग यसको कुनै सम्बन्ध छ ?
यी प्रश्नको निष्पक्ष छानबिन र सम्बन्धित पक्षको जवाफ आवश्यक छ।
