"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

कुशल परेराले जनकपुर बाेल्ट्सबाट एनपीएल खेल्ने

काठमाण्डाै – श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको प्रतियोगिताका लागि परेरालाई अनुबन्ध गरेको जनकपुरले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ । ३६ वर्षीय कुशल परेराले ९५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार ३३५ रन बनाएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा २३८ खेलमा ५...
Read more

एनपीएलको भव्य तयारी

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण नजिकिएसँगै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान भव्य रुपमा सिंगारिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पर्सि कात्तिक ९ गतेदेखि शुरु हुने प्रतियोगिता यस पटक थप भव्य र व्यवस्थित हुने अपेक्षा गरिएको छ । त्यसैअनुसार क्यानले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।  एनपीएलको तेस्रो संस्करणका लागि मुख्य पिचको...
Read more

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...
Read more

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो नेपाली टोलीलाई बिदाइ गर्‍याे । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडीलाई शुभकामना दिँदै बिदाइ गरे । क्यानका सचिव पारस खड्काले शृङ्खला नेपालका...
Read more

२०औँ एशियाली खेलकुद सम्पन्न, नेपाल २ कांस्य पदकमै सीमित

काठमाण्डौ – जापानमा आयोजित २०औँ एशियाली खेलकुद हिजो सम्पन्न भएको छ । नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै १६ दिन चलेको एसियाड औपचारिक रूपमा सकिएको हो । समापन समारोहमा एसियाली खेलकुद परिषद्को झन्डा आगामी आयोजक कतारलाई हस्तान्तरण गरिएको छ । आइची–नागोया एसियाडमा एसियाका ४५ देशका १० हजारभन्दा बढी खेलाडीले ४३ खेलका ४...
Read more

स्टार स्पोर्ट्स युवा क्लब माडी चितवनलाई हराउँदै सिमरा भेट्रानको विजयी सुरुवा

सिमरा: जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी भएको छ । सिमरा रंगशालामा शनिबार राती सम्पन्न खेलमा आयोजकले स्टार स्पोर्ट्स युवा क्लब माडी चितवनलाई ३-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलमा आयोजक टोलीका लागि कल्पना जिम्बाले दुई गोल गरिन् भने रिया श्रेष्ठले एक गोल थपिन् । पराजित टोली...
Read more

एशियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दै

जापानमा चलिरहेको एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तानले खेल्दैछन् । यो खेल निशिनमा रहेको करोगी स्पोट्र्स पार्कमा नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ । यसअघि बिहीबार भएको दोस्रो सेमिफाइलनमा पाकिस्तानले बङ्गलादेशलाई ६ विकेट र भारतले श्रीलङ्कालाई १२४ रनले हराउँदै फाइनलमा पुगेका हुन् । एशियाली खेलकुदमा क्रिकेटको स्वर्ण...
Read more

एशियाली खेलकुद क्रिकेट : १ बल पनि नखेली सेमिफाइनल समीकरण पूरा

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको ४ वटै क्वाटरफाइनल खेल वर्षाका कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश आईसीसीको शीर्ष वरीयताका आधारमा अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको पहिलो...
Read more

विश्वकपमा रातारात चर्चा कमाए, अहिले ख्याति सम्हाल्न सकस !

यस वर्षको फिफा विश्वकपमा रातारात चर्चामा आएका केप भर्डेका गोलकिपर भोजिन्हाले आफ्नो गोपनीयता गुमेको र मौका पाएमा पहिलेको जस्तो जीवनमै फर्कन चाहने बताएका छन् । विश्वकपअघि ४० वर्षीय भोजिन्हा खासै परिचित थिएनन् तर केप भर्डेको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाए । स्पेनसँगको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । यो खेलमा उनले...
Read more

नेयमारले समुहको पहिलो खेल गुमाउने

लन्डन, (एजेन्सी) । ब्राजिलका स्टार फुटबलर नेयमारको फिटनेसलाई लिएर ठूलो राहतको खबर सार्वजनिक भएको छ । ब्राजिलीयन फुटबल कन्फेडेरेशन (सीबीएफ) ले बतायो कि दायाँ खुट्टामा लागेको चोटबाट उनी मुक्त भइरहेका छन् । सीबीएफले जनाएअनुसार ३४ वर्षीय नेयमारको रिकभरी सोचेजस्तो भइरहेको छ । तर, उनको मैदानमा फर्कने कुनै निश्चित भने नभएको जनाएको छ । सीबीएफले बतायो...
Read more
1 2 3 … 5

Trending News

Editor's Picks

कुशल परेराले जनकपुर बाेल्ट्सबाट एनपीएल खेल्ने

काठमाण्डाै – श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको प्रतियोगिताका लागि परेरालाई अनुबन्ध गरेको जनकपुरले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ । ३६ वर्षीय कुशल परेराले ९५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार ३३५ रन बनाएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा २३८ खेलमा ५...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज विहान मौज्दात रकम  १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न...

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार

९ कात्तिक, काठमाडौं । सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् । प्रारम्भिक मतपरिणामअनुसार २५० सिट...

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

काठमाण्डाै – दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात चितवन जिल्लामा गठनभएको क्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो ।  क्लबमार्फत चितवन र त्यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी...

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

इलाम ,कात्तिक ९- इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०