"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

Table of Content

काठमाडौँ — थारिन्दु रथ्नायकेले संयमित ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्स शुक्रबार चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले क्वालिफायर २ मा चितवनलाई ३ विकेटले पराजित गर्‍यो ।

रथ्नायकेले अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ३४ रनको लक्ष्य १९.५ ओभरमा १ सय ३६ रन बनाउँदै पूरा गरेको थियो । अन्तिम दुई बलमा विजयका लागि २ रन आवश्यक भएको समयमा रत्नायकेले विजयी चौका प्रहार गरेका थिए ।

सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनल प्रवेश गरेको हो । टोलीले शनिबार हुने उपाधि भिडन्तमा लुम्बिनी लायन्सको सामना गर्नेछ । लुम्बिनीले मंगलबार भएको क्वालिफायर १ मा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा रहेको छ । टोली पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनीसँग फाइनलमा पराजित भएको थियो ।

जर्ज मुन्सेले सुदूरपश्चिमलाई पुनः निराश बनाए । उनी ८ रन बनाई रिजन ढकालको बलमा आउट भए । प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अग्रस्थानमा रहेका रिजनको यो १७औं विकेट हो । अर्का ओपनर विनोद भण्डारीले १३ बल खेली १ चौका र २ छक्कासहित २३ रन बनाए ।

आश्चर्यजनक रूपमा तेस्रो नम्बरमा पठाइएका स्कट कुगेलेइन २ रनमै आउट भए । ईशान पाण्डे १०, कप्तान दीपेन्द्रसिंह ऐरी १५ र आरिफ शेख १० रनमा आउट भए । फाबियन एलेन ५ रनमा रनआउट भए । चितवनबाट रञ्जित कुमारले ३ ओभरमा २५ रन खर्चेर २ तथा रिजन, कमलसिंह ऐरी, उसामा मिर र सलाहुद्दिन खानले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३३ रन बनाएको थियो । चितवनले निकै खराब सुरुआत गरेको थियो । अघिल्लो दिन काठमान्डु गोर्खाजविरुद्ध १ सय २० रन प्रहार गर्दै एनपीएलकै उच्च स्कोर बनाएका कामिल मिशारा ४ रनमै आउट भए । स्कट कुगेलेइनको बलमा उनको ब्याटको किनारामा लागेर गएको बल विकेटकिपर विनोद भण्डारीले क्याच गरेका थिए ।

अर्का ओपनर देव खनालले पनि ६ रनमात्र बनाउन सके । डेविड मलानले ५१ बलमा ७१ रन बनाउँदै प्रतियोगितामा दोस्रो अर्धशतक बनाए । उनले आफ्नो इनिङ्समा कुल ९ चौका र २ छक्का प्रहार गरे । रिजन इनिङ्सको अन्तिम बलमा ३ रनमा रनआउट भए ।

तर कप्तान रवि बोपारा १ रनमै आउट भए । विवेक यादव ३, कुशल मल्ल १ र उसामा मिर २ रनमै आउट भए । सलाहुद्दिनले १६ बलमा १८ रन बनाउने क्रममा १ छक्का प्रहार गरे । कमलले ७ बल खेली १० रन बनाए । कुगेलेइनले ४ ओभरमा २७ रन खर्चेर ३ र रत्नायकेले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा १ मेडन राख्दै २०, ईशानले ३ ओभरमा १७ र हेमन्त धामीले ४ ओभरमा ३२ रन खर्चेर १–१ विकेट लिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

काठमाडौँ — थारिन्दु रथ्नायकेले संयमित ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्स शुक्रबार चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले क्वालिफायर २ मा चितवनलाई ३ विकेटले पराजित गर्‍यो । रथ्नायकेले अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ३४ रनको लक्ष्य १९.५ ओभरमा १ सय ३६ रन...

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर

काठमाण्डौ – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गा सम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गरेको छ । सर्वोच्चको पछिल्लो आदेशसँगै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नरहेको फैसला अन्तिम बनेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मारवाडी सेवा समितिले दायर गरेको मुद्दा दोहोर्‍याएर हेरिपाऊँ भन्ने निवेदनमा अनुमति...

मकवानपुरको भीमफेदीमा जीप दुर्घटना : ३ जनाको ज्यान गयो, ७ जना घाइते

काटमाण्डौ – मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटबाट काठमाण्डौको लागि छुटेको ना १ ज २१४३ नम्बरको जीप आज बिहान पौने ९ बजेतिर सडकबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । घाइते ७...

दुई महिनामा ८ सय ८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही

काठमाण्डौ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो २ महिनामा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गर्दै २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक अनियमितता नियन्त्रण गर्ने उद्देश्यले दैनिक ५ देखि १० वटासम्म...

केपी ओलीको प्रश्न– ‘ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! हामी मजाकका पात्र हौँ ?’

काठमाडौं, मंसिर २ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनु भयो । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०