"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

दोस्रो जितबाट चितवन तेस्रो स्थानमा, पोखराको लगातार चौथो हार

Table of Content

२० कात्तिक, काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पार्दै तेस्रो स्थानमा उक्लेको छ ।

चितवन राइनोजले दिएको १५२ रनको लक्ष्ण पछ्याएको पोखरा १९ ओभरमा सबै विकेट गुमाएर १२१ रनमा अलआउट भयो ।

चार खेलमा चितवनको यो दोस्रो जित हो र ५ अंकसहित तेस्रो स्थानमा उक्लेको हो । पोखराको भने यो लगातार चौथो हार हो र अंकविहिन हुँदै पूछारमा छ ।

पोखराका लागि अर्जुन कुमालले ४४ बल खेल्दै ३ चौका १ छक्का मदतमा सर्वाधिक ४५ रन बनाए । युवराज सम्राले १९ र किरण ठगुन्ना र अर्जुन घर्तीले समान १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कप्तान परिवर्तन गरेको पोखराले आजपनि फरक ओपनिङ जोडी मैदान उतारेको थियो । कुशल भुर्तेलसँगै क्यानडाका खेलाडी युवराज सम्राले ओपनिङ गरेका थिए । तर भुर्तेल पहिलो ओभरको तेस्रो बलमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । त्यसपछि सम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । तर सम्रा १४ बलमा १९ रन बनाएर आउट भएपछि पोखराले नियमित अन्तरमा विकेट गुमायो ।

अर्जुन कुमालले एक छेउबाट इनिङ्स सम्हालेपनि अर्को छेउमा गतिलो साथ पाएनन् । सदिरा समराविक्रमा ४ र महेदी हसन ७ रनमा आउट भएपछि पोखराले ७८ रनमा ४ विकेट गुमाएको थियो । किरण ठगुन्नाले अर्जुन कुमाललाई साथ दिने प्रयास गरेपनि उनी १३ बलमा १३ रन बनाएर आउट भए । पोखराको नयाँ कप्तान बनेका चमिका करुणारत्ने विकेटकिपर अर्जुन घर्ती भन्दा अघि सातौं नम्बरमा ब्याटिङमा आएका थिए । तर उनी २ रनमै आउट भए । सुदिप अर्याल, विपिन खत्री र सागर ढकालले खाता खोल्न सकेनन् ।

बलिङमा चितवनका लागि रिजन ढकालले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै कमल सिंह ऐरीले २ ओभरमा १ मेडन राख्दै ७ रन मात्र खर्चेर ३ विकेट लिए । डान मोस्ले, मौसम ढकाल र कुशल मल्लले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाउँदा रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रन जोडे ।

पोखरा विरुद्ध ओपनिङ गरेका अर्जुन साउदले डाविड मालिनसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर दुवै ब्याटर लगातार आउट भए ।

विकेटकिपर अर्जुनले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा ३१ रन बनाए । मालानले २८ बल खेल्दै ३ चौका मदतमा २८ रन बनाए । त्यसपछि रवि बोपाराले एक छेउ सम्हालेपनि डान मोस्ले २ र यस सिजन पहिलो खेल खेलिरहेका मार्की कुशल मल्ल ११ रनमा आउट भए । ८६-४ को अवस्थामा बोपाराले कप्तान सिकन्दर राजासँग पाँचौ विकेटका लागि ६० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए ।

तर अन्तिम ओभरमा पोखराका कप्तान चमिका करुणारत्नेले दुवै खेलाडीलाई आउट गरे । अन्तिम ओभरमा आउट हुनुअघि बोपाराले २८ बल खेल्दै ३ चौका र १ छक्का मदतमा ३५ रन बनाए । यस्तै आक्रमक ब्याटिङ गरेका कप्तान राजाले १६ बल खेल्दै २ चौका र ४ छक्का मदतमा सर्वाकि ३७ रन बनाए । कमल सिंह ऐरी २ रनमा अविजित रहे ।

यस खेलमा पोखराको कप्तानी गरेका श्रीलंकन बलर चमिका करुणारत्ने, बिपिन खत्री र कुशल भुर्तेलले २-२ विकेट लिए । पोखराले लगातार तीन हारपछि कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा करुणारत्नेलाई कप्तानको जिम्मेवारी दिएको हो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

‘पैसा दिएर पार्टी किन्ने? पैसामा पार्टी बेच्दिने हामीले ? ‘: निवर्तमान सभापति देउवा

काठमाडौं,कात्तिक २१ – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको बताएका छन् । नेपाली कांग्रेसको देउवा पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नियमित महाधिवेशनपछि मात्रै विशेष महाधिवेशनको विषय अघि बढाउन आफूले आग्रह गरेको बताए । उनले विशेष महाधिवेशनको इतिहास स्मरण...

आनन्दनगर टोल विकास संस्थाको अध्यक्षमा घनश्याम पौडेल सर्वसम्मत चयन आठौँ वार्षिक सभा तथा पाँचौँ अधिवेशनबाट ७ सदस्यीय नयाँ कार्यसमिति गठन

रत्ननगर (चितवन)— चितवनको रत्ननगर नगरपालिका वडा नं. १ स्थित आनन्दनगर टोल विकास संस्थाको आठौँ वार्षिक सभा तथा पाँचौँ अधिवेशनबाट घनश्याम पौडेलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ। निर्वाचन सहजीकरण समितिका संयोजक छन्द प्रसाद खनालको सहजीकरणमा सम्पन्न साधारण सभाको अन्तिम सत्रले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिले टोलको सौन्दर्यीकरण,...

भारतीय तीव्र बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिए

भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै शमीले टेस्ट क्रिकेटबाट सन्यास लिएको जनाएका छन् । टेस्ट क्रिकेट आफ्नो लागि खेलको एउटा स्वरूप मात्र नभई जीवनकै विशेष हिस्सा रहेको उल्लेख गर्दै उनले भारी मनले सन्यासको निर्णय लिएको उल्लेख गरेका छन् । ३६ वर्षीय शमीले...

‘दुई पटक शैक्षिक सत्रको बीचमै शुल्क वृद्धि’

भरतपुर–११ गणेशथानस्थित प्याव्सनको कार्यालयमा भएको अभिभावकसँगको छलफल कार्यक्रममा अध्यक्ष पुरीले यसअघि २०७६ साल र २०७९ सालमा दुई पटक शैक्षिक सत्रको बीच अर्थात् असोज वरपरमै शुल्क वृद्धि भएको बताए । ‘२०८२ मा पनि असोजमै शुल्क वृद्धि गर्न खोजेका थियौँ, त्यो बेला जेनजी आन्दोलन भयो, देश जलेको बेला शुल्क वृद्धि गर्न मन लागेन र अघि बढेनौँ’ अध्यक्ष...

कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली आज टर्कीए जाँदै

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीए प्रस्थान गर्नुहुने भएको छ । टर्कीएको आन्ताल्यामा पर्सिदेखि मङ्सिर ४ गतेसम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले पर्सि सोमबार सम्बोधन गर्नुहुने कार्यक्रम छ । त्यसैगरी उहाँले कात्तिक २५ र २६...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०