"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीका ३२ परिवारलाई जग्गाधनी पुर्जा वितरण : करिब दुई हजार लालपुर्जा अलपत्र

Table of Content

facebook sharing button
sharethis sharing button

– ध्रुवराज खनाल
राप्ती । भूमि समस्या समाधान आयोग चितवनले राप्ती नगरपालिकाभित्र ३२ वटा परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।

राप्ती वडा नम्बर–६, ७ र ११ का ३२ परिवारलाई सोमबार लालपुर्जा वितरण गरिएको जिल्ला आयोग अध्यक्ष इमानसिंह लामाले जानकारी दिए । उनका अनुसार राप्ती–६ को स्याउलीमा ९ वटा, राप्ती–७, सिमलबस्तीमा १४ वटा र राप्ती–११ को डुम्रेखाडीमा ९ वटा लालपुर्जा वितरण गरिएको हो । नगरप्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा र सम्बन्धित वडाका अध्यक्षहरुको उपस्थितिमा लालपुर्जा वितरण गरिएको हो ।

राप्ती–१ को ६७९ वटा लालपुर्जा तयारी अवस्थामा थियो । जेनजी आन्दोलनका कारण तयारी अवस्थामा रहेकोे लालपुर्जा वितरण अलपत्र परेको छ । राप्तीको १, २, ३, ५, ७, ११ नम्बर वडामा नापजाँच अन्तिम चरणमा पुगेको थियो । राप्ती नगरपालिका प्रमुख शमशेर लामाका अनुसार ज्यालादारी कर्मचारी हटाइएपछि नापजाँचको काम रोकिएको छ । तर, पछिल्लो राजनीतिक घटनाक्रमका कारण पनि यो कार्य प्रभावित भएको हो ।

आफ्नो कार्यकालमा लालपुर्जा वितरणको काम सुरू भएकोमा नगरप्रमुख लामाले खुसी व्यक्त गरे । ‘नगरले गर्नुपर्ने काम फटाफट गरेका छौँ, केही प्रगति हात परिसक्यो’, प्रमुख लामाले भने, ‘नगरभित्रका सबै सुकुमबासीहरुलाई लालपुर्जा दिलाएरै छाड्छौँ ।’ उपप्रमुख देवेन्द्र लामाले केहीको मुहारमा खुसी छाएको भन्दै सबैले लालपुर्जा प्राप्त गर्ने वातावरण बनाउँदै लैजाने बताए । राप्ती नगरपालिकाभित्र करिब १० हजार घरधुरी लालपुर्जाविहीन छन् ।

यता, जिल्ला आयोग अध्यक्ष लामाले जिल्लाभित्र करिब दुई हजारभन्दा बढी लालपुर्जा तयारी भए पनि पछिल्लो आन्दोलनले केही समय वितरण कार्य रोकिने बताए । लामाका अनुसार राप्ती–१ मा ६७९ वटा, भरतपुर–२३ मा ३५१ वटा, भरतपुर–२४ मा ७६० वटा, रत्ननगरमा ७४ वटा, खैरहनीमा ३३ वटा लालपुर्जा तयार गरिएको थियो । ‘एक–दुई हप्ताभित्र ती लालपुर्जा वितरणका लागि आफूहरु तयारी अवस्थामा रहेका थियौँ’, जिल्ला अध्यक्ष लामाले भने, ‘लालपुर्जा वितरणका लागि मुचुल्का उठाएर करिब २ हजारभन्दा बढीको तयारी गरिसकेका थियौँ, अर्को सूचना नआउँदासम्म ती लालपुर्जा अलपत्र हुने भए ।’

राप्तीमा सोमबार वितरित लालपुर्जामा पहिले नै हस्ताक्षर गरिसकेको थियो । तर, पछिल्लो निर्देशनअनुसार अब लालपुर्जामा हस्ताक्षर नगर्न भनिएको छ । आयोगका अनुसार अव्यवस्थित बसोवासीका लागि १ हजार ७५६ वटा पुर्जा तयारी अवस्थामा थियोे । अघिल्लो सरकारले इमान लामालाई जिल्ला अध्यक्षमा नियुक्त गरेपछि जिल्लामा लालपुर्जा वितरणको प्रक्रिया तीव्ररुपमा अघि बढेको थियो । लामा नेतृत्वको आयोगले भरतपुर–११, १५, १६ र २६ तथा रत्ननगर–१२ को सालघारीमा लालपुर्जा वितरण गरेको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आज सुनचाँदीको भाउ बढ्यो

आज सुनचाँदीको भाउ बढ्यो काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।  आज सुनको भाउ तोलाको २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ । आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको...

नेपाली सेनालाई १५ अर्ब रुपैयाँबराबरको ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई १०० मिलियन डलर (१५ अर्ब चार करोड रुपैयाँ)बराबरको ६ वटा हेलिकोप्टर सहायता स्वरूप प्रदान गर्ने प्रस्ताव गरेको छ । अमेरिकी सरकारको उक्त प्रस्ताव काठमाडौंस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत रक्षा मन्त्रालयमा पठाएको छ । “अमेरिकाले १०० मिलियन डलरबराबरका ६ वटा हेलिकोप्टर नेपाली सेनालाई अनुदान सहायक स्वरूप प्रदान गर्ने प्रस्ताव पठाएको छ,”...

लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै घुसमाग्ने प्रहरी वरिष्ठ हवल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवल्दारलाई घुससहित नियन्त्रणमा लिएको जनाएको छ। आयोगका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचना प्राप्त भएपछि निगरानी गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट...

रुपन्देही प्रहरीको ‘स्वीप अप्रेसन’ : २ घण्टामा १०३ जना पक्राउ

१३ वैशाख, काठमाडौं । शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १०३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति दुई घण्टाको अवधिमा १०३ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार बुलेकी ७ बजेदेखि राति ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा...

मधेश प्रदेशको आठवटै जिल्लामा रक्तदान कार्यक्रम

१३ वैशाख, जनकपुरधाम । रक्तदान जीवनदान नाराको साथ मधेश प्रदेशमा आज एकैदिन आठवटै जिल्लामा रक्तदान कार्यक्रम भइरहेको छ । ब्लड फर नेपाल संस्थाको आयोजनामा आठवटै जिल्लाको दश स्थानमा एकैपटक बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम सुरु भएको छ । आयोजकले यसलाई मधेश महारक्तदान कार्यक्रम नाम दिएको छ । आयोजकका अनुसार धनुषाको जनकपुरधाम स्थित नेपाल पत्रकार महासंघको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०