"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीका ३२ परिवारलाई जग्गाधनी पुर्जा वितरण : करिब दुई हजार लालपुर्जा अलपत्र

Table of Content

facebook sharing button
sharethis sharing button

– ध्रुवराज खनाल
राप्ती । भूमि समस्या समाधान आयोग चितवनले राप्ती नगरपालिकाभित्र ३२ वटा परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।

राप्ती वडा नम्बर–६, ७ र ११ का ३२ परिवारलाई सोमबार लालपुर्जा वितरण गरिएको जिल्ला आयोग अध्यक्ष इमानसिंह लामाले जानकारी दिए । उनका अनुसार राप्ती–६ को स्याउलीमा ९ वटा, राप्ती–७, सिमलबस्तीमा १४ वटा र राप्ती–११ को डुम्रेखाडीमा ९ वटा लालपुर्जा वितरण गरिएको हो । नगरप्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा र सम्बन्धित वडाका अध्यक्षहरुको उपस्थितिमा लालपुर्जा वितरण गरिएको हो ।

राप्ती–१ को ६७९ वटा लालपुर्जा तयारी अवस्थामा थियो । जेनजी आन्दोलनका कारण तयारी अवस्थामा रहेकोे लालपुर्जा वितरण अलपत्र परेको छ । राप्तीको १, २, ३, ५, ७, ११ नम्बर वडामा नापजाँच अन्तिम चरणमा पुगेको थियो । राप्ती नगरपालिका प्रमुख शमशेर लामाका अनुसार ज्यालादारी कर्मचारी हटाइएपछि नापजाँचको काम रोकिएको छ । तर, पछिल्लो राजनीतिक घटनाक्रमका कारण पनि यो कार्य प्रभावित भएको हो ।

आफ्नो कार्यकालमा लालपुर्जा वितरणको काम सुरू भएकोमा नगरप्रमुख लामाले खुसी व्यक्त गरे । ‘नगरले गर्नुपर्ने काम फटाफट गरेका छौँ, केही प्रगति हात परिसक्यो’, प्रमुख लामाले भने, ‘नगरभित्रका सबै सुकुमबासीहरुलाई लालपुर्जा दिलाएरै छाड्छौँ ।’ उपप्रमुख देवेन्द्र लामाले केहीको मुहारमा खुसी छाएको भन्दै सबैले लालपुर्जा प्राप्त गर्ने वातावरण बनाउँदै लैजाने बताए । राप्ती नगरपालिकाभित्र करिब १० हजार घरधुरी लालपुर्जाविहीन छन् ।

यता, जिल्ला आयोग अध्यक्ष लामाले जिल्लाभित्र करिब दुई हजारभन्दा बढी लालपुर्जा तयारी भए पनि पछिल्लो आन्दोलनले केही समय वितरण कार्य रोकिने बताए । लामाका अनुसार राप्ती–१ मा ६७९ वटा, भरतपुर–२३ मा ३५१ वटा, भरतपुर–२४ मा ७६० वटा, रत्ननगरमा ७४ वटा, खैरहनीमा ३३ वटा लालपुर्जा तयार गरिएको थियो । ‘एक–दुई हप्ताभित्र ती लालपुर्जा वितरणका लागि आफूहरु तयारी अवस्थामा रहेका थियौँ’, जिल्ला अध्यक्ष लामाले भने, ‘लालपुर्जा वितरणका लागि मुचुल्का उठाएर करिब २ हजारभन्दा बढीको तयारी गरिसकेका थियौँ, अर्को सूचना नआउँदासम्म ती लालपुर्जा अलपत्र हुने भए ।’

राप्तीमा सोमबार वितरित लालपुर्जामा पहिले नै हस्ताक्षर गरिसकेको थियो । तर, पछिल्लो निर्देशनअनुसार अब लालपुर्जामा हस्ताक्षर नगर्न भनिएको छ । आयोगका अनुसार अव्यवस्थित बसोवासीका लागि १ हजार ७५६ वटा पुर्जा तयारी अवस्थामा थियोे । अघिल्लो सरकारले इमान लामालाई जिल्ला अध्यक्षमा नियुक्त गरेपछि जिल्लामा लालपुर्जा वितरणको प्रक्रिया तीव्ररुपमा अघि बढेको थियो । लामा नेतृत्वको आयोगले भरतपुर–११, १५, १६ र २६ तथा रत्ननगर–१२ को सालघारीमा लालपुर्जा वितरण गरेको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०