"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पालिका चुनाव वैशाखमा, प्रदेशको मङ्सिरमा गर्ने आयोगको प्रस्ताव

Table of Content

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावको तयारीसँगै आवश्यक छलफललाई अगाडि बढाएको छ । आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रारम्भिक छलफल गरेको छ ।

निर्वाचन आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा आयोगले पालिका तहको चुनाव आउँदो वैशाखमा र प्रदेशको मङ्सिरमा गर्ने तालिका प्रस्ताव गरेको छ ।

आयोगको प्रस्तावित तालिकाबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र कानूनको व्यवस्थाभित्र रहेर चुनाव गर्नु उपयुक्त हुने धारणा राख्नुभएको छ । उहाँले पालिका चुनाव वैशाखमा र प्रदेशको मङ्सिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त नै देखिएको बताउनुभयो ।

यसअघि २०७९ वैशाखमा भएको पालिका चुनावबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल आउँदो वैशाख ३० गते सकिँदैछ ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र पालिकाको चुनाव एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत् छलफलपछि मात्रै निष्कर्षमा पुग्ने जनाएको छ ।

रास्वपाका प्रवक्ता एवम् सांसद जगदीश खरेलले निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच वृहत् छलफल गरेर मात्रै चुनावका विषयमा निष्कर्ष निकाल्नुपर्ने बताउनुभएको छ ।

खरेलले आज आयोगले गरेको छलफल प्रारम्भिक चरणको मात्रै भएकाले यसैबाट रास्वपाको आधिकारिक धारणा तय नहुने उल्लेख गर्नुभयो । आवश्यकताअनुसार राजनीतिक दलह, सरकार र निर्वाचन आयोगबीच तथा अन्य सरोकारवालासँग थप छलफल गरेर पार्टीले आफ्नो आधिकारिक धारणा अघि बढाउने खरेलले बताउनुभएको छ ।

आज आयोगले गरेको छलफलमा रास्वपा सभापति रवि लामिछाने, प्रतिपक्ष नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक प्रचण्ड, नेकपा एमालेका देवेन्द्र दाहाललगायत सहभागी हुनुहुन्थ्यो । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि छलफलका लागि पुग्नुभएको थियो तर उहाँले पार्टीको निर्वाचन विभाग प्रमुख दाहाललाई छलफलमा बस्न भनेर बाहिरिनुभएको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

क्यानले भन्याे – एनपीएल फाइनलकाे टिकट केही मिनेटमै ‘साेल्ड आउट’

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) काे फाइनल खेलकाे टिकट केही मिनेटमै साेल्ड आउट भएकाे जनाएकाे छ । क्यानका सचिव पारस खड्काले निकाल्नुभएकाे विज्ञप्तिअनुसार फाइनल खेलकाे टिकट बिक्री खुला गरिएकाे समयमा झन्डै २ लाख ई–सेवा प्रयाेगकर्ताले एकैसाथ टिकट खरिद गर्न खाेजेका थिए । तर क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित...

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्गमा भोलिदेखि दैनिक ५ घण्टा गाडी आवागमन बन्द

काठमाण्डाै – पृथ्वी राजमार्गको विभिन्न सडक खण्डमा मर्मत तथा निर्माण गर्न भोलि शनिवारदेखि दैनिक ५ घण्टा गाडीको आवागमन बन्द गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार घोप्टेभीरलगायत क्षेत्रमा सडक निर्माण गर्न बिहान ११ देखि दिउँसो ४ बजेसम्म अर्को सूचना नआएसम्मका लागि गाडीको आवागमन बन्द गरिने भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय...

पालिका चुनाव वैशाखमा, प्रदेशको मङ्सिरमा गर्ने आयोगको प्रस्ताव

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावको तयारीसँगै आवश्यक छलफललाई अगाडि बढाएको छ । आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रारम्भिक छलफल गरेको छ । निर्वाचन आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा आयोगले पालिका तहको चुनाव आउँदो वैशाखमा र प्रदेशको मङ्सिरमा गर्ने तालिका प्रस्ताव गरेको छ । आयोगको प्रस्तावित तालिकाबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का...

राप्तीमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान शुभारम्भ

राप्ती, चितवन । नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत राप्ती नगरपालिकामा अभियान शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रामकुमार पण्डितको अध्यक्षतामा तथा घनश्याम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अशोक थापा, कञ्चन खनाल र संगीता भट्टराई सहभागी रहेका थिए। त्यस्तै अतिथिका रूपमा शमशेर लामा, बाबुराम पाठक, ईश्वर सापकोटा, भावना सुवेदी, डा....

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुग्याे

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा नेपालकाे विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशतले बढेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गएको असार मसान्तसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब १४ कराेड रुपैयाँ पुगेको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०