काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) काे फाइनल खेलकाे टिकट केही मिनेटमै साेल्ड आउट भएकाे जनाएकाे छ ।
क्यानका सचिव पारस खड्काले निकाल्नुभएकाे विज्ञप्तिअनुसार फाइनल खेलकाे टिकट बिक्री खुला गरिएकाे समयमा झन्डै २ लाख ई–सेवा प्रयाेगकर्ताले एकैसाथ टिकट खरिद गर्न खाेजेका थिए । तर क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएका कारण बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएकाे सचिव खड्काले बताउनुभयाे ।
यसैबीच एनपीएल फाइनलकाे टिकट नपाएका दर्शकहरूले त्रिवि क्रिकेट मैदान गेटबाहिर पुगेर विराेध प्रदर्शन गरेका छन् ।
तेस्राे संस्करणकाे एनपीएल फाइनलमा भाेलि बेलुका ५ बजे साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयल्स खेल्दैछन् ।

