"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

Table of Content

काठमाण्डाै – दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात चितवन जिल्लामा गठनभएको क्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो ।

 क्लबमार्फत चितवन र त्यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी हुँदैछ । चितवन राइनोज स्पोर्टस क्लबका अध्यक्ष आयुष न्यौपानेले दुर्लभ एक सिङ्गै गैँडा संरक्षणमा क्लब लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो नाम नै गैँडासँग जोडिएकाले हामी यसको संरक्षणमा पनि योगदान दिन लागेका हौँ । ’
 
यस क्लबले एक सिङ्गे गैँडाको तस्बिर राखेर संरक्षणका लागि सन्देश प्रवाह गर्दै आएको छ । चितवन मेडिकल कलेजको भगिनी संस्था ‘चितवन राइनोज’ले पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडालाई अहिले क्रिकेटको माध्यमबाट थप चिनाउँदै आएको छ । त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राइनोज’ ले खेलमार्फत चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणममा चौथो स्थान हासिल गरेको ‘चितवन राइनोज’दोस्रो संस्करणमा सातौँ बनेको थियो । अहिले पहिलो बन्ने तयारीसहित मैदानमा उत्रिएको क्लबका निर्देशक प्रताप देवकोटाले बताउनुभयो । चितवन राइनोजको समर्थनमा चितवनको वीरेन्द्र क्याम्पस चौर, विशाल चोक, दीपेन्द्र चोकको चितवन स्पाइसी हर्बलगायत जिल्लाका विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

 ‘चितवन राइनोज’ले संरक्षणमा जोड दिँदै विभिन्न स्थानीय क्लबहरुलाई सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । भोटेकोशी बाढी प्रभावितहरुलाई सहयोग पनि गरेको यस क्लबले जिल्लामा हुने साङ्गीतिक कार्यक्रमहरुमा प्रायोजकका रुपमा सहकार्य गर्ने गरेको क्लबका निर्देशक देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गैँडा संरक्षण गर्दै क्रिकेट खेलको प्रवर्द्धनमा हामी लागेका छौँ ।’

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले देशका आठ वटा क्लबमध्येको एक क्लब चितवनको रहनु आफैँमा गर्वको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवन जिल्लाको नाममा स्थापित यो क्लब जिल्लाका लागि गौरवको विषय हो ।’ खेलले अनुशासित बनाउने जनाउँदै उहाँले आम जनसमुदायलाई खेलप्रति आकर्षित गर्न यस्ता क्लब सहयोगी बन्ने बताउनुभयो ।

 ‘चितवन राइनोज’ खेल मैदानमा तयारी गर्दा यहाँका होटल, रेष्टुरेन्ट र सार्वजनिक ठाउँमा खेलप्रेमी रमाइरहेको देख्न सकिन्छ । सडक किनारका पोल, होटल, रेष्टुरेन्ट र सार्वजनिक ठाउँमा पनि चितवन राइनोजको लोगो अङ्कित झण्डा फहराएको देखिन्छ ।

आजबाट एनपिएलको तेस्रो सिजनको खेल शुरु हुँदैछ । यसपालि उपाधि विजेता टोलीले  एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई  ८० लाख रुपैयाँ प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पहिलोपटक एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कुशल परेराले जनकपुर बाेल्ट्सबाट एनपीएल खेल्ने

काठमाण्डाै – श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको प्रतियोगिताका लागि परेरालाई अनुबन्ध गरेको जनकपुरले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ । ३६ वर्षीय कुशल परेराले ९५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार ३३५ रन बनाएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा २३८ खेलमा ५...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज विहान मौज्दात रकम  १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न...

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार

९ कात्तिक, काठमाडौं । सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् । प्रारम्भिक मतपरिणामअनुसार २५० सिट...

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

काठमाण्डाै – दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात चितवन जिल्लामा गठनभएको क्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो ।  क्लबमार्फत चितवन र त्यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी...

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

इलाम ,कात्तिक ९- इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०