"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रत्ननगरका डिएसपी भट्ट बागमतीकै उत्कृष्ट प्रहरी : जटिल मुद्दामा सफलता

Table of Content

रत्ननगर , ६ फागुन ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले अपराध अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै डिएसपी भट्टलाई २०८२ साल माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो । बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मीले मंगलबार उनलाई बधाई ज्ञापन गर्दै यो घोषणा गरेका हुन् ।

डिएसपी भट्टलाई वृद्धाको हत्या तथा लुटपाटको सफल अनुसन्धानलगायतका कार्यका लागि यो सम्मान प्रदान गरिएको छ । गत पुस २६ गते रत्ननगर नगरपालिका–४ सिनेमारोडकी ६३ वर्षीया सुकमाया देवी तामाङलाई ढोका फुटाएर हत्या गरिएको थियो । हात, खुट्टा र मुख बाँधिएको अवस्थामा मृत फेला परेकी उनको साथबाट सुनका गरगहना, नगद र मोबाइल लुटिएको थियो ।डिएसपी भट्टको नेतृत्वमा भएको सफल अनुसन्धानबाट घटनामा संलग्न ५ जना तथा चोरीको सुन खरिद गर्ने २ जना गरी ७ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट लुटिएको १ तोला ५९.६ लाल सुन र अपराधमा प्रयोग भएका सवारी साधनसमेत बरामद गरिएको थियो ।

यसैगरी, उनको नेतृत्वमा गत मंसिर ७ गते रत्ननगर–१४ मा २१ वर्षीया सुस्मिता घिमिरे र उनकी बहिनी सुतिरहेको अवस्थामा कोठामा प्रवेश गरी हतियार देखाएर सुनको सिक्री लुट्ने प्रतिवादीहरूलाई माघ १८ गते पक्राउ गर्न सफल भएको थियो । नवलपरासीको बन्धक घटनाको पर्दाफासमा पनि डिएसपी भट्टको महत्वपूर्ण भूमिका रहेको छ । पक्राउ परेका डाँकाहरू यसअघि नै चोरी तथा डाँका मुद्दामा १४ वर्ष र २० वर्ष कैद सजाय भुक्तानी गरिसकेका अपराधी रहेको अनुसन्धानबाट खुलेको थियो । थप अनुसन्धानका क्रममा उनीहरूले नै गत मंसिर २ गते नवलपरासी–८ कावासोतीमा एकै परिवारका ६ जना सदस्यलाई हतियार देखाई बन्धक बनाएर धनमाल लुटपाट गरेको तथ्य डिएसपी भट्टको पहलमा खुल्न आएको थियो । यस कार्यमा जिल्ला प्रहरी कार्यालय नवलपरासीसँग आवश्यक समन्वय गर्न उनले प्रमुख भूमिका निर्वाह गरेका थिए ।

जटिल प्रकृतिका अपराध अनुसन्धानमा डिएसपी भट्टले प्रदर्शन गरेको नेतृत्वदायी भूमिका तथा सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०७९ अनुसार यो सम्मान प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०