"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रत्ननगरका डिएसपी भट्ट बागमतीकै उत्कृष्ट प्रहरी : जटिल मुद्दामा सफलता

Table of Content

रत्ननगर , ६ फागुन ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले अपराध अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै डिएसपी भट्टलाई २०८२ साल माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो । बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मीले मंगलबार उनलाई बधाई ज्ञापन गर्दै यो घोषणा गरेका हुन् ।

डिएसपी भट्टलाई वृद्धाको हत्या तथा लुटपाटको सफल अनुसन्धानलगायतका कार्यका लागि यो सम्मान प्रदान गरिएको छ । गत पुस २६ गते रत्ननगर नगरपालिका–४ सिनेमारोडकी ६३ वर्षीया सुकमाया देवी तामाङलाई ढोका फुटाएर हत्या गरिएको थियो । हात, खुट्टा र मुख बाँधिएको अवस्थामा मृत फेला परेकी उनको साथबाट सुनका गरगहना, नगद र मोबाइल लुटिएको थियो ।डिएसपी भट्टको नेतृत्वमा भएको सफल अनुसन्धानबाट घटनामा संलग्न ५ जना तथा चोरीको सुन खरिद गर्ने २ जना गरी ७ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट लुटिएको १ तोला ५९.६ लाल सुन र अपराधमा प्रयोग भएका सवारी साधनसमेत बरामद गरिएको थियो ।

यसैगरी, उनको नेतृत्वमा गत मंसिर ७ गते रत्ननगर–१४ मा २१ वर्षीया सुस्मिता घिमिरे र उनकी बहिनी सुतिरहेको अवस्थामा कोठामा प्रवेश गरी हतियार देखाएर सुनको सिक्री लुट्ने प्रतिवादीहरूलाई माघ १८ गते पक्राउ गर्न सफल भएको थियो । नवलपरासीको बन्धक घटनाको पर्दाफासमा पनि डिएसपी भट्टको महत्वपूर्ण भूमिका रहेको छ । पक्राउ परेका डाँकाहरू यसअघि नै चोरी तथा डाँका मुद्दामा १४ वर्ष र २० वर्ष कैद सजाय भुक्तानी गरिसकेका अपराधी रहेको अनुसन्धानबाट खुलेको थियो । थप अनुसन्धानका क्रममा उनीहरूले नै गत मंसिर २ गते नवलपरासी–८ कावासोतीमा एकै परिवारका ६ जना सदस्यलाई हतियार देखाई बन्धक बनाएर धनमाल लुटपाट गरेको तथ्य डिएसपी भट्टको पहलमा खुल्न आएको थियो । यस कार्यमा जिल्ला प्रहरी कार्यालय नवलपरासीसँग आवश्यक समन्वय गर्न उनले प्रमुख भूमिका निर्वाह गरेका थिए ।

जटिल प्रकृतिका अपराध अनुसन्धानमा डिएसपी भट्टले प्रदर्शन गरेको नेतृत्वदायी भूमिका तथा सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०७९ अनुसार यो सम्मान प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...
nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०