"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

उमेदवारहरु भन्छन्– ‘कांग्रेस–एमालेले चुनाव जित्नुपर्छ’

Table of Content

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ का दुई उमेदवारले कांग्रेस र एमालेमध्ये एक पार्टीले चुनाव जित्ने बताएका छन् ।

सहिद दिवसको अवसरमा जनआदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा नेपाली कांग्रे्रेसका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र नेकपा एमालेका उमेदवार दावादोर्जे लामाले दुई पार्टीमध्ये एकले चुनाव जित्नुपर्ने बताएका हुन् । एउटै मञ्चबाट चुनावी सौदार्हता देखाउँदै जीत–हार जे भए पनि एकअर्कामा सौहार्द सम्बन्ध नटुट्नेसमेत उनीहरुले बताए ।

सहिद बलराम कँडेलको सालिकमा माल्यार्पण गर्न दुवै उमेदवार सहभागी भएका थिए । नेपाली कांग्रेसका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले निर्वाचनको मैदानमा दुवै आए पनि एकअर्काबीच राम्रो सम्बन्ध भएको बताए । उनले जीत–हार जस्तो परिणाम आए पनि दावा लामासँगको सम्बन्ध नबिग्रिने र स्थानीयस्तरमा मिलेर काम गर्ने बताए ।

नेकपा एमालेका उमेदवार दावादोर्जे लामाले पनि आफूहरू स्वस्थ प्रतिस्पर्धा गर्ने बताए । ६ महिनाअघि नै आफूहरुबीच चुनाव लड्नुपर्ने अवस्था आउन सक्ने भन्दै दुई जनाले गरेको चर्चा सम्झिँदै लामाले भने, ‘तपाईंको वचन पूरा भो । उहाँले जित्नुभयो भने पनि फूलमाला लगाएर मजाले स्वीकार गर्छु, जनताले मलाई जिताए भने उहाँले त्यही गर्नुहुन्छ । हामी मिलेर अगाडि बढ्छौँ, प्रतिस्पर्धा गर्छौँ ।’

उनीहरू दुवै जनाले आफ्नो उमेदवारी लोकतन्त्र जोगाउने अभियानको लागि भएको भन्दै एकढिका भएर लोकतन्त्र जोगाउन र स्थानीय विकास, नीति निर्माणमा लाग्ने दाबीसमेत गरे ।

सहिद बलराम कँडेलका जेठा दाजु गोविन्द कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलिया प्रमुखअतिथि र अर्का केन्द्रीय सदस्य प्रभा बराल विशिष्टअतिथि रहेका थिए ।

क्ेन्द्रीय सदस्य थपलियाले सहिदको सपना पूरा गर्न पुरानो पार्टीबाट मात्र सम्भव रहेको उल्लेख गर्दै नयाँ भनिएकाहरुले लोकतन्त्र, गणतन्त्र धरापमा पार्ने र देश विदेशीको जालोमा पार्ने बताए । ‘त्यो षड्यन्त्रलाई कांग्रेस–एमाले एक ठाउँमा उभिन आवश्यक छ’, थपलियाले भने, ‘सिंहदरबार, सर्वोच्च अदालत जलाउनेले देश कुन अवस्थामा पु¥याऊलान् यसमा जनता सचेत बन्नुपर्छ ।’

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०