"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेकपाको चितवन चुनावी कमाण्डर सुर्य सुवेदी

Table of Content

चितवन : नेपाली कम्युनिष्ट पार्टी, चितवनले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ।

कम्यूनिष्ट पार्टीको जिल्ला कार्यदलका सदस्यहरू पार्टी इन्चार्ज घनश्याम दाहाल, केन्द्रीय सदस्य अशोक थापा, पार्टी संयोजक रामचन्द्र अधिकारी (आरसी), केन्द्रीय सदस्य नरेन्द्र कन्दवङवा र सहितको जिल्लास्तरीय विशेष बैठकले युवा नेता सूर्य सुवेदी (पथिक)लाई निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको हो। पार्टी केन्द्रीय वरिष्ठ सदस्यसमेत रहेका सुवेदी विगतदेखि नै सफल कमाण्डरका रूपमा स्थापित मानिन्छन्।

सुवेदीको संयोजनमा क्षेत्रगत रूपमा चितवन क्षेत्र नं. १ मा कृष्ण खनाल, क्षेत्र नं. २ मा अशोक थापा र क्षेत्र नं. ३ मा बरिष्ठ केन्द्रीय सदस्य ईश्वरी भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको छ।

निर्वाचन परिचालन समितिले पार्टी कार्यालयको व्यवस्थापन, आन्तरिक समन्वयदेखि सार्वजनिक प्रस्तुतिसम्मका सम्पूर्ण गतिविधिको नेतृत्व र आवश्यक निर्णय गर्नेछ। भने निर्वाचन समिति मार्फत सबै जिल्लाका कामको संयोजन हुनेछ ।

वि.सं. २०६४ सालदेखि निरन्तर रूपमा निर्वाचन परिचालन गर्दै आएका सुवेदी सरल, हक्की र कडा नेतृत्व क्षमता भएका नेता मानिन्छन्। पार्टी अध्यक्ष प्रचण्ड चितवनबाट निर्वाचन लड्दा तथा भरतपुर महानगरपालिकामा रेनु दाहाल दुई कार्यकालसम्म मेयर पदमा विजयी हुँदा पनि सुवेदीले प्रभावकारी रूपमा कमाण्ड सम्हालेका दिए । भने डा. भोजराज अधिकारी चुनाव उड्दा समेत सुवेदी नै कमाण्डर दिए ।
यस्तै २०४८ सालमा अमिक शेरचनलाई चुनाव जिताउन सुवेदीको भूमिका महत्वपूर्ण थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Shankar_Pokhrel_9ZAiybdpLh

शंकर पोखरेलको टिप्पणी : दलहरूसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो

काठमाण्डौ – नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री वालेन्द्र शाहका लागि एकादेशको...
NRB_Bank_final_iKM3hHv13C

मूल्यवृद्धि उच्च : घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।...
ramchandra_poudel_yyL0tB0G0w

एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो...
Balen-dai23243545-1789793060

संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान...
sena-badi-1789805649

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

काठमाण्डौ – रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०