"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

पर्वत चितवन समाज रत्ननगरको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न, निर्वाचित सदस्यहरू सम्मानित

रत्ननगर । पर्वत चितवन समाज रत्ननगरले नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। २०८३ असोज २५ गते रत्ननगर नगरपालिका–१ स्थित दुर्गा मन्दिरको सभाहलमा आयोजित कार्यक्रम समाजका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा समाजका सचिव नरहरि पुरीले सहजीकरण गरेका...
Read more

बकुलहर अस्पतालमा सुविधा थपिन्छ : मन्त्री तामाङ

रत्ननगर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बकुलहर रत्ननगर अस्पतालको निर्माणाधीन भवनले छिट्टै पूर्णता पाउने बताएका छन् । मंगलबार अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले १० प्रतिशत लगानी गरेर सम्पन्न गरिने बताए । वार्षिक तीन लाख बढी सेवाग्राहीलाई यस अस्पतालले सेवा दिंदै आएको छ । आकस्मिक कक्षमा...
Read more

थ्री एन्जल नेपालद्वारा बुद्ध शान्ति माविका २६ जना छात्रावासका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग

राप्ती, चितवन । सामाजिक संस्था थ्री एन्जल नेपालले राप्ती नगरपालिका वडा नं. १, २ र ३ का बिपन्न परिवारका तथा बुद्ध शान्ति माध्यमिक विद्यालय को छात्रावासमा अध्ययनरत विद्यार्थीहरूलाई खाद्यान्न सहयोग प्रदान गरेको छ।आज विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच थ्री एन्जल नेपाल राप्तीकी इन्चार्ज सुनिता सिल्वालले करिब ५० हजार रुपैयाँ बराबरको खाद्यान्न विद्यालयलाई हस्तान्तरण गर्नुभएको...
Read more

अध्यक्ष सुदीप गिरीद्वारा पुरस्कार राशि घोषणा, दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३ को खेल तालिका सार्वजनिक

राप्ती, चितवन । राष्ट्रको लागी खेलकुड स्वास्थ्य को लागी खेलकुड मुल नरको साथ राप्ती नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको “दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३” को खेल तालिका सार्वजनिक गरिएको छ। राप्ती नगरपालिकाको सम्भा हल्मा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका तथा पुरस्कार राशिको घोषणा गरिएको हो।पत्रकार सम्मेलनमा राप्ती नगरपालिका नगर खेलकुद...
Read more

कृषि उत्पादनको प्रवर्द्धनका लागि मागपत्र पेस

रत्ननगर । सामाजिक उद्यमी महिला सहकारीले उत्पादन गरेका कृषि सामग्रीको प्रवर्द्धन र बजारीकरणका लागि प्रदेश सरकारसमक्ष मागपत्र पेस गरिएको छ । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय समन्वय बैठक तथा अन्तर्क्रिया कार्यक्रममा कृषि उत्पादन र बजारीकरणलाई जोड दिएर मागपत्र पेस गरिएको हो । महिला तथा सामाजिक उद्यमी महिला सहकारीहरुका...
Read more

चेपाङ केन्द्रभित्र फलफूल तथा तरकारी उत्पादन

रत्ननगर । नेपाली समाज सदियौँदेखि खेतीपातीबाट गुज्रिँदै आएको समाज हो । विकसित समाजमा भने खेतीपातीका अनेक विकल्प अपनाउन थालिएको छ । चितवनको पहाडी क्षेत्रलाई हेर्ने हो भने खेतीपाती पनि पर्याप्त नहुँदा त्यस क्षेत्रमा बसोवास गर्ने विपन्न समुदाय वर्तमान अवस्थामा पनि अनिकालको चपेटामा छन् । खोरियाबारीमा राम्रो उत्पादन नहुने र रोजगारको विकल्प नहुँदा चेपाङ समुदायले आफ्ना...
Read more

राप्ती नगरपालिका वडा नं. १२ मा वडा स्तरीय बैठक सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

चितवन, राप्ती । राप्ती नगरपालिका वडा नं. १२ मा आज सम्पन्न वडा स्तरीय बैठकबाट नयाँ वडा कार्यसमिति सर्वसम्मत (निर्विरोध) रूपमा चयन गरिएको छ। बैठकले विभिन्न पदमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो। नवनिर्वाचित कार्यसमितिको सभापतिमा राजु प्रजा चयन हुनुभएको छ भने उपसभापतिमा सन्त बहादुर तामाङ र सचिवमा प्रभाकर मोक्तान चयन...
Read more

घलान चोक युवा समाजको श्रमदानबाट एकल जेष्ठ महिलाको घरमा नयाँ छाना

चितवन, राप्ती । राप्ती नगरपालिका अन्तर्गत घलान चोक युवा समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत एकल जेष्ठ महिला लाल माया तामाङको घरमा नयाँ छाना हाल्ने कार्य सम्पन्न गरेको छ। लामो समयदेखि पुरानो तथा जीर्ण जस्ताका कारण वर्षाको पानी घरभित्र पस्ने समस्याबाट पीडित तामाङलाई राहत पुग्ने गरी युवाहरूले सामूहिक पहल गरेका हुन्। वडाको “विपन्न परिवारलाई जस्तापाता वितरण” शीर्षक...
Read more

रत्ननगर नगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त घोषणा

सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गरिएको छ । रत्ननगरबाट ४३ जना पुरूष र २६ जना महिला गरी ६७ जनालाई सडकबाट उद्धार गरिएको छ । मेयर प्रलाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले नगरलाई सडक मानवमुक्त नगर घोषणा गरेका हुन् । मानवसेवा आश्रम भरतपुरसँगको सहकार्यमा आयोजित कार्यक्रममा जिससका प्रमुख अधिकारीले मेयर सापकोटालाई...
Read more

चितवनको राप्तीमा भीरबाट लडेर चेपाङ महिलाको मृत्यु 

चितवन । राप्ती नगरपालिका-१३ मा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।   कान्दा निवासी २३ वर्षीया कान्छिमाया प्रजाको बाटोमा चिप्लिएर भीरबाट खस्दा मृत्यु भएको कान्देश्वरी विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले जानकारी दिए ।   कान्छिमाया सामान किनेर घर फर्कँदै गर्दा बुधबार अपरान्ह ४ बजेतिर कोराक ढुंगाबाङको भीरबाट करिब ७० मिटर तल खसेकी थिइन् । प्रधानाध्यापक थपलियाका अनुसार प्रजाको घटनास्थलमै...
Read more
1 2 3 … 5

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०