"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

थ्री एन्जल नेपालद्वारा बुद्ध शान्ति माविका २६ जना छात्रावासका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग

राप्ती, चितवन । सामाजिक संस्था थ्री एन्जल नेपालले राप्ती नगरपालिका वडा नं. १, २ र ३ का बिपन्न परिवारका तथा बुद्ध शान्ति माध्यमिक विद्यालय को छात्रावासमा अध्ययनरत विद्यार्थीहरूलाई खाद्यान्न सहयोग प्रदान गरेको छ।आज विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच थ्री एन्जल नेपाल राप्तीकी इन्चार्ज सुनिता सिल्वालले करिब ५० हजार रुपैयाँ बराबरको खाद्यान्न विद्यालयलाई हस्तान्तरण गर्नुभएको...
Read more

अध्यक्ष सुदीप गिरीद्वारा पुरस्कार राशि घोषणा, दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३ को खेल तालिका सार्वजनिक

राप्ती, चितवन । राष्ट्रको लागी खेलकुड स्वास्थ्य को लागी खेलकुड मुल नरको साथ राप्ती नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको “दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३” को खेल तालिका सार्वजनिक गरिएको छ। राप्ती नगरपालिकाको सम्भा हल्मा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका तथा पुरस्कार राशिको घोषणा गरिएको हो।पत्रकार सम्मेलनमा राप्ती नगरपालिका नगर खेलकुद...
Read more

कृषि उत्पादनको प्रवर्द्धनका लागि मागपत्र पेस

रत्ननगर । सामाजिक उद्यमी महिला सहकारीले उत्पादन गरेका कृषि सामग्रीको प्रवर्द्धन र बजारीकरणका लागि प्रदेश सरकारसमक्ष मागपत्र पेस गरिएको छ । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय समन्वय बैठक तथा अन्तर्क्रिया कार्यक्रममा कृषि उत्पादन र बजारीकरणलाई जोड दिएर मागपत्र पेस गरिएको हो । महिला तथा सामाजिक उद्यमी महिला सहकारीहरुका...
Read more

चेपाङ केन्द्रभित्र फलफूल तथा तरकारी उत्पादन

रत्ननगर । नेपाली समाज सदियौँदेखि खेतीपातीबाट गुज्रिँदै आएको समाज हो । विकसित समाजमा भने खेतीपातीका अनेक विकल्प अपनाउन थालिएको छ । चितवनको पहाडी क्षेत्रलाई हेर्ने हो भने खेतीपाती पनि पर्याप्त नहुँदा त्यस क्षेत्रमा बसोवास गर्ने विपन्न समुदाय वर्तमान अवस्थामा पनि अनिकालको चपेटामा छन् । खोरियाबारीमा राम्रो उत्पादन नहुने र रोजगारको विकल्प नहुँदा चेपाङ समुदायले आफ्ना...
Read more

राप्ती नगरपालिका वडा नं. १२ मा वडा स्तरीय बैठक सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

चितवन, राप्ती । राप्ती नगरपालिका वडा नं. १२ मा आज सम्पन्न वडा स्तरीय बैठकबाट नयाँ वडा कार्यसमिति सर्वसम्मत (निर्विरोध) रूपमा चयन गरिएको छ। बैठकले विभिन्न पदमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो। नवनिर्वाचित कार्यसमितिको सभापतिमा राजु प्रजा चयन हुनुभएको छ भने उपसभापतिमा सन्त बहादुर तामाङ र सचिवमा प्रभाकर मोक्तान चयन...
Read more

घलान चोक युवा समाजको श्रमदानबाट एकल जेष्ठ महिलाको घरमा नयाँ छाना

चितवन, राप्ती । राप्ती नगरपालिका अन्तर्गत घलान चोक युवा समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत एकल जेष्ठ महिला लाल माया तामाङको घरमा नयाँ छाना हाल्ने कार्य सम्पन्न गरेको छ। लामो समयदेखि पुरानो तथा जीर्ण जस्ताका कारण वर्षाको पानी घरभित्र पस्ने समस्याबाट पीडित तामाङलाई राहत पुग्ने गरी युवाहरूले सामूहिक पहल गरेका हुन्। वडाको “विपन्न परिवारलाई जस्तापाता वितरण” शीर्षक...
Read more

रत्ननगर नगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त घोषणा

सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गरिएको छ । रत्ननगरबाट ४३ जना पुरूष र २६ जना महिला गरी ६७ जनालाई सडकबाट उद्धार गरिएको छ । मेयर प्रलाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले नगरलाई सडक मानवमुक्त नगर घोषणा गरेका हुन् । मानवसेवा आश्रम भरतपुरसँगको सहकार्यमा आयोजित कार्यक्रममा जिससका प्रमुख अधिकारीले मेयर सापकोटालाई...
Read more

चितवनको राप्तीमा भीरबाट लडेर चेपाङ महिलाको मृत्यु 

चितवन । राप्ती नगरपालिका-१३ मा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।   कान्दा निवासी २३ वर्षीया कान्छिमाया प्रजाको बाटोमा चिप्लिएर भीरबाट खस्दा मृत्यु भएको कान्देश्वरी विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले जानकारी दिए ।   कान्छिमाया सामान किनेर घर फर्कँदै गर्दा बुधबार अपरान्ह ४ बजेतिर कोराक ढुंगाबाङको भीरबाट करिब ७० मिटर तल खसेकी थिइन् । प्रधानाध्यापक थपलियाका अनुसार प्रजाको घटनास्थलमै...
Read more

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

चितवन । मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ । यसवर्ष एक हजार २६० रानो वितरण गर्न लागिएको हो । कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरीपालक किसानलाई सहुलियत मूल्यमा वितरण थालनी गरेको हो । कार्यालयका प्रमुख सुजन अंगाईका अनुसार अहिलेसम्म ९५किसानलाई ५१२ रानो वितरण गरी सकिएको छ । यसमध्ये १३९ रानो...
Read more

राप्ती नगरपालिका वडा नं. ९ मा सिपमूलक तालिमको उद्घाटन कार्यक्रम सम्पन्न

राप्ती नगरपालिका वडा नं. ९ मा लक्षित वर्गका लागि सञ्चालन गरिने सिपमूलक तथा टोल विकास व्यवस्थापन तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रम आज श्री दूधकोशी नमूना सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता राप्ती नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खड्कबहादुर तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राप्ती नगरपालिकाका...
Read more
1 2 3 5

Trending News

Editor's Picks

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेको नेपाल वायु सेवा निगम सञ्चालक समितिको सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको ठहर गर्दै पुनः योग्यतामा आधारित नियुक्ति गर्न परमादेशसमेत जारी गरेको छ। सरकारले पूर्व सैनिक अधिकारीसहित विभिन्न व्यक्तिलाई निगमको सञ्चालक समितिमा नियुक्त गरेको थियो। तर, नियुक्ति प्रक्रियामा योग्यताक्रमको सट्टा...

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने काठमाण्डौ — पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ । महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म देशका अधिकांश...

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड काठमाण्डौ — सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरुको तयारी छ । कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यही...

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनुभएको छ । काठमाण्डाैमा आज आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले दशकौँदेखि चर्चामा सीमित कर सुधारका एजेन्डालाई वर्तमान...

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशी ‘मानवीयताको शहर’ का रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ । नगरसभाको १९औँ अधिवेशनमा आज आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले यो सङ्कल्प...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०