"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्ती नगरपालिका वडा नं. १२ मा वडा स्तरीय बैठक सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

Table of Content

चितवन, राप्ती । राप्ती नगरपालिका वडा नं. १२ मा आज सम्पन्न वडा स्तरीय बैठकबाट नयाँ वडा कार्यसमिति सर्वसम्मत (निर्विरोध) रूपमा चयन गरिएको छ। बैठकले विभिन्न पदमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो।

नवनिर्वाचित कार्यसमितिको सभापतिमा राजु प्रजा चयन हुनुभएको छ भने उपसभापतिमा सन्त बहादुर तामाङ र सचिवमा प्रभाकर मोक्तान चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा बाबुराम प्रजा, सागर प्रजा, राम कुमार तामाङ, अजय प्रजा, बिना तामाङ, सुष्मिता बि.क, सन्चरि माया प्रजा तथा फुलमाया तामाङ चयन हुनुभएको छ। परिषद सदस्यमा सन्त बिर लामा चयन हुनुभएको बैठकले जनाएको छ।

बैठकमा सहभागीहरूले नवगठित कार्यसमितिलाई बधाई दिँदै वडा तथा समुदायको समग्र विकास, सुशासन, सामाजिक एकता र जनसेवामा प्रभावकारी भूमिका निर्वाह गर्न सफलताको शुभकामना व्यक्त गरेका थिए।

नवनिर्वाचित टोलीले जनअपेक्षाअनुसार काम गर्दै वडाको विकास र समृद्धिका लागि सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०