"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने

Table of Content

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने

काठमाण्डाै – विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरू नेकपा (एमाले), नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो ।

संसदमा प्रधानमन्त्रीले आएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । कार्यपालिकालाई संसदप्रति जवाफदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अघि बढ्ने समझदारी भएको उहाँकाे भनाइ छ ।

सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चार वटा दलका प्रमुख सचेचक र सचेकतहरू सहभागी थिए ।

प्रतिनिधिसभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ । नियमावलीअनुसार जेठको पहिलो हप्ता यस्तो प्रश्नोत्तरको कार्यक्रम सञ्चालन हुनुपर्नेमा सभामुखले मिति नतोकेपछि विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन् ।

विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दासमेत प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नोत्तरका लागि आउन मान्नुभएको छैन । प्रतिनिधिसभाको अर्को बैठक पर्सि मङ्गलवार बस्दैछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

खैरहनीका ८७ किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ वितरण

नारायणगढ (चितवन), कात्तिक १७ – खैरहनी नगरपालिकामा तोरीको गुणस्तरीय बीउ उत्पादन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ८७ जना किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ वितरण गरिएको छ । जलवायु उत्थानशील खाद्यबालीको प्रदर्शन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को आर्थिक सहयोग तथा खैरहनी नगरपालिकाको समन्वय, सहकार्य र प्राविधिक सहयोगमा ‘प्रीति’ जातको तोरीको मूल बीउ वितरण...

एनपीएल : विराटनगरले जनकपुरलाई २ रनले हरायाे

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ । विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । जनकपुरका सैफ हसनले ७१, विशाल शुस्लिङले ४३, जेम्स नीशमले २७ रन बनाए । विराटनगरका आन्द्रे रसेलले ४, एन्जेलो म्याथ्युजले २...

चितवनमा ६ लाख बढी मूल्यको पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ

चितवन, कार्तिक १७– जिल्ला प्रहरी कार्यालय चितवनले ६ लाख बढी मूल्यको पटाकाजन्य विष्फोटक पदार्थ बरामद गरेको छ । झिरझिरे, खुर्सानी, चक्र, रकेट लगायतका पटाकाजन्य विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो । ८० हजार ३७२ पिसको पटाकाको बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ चितवन प्रहरीले जनाएको छ । यस्तै प्रहरीले १ लाख ७२ हजार...

मैदानमा गोलकिपरसँग ठाेक्किएपछि स्पेनी खेलाडीकाे ज्यान गयाे

काठमाण्डाै – स्पेनी दोस्रो डिभिजनको फुटबल खेलका क्रममा गम्भीर घाइते भएका सीडी टेनेरिफका स्ट्राइकर जेसुस डे मिगुएलको ज्यान गएको छ । हिजो एन्डोरासँगको खेलका क्रममा गोलकिपर जेसुस ओवोनेसँग ठोक्किँदा ३० वर्षीय डे मिगुएलको टाउको र छातीमा चोट लागेको थियो । यस घटनाका लागि रेफ्रीले गोलकिपरलाई रातो कार्ड देखाएका थिए । यसपछि खेल रद्द गरिएको थियो...

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डाै – यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालका अनुसार २०८३ सालको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइतका रूपमा निर्धारण गरिएको हो । यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गते शुक्रवारदेखि शुरू...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०