"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एनसिएफ को कोषाध्यक्ष पदमा रेभ. वीर बहादुर तामाङको उम्मेदवारी: वित्तीय पारदर्शिता, संस्थागत सुदृढीकरण र एकतामा जोड

Table of Content

१० जेष्ठ २०८३
चितवन ।
राष्ट्रिय मण्डली सङ्गति (एनसिएफ) नेपालको आगामी ६६ औं वार्षिक उत्सव तथा राष्ट्रिय अधिवेशनमा कोषाध्यक्ष पदका लागि रेभ. पास्टर वीर बहादुर तामाङले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि नेपाली मण्डली र सेवकाइमा सक्रिय रहँदै आउनुभएका तामाङ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका परिचित, परिपक्व र आदरणीय अगुवा हुनुहुन्छ।
चितवन निवासी तामाङले एनसिएफ नेपालको जिल्ला, प्रदेश र केन्द्रका विभिन्न जिम्मेवार पदहरूमा रहेर १५ वर्षभन्दा बढी समय सफलतापूर्वक सेवा गरिसक्नुभएको छ। हाल उहाँ चितवनस्थित सुन्दरबस्ती अगापे चर्चका वरिष्ठ पास्टर हुनुहुन्छ।

आफ्नो उम्मेदवारीका बारेमा प्रष्ट पार्दै रेभ. पास्टर तामाङले एनसिएफसँग आफ्नो बाल्यकालदेखि नै आत्मिक र पारिवारिक सम्बन्ध रहेको बताउनुभयो। बाल्यकालदेखि नै एनसिएफको सेवकाइ र संस्कारमा हुर्किएका कारण नेतृत्व विकास, मण्डली स्थापना र राष्ट्रिय स्तरको सेवामा आफूले सक्रिय भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ छ। विशेषगरी नेपालभर मण्डली विस्तार, अगुवा निर्माण र मण्डलीहरूबीच आत्मिक एकता कायम गर्न उहाँ निरन्तर क्रियाशील हुनुहुन्छ।

पास्टर तामाङले आफू कोषाध्यक्ष पदमा निर्वाचित भएमा संस्थाको आर्थिक व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। क्रिश्चियन मूल्यमान्यता अनुसार वित्तीय अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता हुने उहाँले बताउनुभयो। कोषाध्यक्षका रूपमा उहाँले अघि सार्नुभएका वित्तीय क्षेत्रका मुख्य योजनाहरू यसप्रकार छन्:

आर्थिक पारदर्शिता र सुशासन: संस्थाको आम्दानी र खर्चको विवरणलाई पूर्ण रूपमा पारदर्शी बनाइनेछ र समयमै अडिट (लेखापरीक्षण) गरी वित्तीय सुशासन कायम गरिनेछ।

मण्डलीहरूको क्षमता अभिवृद्धि र तालिम: नेपालभरिका स्थानीय मण्डली तथा संस्थाहरूलाई कानुनी प्रक्रिया, आन्तरिक लेखा व्यवस्थापन र सरकारी कर प्रणाली (VAT/PAN) सम्बन्धी आवश्यक अभिमुखीकरण तथा वित्तीय साक्षरता तालिम प्रदान गरिनेछ।

दिगो आर्थिक कोषको स्थापना: एनसिएफ नेपाललाई सधैं अरूको भर पर्नु नपर्ने गरी आत्मनिर्भर बनाउनका लागि विभिन्न आन्तरिक स्रोतहरूको पहिचान गरी दिगो र बलियो आर्थिक कोषको निर्माण गरिनेछ।

न्यायोचित र रणनीतिक योजना: संस्थाको बजेट निर्माण गर्दा हरेक प्रदेश र जिल्लाका आवश्यकताहरूलाई ध्यानमा राखी न्यायोचित, रणनीतिक र व्यावहारिक योजनाहरूका आधारमा बजेट विनियोजन गरिनेछ।

तामाङ नेपाली इसाई समुदायमा मात्र नभई गैर-इसाई समाज र राजनीतिक क्षेत्रमा समेत राम्रो जानकार एवं परिचित व्यक्तित्व हुनुहुन्छ। इसाई समुदाय र सरकारी निकायहरूबीच बलियो सम्बन्ध र समन्वय कायम गर्न उहाँ सधैं तत्पर रहँदै आउनुभएको छ। संस्थाको आर्थिक पाटोलाई सरकारी नीति–नियम र कानुनसम्मत ढंगले अगाडि बढाउन उहाँको प्रशासनिक ज्ञान र समन्वयकारी भूमिका निकै फलदायी हुने विश्वास गरिएको छ। क्रिश्चियन समुदायलाई पर्ने जुनसुकै दुःख, आपत्ति र विपत्तिको समयमा उहाँले सदैव सहयोगी हातहरू बढाउँदै आउनुभएको छ।

आगामी कार्यकालका लागि आफ्नो उम्मेदवारी संस्थामा सकारात्मक परिवर्तन, वित्तीय सुधार र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट उद्देश्यसहित रहेको उहाँले प्रष्ट पार्नुभएको छ। एनसिएफको विधान, आर्थिक संरचना र कार्यशैलीलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो:
“नेपाली मण्डलीहरूबीच आत्मिक एकता, सहकार्य र आर्थिक रूपमा सबल एवं आत्मनिर्भर एनसिएफ नेपाल निर्माणका लागि मैले यसपटक कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ। म सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई विश्वास दिलाउन चाहन्छु कि मेरो कार्यकालमा संस्थाको आर्थिक कोषको एक-एक पैसाको सही र न्यायोचित सदुपयोग हुनेछ।”

एनसिएफ नेपाललाई नेपाली मण्डलीहरूको ‘आत्मिक घर’ का रूपमा चित्रण गर्दै पास्टर तामाङले सबैलाई सम्बन्ध, सहकार्य र सङ्गतिका लागि तयार हुन आह्वान गर्नुभएको छ। उहाँको १५ वर्षभन्दा लामो सेवाकालीन अनुभव, वित्तीय क्षेत्रप्रतिको स्पष्ट भिजन र सबैलाई समेट्न सक्ने क्षमताका कारण यसपटक उहाँ कोषाध्यक्ष पदको सबैभन्दा बलियो र उपयुक्त उम्मेदवार हुनुहुन्छ। उहाँले सम्पूर्ण आदरणीय प्रतिनिधि, पास्टर, एल्डर तथा शुभचिन्तकहरूलाई प्रार्थना र सहमतिका साथ आफ्नो अमुल्य भोट दिई विजयी गराउन हार्दिक अपील गर्नुभएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Nepal_vs_bangaladesh_final_sV3EvLNV5Y

नेपाल र बंगलादेशबीच आउँदो चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हुने

नेपाल र बंगलादेशबीच यसै वर्षको चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ...
813362474_1091875219894521_9033030538614758989_n

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

राप्ती । चितवनको राप्ती नगरपालिका–१, सिमरामा एक विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। राप्ती–१...
mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०