"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कृषि उत्पादनको प्रवर्द्धनका लागि मागपत्र पेस

Table of Content

रत्ननगर । सामाजिक उद्यमी महिला सहकारीले उत्पादन गरेका कृषि सामग्रीको प्रवर्द्धन र बजारीकरणका लागि प्रदेश सरकारसमक्ष मागपत्र पेस गरिएको छ । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय समन्वय बैठक तथा अन्तर्क्रिया कार्यक्रममा कृषि उत्पादन र बजारीकरणलाई जोड दिएर मागपत्र पेस गरिएको हो ।

महिला तथा सामाजिक उद्यमी महिला सहकारीहरुका लागि बजार सहजीकरणका लागि ढुवानी साधनमा अनुदान माग गरिएको छ । हाटबजार सञ्चालन गर्दा महिला उद्यमीलाई प्राथमिकता दिनुपर्ने तथा केन्द्रीय संघ स्थापना तथा दर्ताका लागि समन्वय तथा सेवा नेपालको कोसेली घरलाई प्रवद्र्धन गर्ने कार्यक्रम तथा अनुदान प्रदान गर्न माग गरिएको छ । कृषि उद्योग तथा सहकारी उद्योग सञ्चालनमा मन्त्रालय र मन्त्रालयअन्तर्गतका कार्यालयहरुले महिला तथा सामाजिक उद्यमी महिला सहकारीका लागि विशेष कार्यक्रम तयार गर्नुपर्ने, सामाजिक उद्यमी महिला सहकारीलक्षित क्षमता विकासका कार्यक्रमहरु सहकारी व्यवस्थापन तालिम, लेखा व्यबस्थापन सम्बन्धित तालिम, नीति नियमसम्बन्धी अभिमुखीकरण तथा सहकारी उद्योगसम्बन्धी क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।

कार्यक्रममा सेवा नेपालकी अध्यक्ष टीकाकुमारी अधिकारीले बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेललाई मागपत्र हस्तान्तरण गरेकी थिइन् । प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा सामाजिक उद्यमी महिला सहकारीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन र बजारीकरण, सामाजिक उद्यमी महिला सहकारी क्षेत्रमा विद्यमान समस्या, चुनौती र त्यसको समाधानको विषयमा छलफल गरिएको सेवा नेपालकी संस्थापक अध्यक्ष पार्वती न्यौपानेले बताइन् ।

कार्यक्रममा मन्त्री पौडेलले सेवा नेपालले मागपत्रमा समावेश गरिएका विषयबस्तु आफूले नीति तथा कार्यक्रममा समावेश गरेको भन्दै सहकारी क्षेत्रका समस्या र चुनौती समाधानका लागि प्रदेश सरकारले विशेष चासोका साथ काम गरिरहेको बताइन् ।

सेवा नेपालले देशभरका करिब २३० सामाजिक उद्यमी महिला सहकारीहरुको छाता संघको रुपमा काम गर्दै आएको छ । संस्थाले आफ्ना सदस्य संस्थाहरुलाई विभिन्न प्राविधिक क्षमता तथा सीप विकास गर्दै सदस्यहरुलाई उद्यमी बन्नका लागि अभिप्रेरित गर्दै आएको संस्थाकी सचिव शैलजा घिमिरे पौडेलले जानकारी दिइन् । सेवा नेपालमा बागमती प्रदेशमा ५६ वटा सामाजिक उद्यमी महिला सहकारीहरु आबद्ध रहेको र उक्त सहकारीहरुले डेरी, खसीबोका, मसला र अन्य कृषि उद्यम गर्दै आएका छन् । उक्त सहकारीबाट ५० हजार महिला सदस्यहरुले सेवा लिएको र करिब ३०० जनाले रोजगारी पाएका छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्षद्वय खेमबहादुर थापा र डिबी बस्नेतले सामाजिक उद्यमी महिला सहकारीले महिलाहरुलाई आर्थिकरुपमा सबल मात्र होइन समाजको नेतृत्व गर्न सक्ने बनाएको बताएका थिए । हेफर इन्टरनेसनल नेपालकी कार्यक्रम निर्देशक सविना प्रधानले हेफरले सुरू गरेको अभियानले महिलाहरुलाई आर्थिक तथा सामाजिक क्षेत्रमा अब्बल बनाएको बताइन् । संस्थाकी अध्यक्ष अधिकारीले १५ लाख सदस्यसहित एक हजार सामाजिक उद्यमी महिला सेवा नेपालमा आबद्ध गराई सहकारी क्षेत्रमा जागरण पैदा गर्ने लक्ष्य रहेको बताइन् । महिला सहकारीले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि सेवा नेपालले रत्ननगरमा कोसेली घर निर्माण गरिसकेको उनको भनाइ छ ।

संस्थापक अध्यक्ष न्यौपानेले आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सहकारीमा आबद्ध बनाएर जीविकोपार्जनको आधारशिला तयार गर्ने र उद्यमी बनाउने उद्देश्यका साथ काम भइरहेको बताएको कार्यक्रममा सेवा नेपाल प्रदेश संयोजक प्रमिला पण्डितले संस्थाले अहिलेसम्म सञ्चालन गरेका कार्यक्रमसहित प्रस्तुतीकरण तथा शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष निर्मला दंगालले संस्थाले गरेका कामहरुको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।

सेवा नेपालकी संस्थापक सचिव कल्पना रिमालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सचिव शैलजा घिमिरे पौडेलले सञ्चालन गरेकी थिइन् । राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईंले अन्तर्क्रिया कार्यक्रमको सहजीकरण गरेका थिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आईपीयू महासभामा जलवायु विपद् सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित

काठमाण्डौ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रस्तुत गर्नुभएको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकको प्रस्ताव महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख...

मैले अरू कसैले नगरेकाे काम गरेकाे छु, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ । ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ...

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

चितवन,असोज २२- माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ...

चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सर्‍यो, १५ शय्याबाट सेवा सञ्चालन

चितवन,असोज २२ – इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा...

राप्ती नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई १० लाख रुपैयाँको ब्ल्याङ्केट सहयोग, १३ लाख रुपैया बराबर राहत कोषमा जम्मा

काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०