"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रवि लामिछाने अर्को हप्ता नयाँदिल्ली जाँदै

Table of Content

रवि लामिछाने अर्को हप्ता नयाँदिल्ली जाँदै

काठमाण्डौ – भारत सरकारको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि अर्को हप्ता जेठ १८ मा नयाँदिल्ली जाँदै हुनुहुन्छ । लामिछाने तीनदिने औपचारिक भ्रमणका लागि आउँदो सोमबार दिल्ली जान लाग्नुभएको हो ।

नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद र कूटनीतिक तनाव बढिरहेका बेला लामिछानेको भ्रमण हुन लागेको हो, तर दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन् । नेपाल सरकारले लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी नभएको जनाएको छ ।

चुनावबाट झण्डै दुईतिहाइ बहुमत ल्याएको रास्वपाले वालेन्द्र शाह (बालेन) नेतृत्वमा नयाँ सरकार गठन गरेसँगै नेपाल–भारत सम्बन्धबारे चासो र भारत भ्रमणको विषयमा चर्चा हुँदै आएको छ । प्रधानमन्त्री शाहको दिल्ली भ्रमण अहिलेसम्म अनिश्चित छ ।

यसबीचमा लामिछाने नयाँ दिल्ली जान लाग्नुभएको हो । रास्वपा सभापति लामिछानेको भारत भ्रमणबारे भारतीय मिडियाले पनि चासो देखाएका छन् । भ्रमणको क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस.जयशंकर, विदेश सचिव विक्रम मिश्रीसहित उच्च अधिकारीसँग भेट गर्ने तयारी छ ।

लामिछानेको भ्रमण भारतीय विदेश सचिव मिस्रीको काठमाण्डौ भ्रमण स्थगित भएको र सीमा विवाद चर्किएको पृष्ठभूमिमा हुन लागेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलले लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री शाहको कुनै सम्बन्ध नरहेको जनाउनुभएको छ ।

हिजोको मन्त्रिपरिषद् बैठकपछि उहाँले सभापति आफ्नै ढंगले भारत जान लागेको बताउनुभयो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०