"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अध्यक्ष सुदीप गिरीद्वारा पुरस्कार राशि घोषणा, दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३ को खेल तालिका सार्वजनिक

Table of Content

राप्ती, चितवन । राष्ट्रको लागी खेलकुड स्वास्थ्य को लागी खेलकुड मुल नरको साथ राप्ती नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको “दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३” को खेल तालिका सार्वजनिक गरिएको छ। राप्ती नगरपालिकाको सम्भा हल्मा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका तथा पुरस्कार राशिको घोषणा गरिएको हो।
पत्रकार सम्मेलनमा राप्ती नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष सुदीप गिरी ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै प्रतियोगिताको पुरस्कार राशिसमेत सार्वजनिक गरेका थिए। उनका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख ६१ हजार १६१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ६१ हजार १६१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिता जेठ १९ गतेदेखि ३० गतेसम्म राप्ती नगरपालिका–१ स्थित खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा राप्ती नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९ र ११ गरी १० वटा वडा स्तरीय टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू दैनिक दिउँसो ३ बजेदेखि सञ्चालन गरिनेछन्।
पत्रकार सम्मेलनका प्रमुख अतिथि राप्ती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सिताराम बल रहेका थिए। कार्यक्रममा अतिथिका रूपमा शम्भु बिक, दिनेश, दिवश उप्रेती, कृष्ण पाठक, विशाल लो तथा सुरेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई नगद रु. १ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक (कोच), उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड तथा सर्वाधिक गोल गर्ने खेलाडी लाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गिरीले प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूमा अनुशासन र नेतृत्व क्षमताको अभिवृद्धि गर्नुका साथै वडा तहबाट खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
साथै आयोजक समितिले प्रतियोगिताका क्रममा सामान्य घाइते हुने खेलाडीहरूको उपचार खर्च आयोजक पक्षले व्यहोर्ने तथा गम्भीर प्रकृतिका घाइते खेलाडीहरूको उपचार सम्बन्धित वडाले व्यवस्थापन गर्ने जानकारी दिएको छ।
राप्ती नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै विभिन्न खेल गतिविधिहरू सञ्चालन गर्दै आएको सन्दर्भमा दोस्रो वडा कप फुटबल प्रतियोगिताले नगरभित्र खेल संस्कृतिको विकास र खेलाडी उत्पादनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

काठमाण्डाै – सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली २०८३ स्वीकृत गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे । मन्त्रिपरिषद् बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने झन्डै १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त...

मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ्यो

काठमाण्डौ – मौसममा सुधार आएसँगै विश्वप्रसिद्ध कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या बढेको छ । अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढीपहिरोका कारण अवरुद्ध सडक तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्लो केही दिनयता एबिसी जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको पर्यटन व्यवसायीले बताएका छन् । छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप...

फ्लाई दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै

काठमाण्डौ – फ्लाई दुबईको जहाजमा ककपिटभित्रै पाईलटमाथि बञ्चरो प्रहार गरी जहाज नियन्त्रणमा लिन खोजेको आरोप लागेका सहचालकको अस्ट्रेलियासँगको सम्बन्धबारे पनि अनुसन्धान शुरु भएको छ । अस्ट्रेलियाली प्रहरी र गुप्तचर निकाय सम्मिलित भिक्टोरियन संयुक्त प्रतिआतंकवाद टोलीले ओमानी नागरिक हमाम अल–हमामीको अस्ट्रेलिया सम्बन्धबारे अनुसन्धान गरिरहेको अल जजिराले जनाएको छ । अल–हमामीले झण्डै एक दशकअघि मेलबर्नको आरएमआईटी विश्वविद्यालयमा...

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र, चुनावी कार्यतालिका सार्वजनिक

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बन्दसत्रसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरु हुँदैछ । काठमाण्डौको खुलामञ्चमा हिजो महाधिवेशन उद्घाटन भएपछि आज बिहान ९ बजेदेखि बन्दसत्र शुरु हुन लागेको हो । बन्दसत्र पनि खुलामञ्चमै हुने कार्यक्रम छ । बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत...

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो नेपाली टोलीलाई बिदाइ गर्‍याे । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडीलाई शुभकामना दिँदै बिदाइ गरे । क्यानका सचिव पारस खड्काले शृङ्खला नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०