"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

इन्टरनेट सेवा प्रदायकलाई सेवा दस्तुर दाखिलासम्बन्धी विवरण १० दिनभित्र पेस गर्न निर्देशन

Table of Content

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले आर्थिक ऐन, २०८३ को व्यवस्था कार्यान्वयन गर्ने क्रममा दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरी सेवा प्रदान गरिरहेका सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

प्राधिकरणले आज सार्वजनिक सूचनामार्फत आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको दूरसञ्चार सेवा दस्तुरसँग सम्बन्धित विवरण माग गरेको हो ।

आर्थिक ऐन, २०८३ को दफा ८ को उपदफा (५) मा दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ । यो व्यवस्थाअनुसार प्राधिकरणले सेवा प्रदायकबाट दस्तुर दाखिलासम्बन्धी विवरण माग गरेको प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

प्राधिकरणले सेवा प्रदायकलाई मासिक रूपमा इन्टरनेट बिक्रीबापत प्राप्त आय, मर्मत सम्भारबापतको आय, उपकरण बिक्रीबापतको आय र अन्य आयको छुट्टाछुट्टै विवरण पेस गर्न भनेको छ । त्यसैगरी, ती सबै शीर्षकको कुल आय, दाखिला गरिएको दूरसञ्चार सेवा दस्तुरको रकम र दाखिला गरेको मितिसमेत खुलाउनुपर्नेछ ।

तोकिएको समयभन्दा ढिलो गरी दस्तुर दाखिला गरेको भए त्यसबापत बुझाइएको ब्याजको रकमसमेत विवरणमा उल्लेख गर्नुपर्ने प्राधिकरणले जनाएको छ । साथै, प्राधिकरणले सेवा प्रदायकलाई हरेक महिनाको आय तथा त्यसमा लाग्ने दूरसञ्चार सेवा दस्तुर दाखिला भए वा नभएको अवस्था स्पष्ट हुनेगरी विवरण उपलब्ध गराउन भनेको छ ।

यसबाट सेवा प्रदायकले प्राप्त गरेको आय, सरकारलाई दाखिला गर्नुपर्ने दस्तुर र वास्तविक रूपमा दाखिला भएको रकमबीचको अवस्था परीक्षण गर्न सकिनेछ । आर्थिक ऐन, २०८३ को दफा ८ अनुसार टेलिफोन, मोबाइल, इन्टरनेटलगायतका दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १० प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुरबापत असुल गर्नुपर्ने व्यवस्था छ ।

यद्यपि, दूरसञ्चार सेवा उपलब्ध गराउने अनुमतिप्राप्त निकायबीच एकले अर्कोको नेटवर्क प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क अर्थात् इन्टरकनेक्सन चार्जमा यस्तो दस्तुर लाग्ने छैन ।

त्यस्तै, फिक्स्ड ब्रोडब्यान्ड सेवा शुल्कको ५० प्रतिशतसम्मको मर्मतसम्भार शुल्कमा पनि दूरसञ्चार सेवा दस्तुर नलाग्ने व्यवस्था ऐनमा छ । आर्थिक ऐनको उपदफा (३) अनुसार सेवा प्रदायकले ग्राहकबाट असुल गरेको दूरसञ्चार सेवा दस्तुर अर्को महिनाको २५ गतेभित्र नेपाल सरकारको राजस्व खातामा दाखिला गरिसक्नुपर्नेछ ।

तोकिएको अवधिभित्र दस्तुर दाखिला नगरेमा सम्बन्धित व्यक्ति वा संस्थाबाट बाँकी रकममा मासिक पाँच प्रतिशतका दरले ब्याज लगाई असुल गर्ने व्यवस्था ऐनमा गरिएको छ ।

दूरसञ्चार सेवा दस्तुरसम्बन्धी व्यवस्थाको कार्यान्वयन तथा प्रशासनिक प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले प्राधिकरणले सेवा प्रदायकसँग आय र राजस्व दाखिलाको विस्तृत विवरण माग गरेको हो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

केपी ओलीको प्रश्न– ‘ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! हामी मजाकका पात्र हौँ ?’

काठमाडौं, मंसिर २ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनु भयो । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने...

चितवनमा ट्राफिक लाइट सञ्चालनको तयारी तीव्र, केही दिनभित्रै सञ्चालनमा आउने

चितवनको भरतपुर महानगरपालिकाका ६ वटा मुख्य चोकमा जडान गरिएका ट्राफिक लाइट छिट्टै सञ्चालनमा आउने भएका छन्। ट्राफिक लाइट सञ्चालनका लागि आवश्यक सडक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ। ट्राफिक लाइट सञ्चालनलाई व्यवस्थित बनाउन आज बुधबारदेखि ६ वटै स्थानमा लेन मार्किङ, स्टपिङ लाइन तथा जेब्रा क्रसिङलगायतका सडक रेखाङ्कन गर्ने काम सुरु गरिएको छ। दसैँ,...

इन्टरनेट सेवा प्रदायकलाई सेवा दस्तुर दाखिलासम्बन्धी विवरण १० दिनभित्र पेस गर्न निर्देशन

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । प्राधिकरणले आर्थिक ऐन, २०८३ को व्यवस्था कार्यान्वयन गर्ने क्रममा दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरी सेवा प्रदान गरिरहेका सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणले आज सार्वजनिक सूचनामार्फत आर्थिक वर्ष...

पूर्वाधार मन्त्रालयद्वारा सात इन्जिनियर सेवाबाट बर्खास्त

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सातजना इन्जिनियरलाई सेवाबाट हटाएको छ । भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।  कार्यालयमा हाजिर नभएको र बिदा स्वीकृत नगरी बिदा बसेको भन्दै मन्त्रालयले उनीहरूलाई हटाएको प्रस्ट पारेको छ ।  सेवाबाट हटाइएका इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल...

गुल्मीमा प्रहरी क्वार्टरभित्रै इन्स्पेक्टर मृत भेटिए

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी निवासमै मृत फेला परेका छन् । सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका केसी मंगलबार बिहान मृत फेला परेको डीएसपी विरेन्द्रवीर विश्वकर्माले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार बिहान साढे ढिलासम्म पनि नउठेपछि प्रहरीले निवासमा गएर हेर्दा उनी अचेत अवस्थामा भेटिएका थिए । अचेत अवस्थामा भेटिएका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०