जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी निवासमै मृत फेला परेका छन् ।
सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका केसी मंगलबार बिहान मृत फेला परेको डीएसपी विरेन्द्रवीर विश्वकर्माले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार बिहान साढे ढिलासम्म पनि नउठेपछि प्रहरीले निवासमा गएर हेर्दा उनी अचेत अवस्थामा भेटिएका थिए ।
अचेत अवस्थामा भेटिएका उनलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षक असईबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।
मृत्युको कारण खुलिनसकेको डीएसपी विश्वकर्माले बताए ।
पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै उनको मृत्युको कारण खुल्नेछ। यसबारे थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।
