"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीमा प्राङ्गारिक कृषि विषयक छलफल कार्यक्रम सम्पन्न

Table of Content

राप्ती, भण्डारा — “प्राङ्गारिक कृषि : अवसर र चुनौती” विषयक एक महत्वपूर्ण छलफल कार्यक्रम आज राप्ती नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना जिल्ला प्राङ्गारिक संघ चितवन (खादका लागि कृषि अभियान) ले गरेको हो।

कार्यक्रममा जिल्ला प्राङ्गारिक संघ चितवनका अध्यक्ष चन्द्र प्रसाद अधिकारीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा शमशेर लामा उपस्थित थिए। कार्यक्रमको संयोजन उद्वव अधिकारीले गरेका थिए।

त्यस्तै कार्यक्रममा प्रमुख प्रशासनिक अधिकृत प्रदिप पौडेल, वडा नं. ७ का वडाध्यक्ष सुमिता डल्लाकोटी, जिल्ला प्रशासन सचिव मोहन सिंह तथा सहसचिव मान कुमार चौलागाईं लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा संयोजक उद्वव अधिकारीले कृषि क्षेत्रमा रहेका अवसर र चुनौतीका विषयमा विस्तृत रूपमा प्रकाश पार्दै रासायनिक र प्राङ्गारिक मलबीचको भिन्नता स्पष्ट पारेका थिए। उनले प्राङ्गारिक खेतीको महत्व तथा यसको दीगो प्रभावबारे सहभागीहरूलाई जानकारी गराएका थिए।

त्यसैगरी अध्यक्ष चन्द्र प्रसाद अधिकारीले प्राङ्गारिक खेती कसरी गर्ने, यसको लागत कति लाग्छ, उत्पादन कस्तो हुन्छ लगायतका विषयमा विस्तृत प्रस्तुति दिएका थिए। उनले रासायनिक मलको प्रयोगबाट स्वास्थ्य तथा माटोमा पर्ने असरबारे पनि सचेत गराउँदै प्राङ्गारिक उत्पादनको पहिचान गर्ने तरिका तथा तरकारीको बजार व्यवस्थापनका उपायहरूबारे जानकारी दिएका थिए।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०