"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जलदेवी सामुदायिक वनको नेतृत्वमा निर्वाचन : अध्यक्षमा श्रेष्ठ निर्वाचित

Table of Content

भरतपुर । जलदेवी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मिन्द्राकुमारी श्रेष्ठ निर्वाचित भएकी छिन् । आइतबार राति सम्पन्न मतदानबाट ४५२ मतसहित अध्यक्षमा श्रेष्ठ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी ऋषिकेष अर्यालले ४०७ मत प्राप्त गरे ।

नयाँ समितिको उपाध्यक्षमा गोविन्द गुरूङलाई पछि पार्दै भेषनाथ चौलागाईँले विजय हासिल गरेका छन् । चौलागाईँले ५०१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गुरूङले जम्मा ३०८ मत प्राप्त गरेका थिए । समितिको सचिवमा भने विन्दुदेवी क्षेत्रीले जीत हात पारेकी छन् । उनले २४५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी शखा पौलेलले जम्मा ३४ मतमात्र पाइन् ।

कोषाध्यक्षमा सीताकुमारी पौडेलले ४९९ मत प्राप्त गर्दै जीत हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी रचना लामिछानेले २७० मतमा चित्त बुझाउनु प¥यो । सहसचिवमा रामबहादुर श्रेष्ठले ४३१ मतसहित विजय हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी रामकुमार लामा थिङले २९५ मत पाए ।

सहकोषाध्यक्षमा भने ओम सुनारलाई पछि पार्दै हीरामाया थापाले विजय हासिल गरेकी छन् । थापाले ५३० मत प्राप्त गर्दा सुनारले जम्मा २१४ मत पाएका थिए । वनका निवर्तमान अध्यक्ष माधव देवकोटाका अनुसार निर्वाचित उमेदवारहरुमा सबैभन्दा बढी मत नै थापाले ल्याएकी हुन् ।

समूहको आठौँ अधिवेशनबाट निवर्तमान अध्यक्षसहित २१ सदस्यीय कार्यसमितिमा महिला कोटाबाहेक अन्य सबै पदमा निर्वाचन भएको निवर्तमान अध्यक्ष देवकोटाले जानकारी दिए । महिला कोटातर्फ जेनजी, दलित र आदिवासी जनजातितर्फका सबै निर्विरोध भएका थिए । वनको पछिल्लो नीतिअनुसार २५ वर्षमुनिका सदस्यलाई पनि नेतृत्वमा ल्याउनु पर्ने प्रावधानसँगै जेनजीतर्फबाट पनि समितिमा आउने बाटो निश्चित भएको छ ।

नयाँ नेतृत्वको लागि लेखा समितिको संयोजकमा समेत निर्वाचन भएको थियो । समितिमा तारामणि घिमिरे ३७० मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राजन श्रेष्ठले ३३४ मत प्राप्त गरेका थिए । समितिको सदस्यहरुमा भने मीरा श्रेष्ठ र लक्ष्मण पौडेल निर्विरोध चयन भएका थिए । सहमति जुटाउने प्रयास असफल भएपछि केहीबाहेक अधिकांश पदमा निर्वाचन भएको थियो ।

जलदेवी सामुदायिक वन उपभोक्ता समूहमा एक हजार सातसयभन्दा बढी सदस्य सङ्ख्या रहेकामा एक हजार ३६२ सदस्यले मतदानमा भाग लिएका थिए । भरतपुर महानगरपालिकाको वडा नं.१, २ र ११ का उपभोक्ताहरु वनमा सदस्य छन् । सरकारबाट १९९ हेक्टर क्षेत्रफल हस्तान्तरित उक्त वनको संरक्षित क्षेत्र ४५० हेक्टरमा फैलिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...
nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०