"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जलदेवी सामुदायिक वनको नेतृत्वमा निर्वाचन : अध्यक्षमा श्रेष्ठ निर्वाचित

Table of Content

भरतपुर । जलदेवी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मिन्द्राकुमारी श्रेष्ठ निर्वाचित भएकी छिन् । आइतबार राति सम्पन्न मतदानबाट ४५२ मतसहित अध्यक्षमा श्रेष्ठ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी ऋषिकेष अर्यालले ४०७ मत प्राप्त गरे ।

नयाँ समितिको उपाध्यक्षमा गोविन्द गुरूङलाई पछि पार्दै भेषनाथ चौलागाईँले विजय हासिल गरेका छन् । चौलागाईँले ५०१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गुरूङले जम्मा ३०८ मत प्राप्त गरेका थिए । समितिको सचिवमा भने विन्दुदेवी क्षेत्रीले जीत हात पारेकी छन् । उनले २४५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी शखा पौलेलले जम्मा ३४ मतमात्र पाइन् ।

कोषाध्यक्षमा सीताकुमारी पौडेलले ४९९ मत प्राप्त गर्दै जीत हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी रचना लामिछानेले २७० मतमा चित्त बुझाउनु प¥यो । सहसचिवमा रामबहादुर श्रेष्ठले ४३१ मतसहित विजय हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी रामकुमार लामा थिङले २९५ मत पाए ।

सहकोषाध्यक्षमा भने ओम सुनारलाई पछि पार्दै हीरामाया थापाले विजय हासिल गरेकी छन् । थापाले ५३० मत प्राप्त गर्दा सुनारले जम्मा २१४ मत पाएका थिए । वनका निवर्तमान अध्यक्ष माधव देवकोटाका अनुसार निर्वाचित उमेदवारहरुमा सबैभन्दा बढी मत नै थापाले ल्याएकी हुन् ।

समूहको आठौँ अधिवेशनबाट निवर्तमान अध्यक्षसहित २१ सदस्यीय कार्यसमितिमा महिला कोटाबाहेक अन्य सबै पदमा निर्वाचन भएको निवर्तमान अध्यक्ष देवकोटाले जानकारी दिए । महिला कोटातर्फ जेनजी, दलित र आदिवासी जनजातितर्फका सबै निर्विरोध भएका थिए । वनको पछिल्लो नीतिअनुसार २५ वर्षमुनिका सदस्यलाई पनि नेतृत्वमा ल्याउनु पर्ने प्रावधानसँगै जेनजीतर्फबाट पनि समितिमा आउने बाटो निश्चित भएको छ ।

नयाँ नेतृत्वको लागि लेखा समितिको संयोजकमा समेत निर्वाचन भएको थियो । समितिमा तारामणि घिमिरे ३७० मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राजन श्रेष्ठले ३३४ मत प्राप्त गरेका थिए । समितिको सदस्यहरुमा भने मीरा श्रेष्ठ र लक्ष्मण पौडेल निर्विरोध चयन भएका थिए । सहमति जुटाउने प्रयास असफल भएपछि केहीबाहेक अधिकांश पदमा निर्वाचन भएको थियो ।

जलदेवी सामुदायिक वन उपभोक्ता समूहमा एक हजार सातसयभन्दा बढी सदस्य सङ्ख्या रहेकामा एक हजार ३६२ सदस्यले मतदानमा भाग लिएका थिए । भरतपुर महानगरपालिकाको वडा नं.१, २ र ११ का उपभोक्ताहरु वनमा सदस्य छन् । सरकारबाट १९९ हेक्टर क्षेत्रफल हस्तान्तरित उक्त वनको संरक्षित क्षेत्र ४५० हेक्टरमा फैलिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०