"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनमा पाँच दिने ‘अटो शो’ आयोजना, ५० करोडको कारोबार र १० हजार दर्शकको अपेक्षा

Table of Content

भरतपुर । चितवनको भरतपुरमा आगामी वैशाख १७ गतेदेखि हुने ‘चितवन अटो शो’मा ५० करोडको कारोबार हुने प्रक्षेपण गरिएको छ ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा पाँच दिनसम्म हुने अटो शो हुन लागेको हो ।

भरतपुर प्रदर्शनी केन्द्रमा आयोजना हुने अटो शो वैशाख २१ गतेसम्म चल्ने अटो शोका संयोजक राजन पियाले बताए । मङ्गलबार भरतपुरमा भएको पत्रकार सम्मेलनमा संयोजक पियाले भने, ‘अटो शोमा १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ, स्टलहरु धमाधम बुकिङ भइरहेको छ ।’

चितवनमा अब हुन लागेको अटो शो दोस्रो संस्करणको हो । यसअघि २०८२ साल असोजमा पहिलो संस्करणको अटो शो भइसकेको छ ।

अटो शोले अटोमोबाइल क्षेत्रमा भित्रिएका नवीन प्रविधिहरुलाई नजिकबाट अवलोकनको अवसर प्रदान गर्नेछ । अटो शोमा नेपालमा बिक्रीवितरण भइरहेका प्रायः सबै ब्रान्डलाई एकै थलोमा प्रदर्शन गरिने छ । चारपाङ्ग्रे, दुईपाङ्ग्रे, हेभी कमर्सियल सवारीसाधनहरु, अटोमोबाइलका विभिन्न कम्पोनेन्टहरु, बैंक तथा वित्तीय संस्थाहरु र इन्स्योरेन्स कम्पनीहरुको स्टल राखिने छ । ७५ वटा स्टल रहने छन् ।

‘अटोमोबाइल व्यवसायको क्षेत्रमा भएका नवीनतम प्रविधिलाई एकै ठाउँमा अवलोकन तथा अध्ययन गर्न चितवन अटो शो महŒवपूर्ण प्लेटफर्म हुनेछ’, पियाले भने । अटो शोलाई लक्षित गरी कम्पनीहरुले आकर्षक अफरहरुसमेत ल्याउने छन् ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष इन्द्रप्रसाद रेग्मीले पुराना गाडी तथा महँगो बिग बाइकको प्रदर्शनी पनि हुने बताए । उनका अनुसार मोटरसाइकल स्टन्ट, जिमखाना, टिडिएस ¥यालीलगायतका खेलकुदको समेत आयोजना गरिने अटो शोको तेस्रो दिन नेपालकै अटोमोबाइल्स क्षेत्रमा लामो समय अनुभव सम्हालेका विज्ञबाट अटो सेमिनार हुनेछ । चौथो दिन चितवनआसपासका विद्यालयहरुमा कक्षा ४ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थी तथा अभिभावकको उपस्थितिमा हेल्मेट प्रयोगसम्बन्धी सचेतना एवम् अन्तर्राष्ट्रियस्तरको हेल्मेट वितरण गरिने छ । वैशाख १७ गते उद्घाटनको दिन गाडीको ¥याली गरिने छ । कार्यक्रमको महिन्द्रा मुख्य प्रायोजक र एमजी सहप्रायोजकको रुपमा रहने छन् ।

चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष मोहन केसीले अटो शोको माध्यमबाट सवारीको खरिद–बिक्रीमा उत्साह थप्ने बताए । उनका अनुसार विद्युतीय सवारी र यसका नवीन प्रविधिबारे उपभोक्तालाई थप जानकारी मिल्नेछ । अटो शोको अवलोकन गर्ने ग्राहकबाट ३ जनालाई लक्की ड्रमार्फत आकर्षक उपहारको व्यवस्था गरिने छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०