"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

Table of Content

राप्ती । राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि राप्ती नदीमा गोहीको गुँड खोज्ने काम सुरु गरेको थियो । सोही समयमा ती गुँड भेटिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दुई जना बोटे समुदायका व्यक्तिलाई लगाएर गुँड खोजिएको हो । हरेक वर्ष चैतमा गुँड खोजेर वैशाखमा ती गुँडबाट अण्डा सङ्कलन गरिन्छ । उनका अनुसार अण्डा सङ्कलनको काम यही वैशाख १० गतेदेखि सुरु गरिने छ ।

उनले भने, ‘अहिले गुँड पहिचानको काम सकिएको छ । अब हामीले कुन कुन गुँडबाट अण्डा निकाल्ने भन्ने छलफल गरेर अण्डा सङ्कलन गर्छौं ।’ गुँडमा रहेका अण्डा सङ्कलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिने उनले जानकारी दिए ।

यसअघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोजिएको हो । निकुञ्जको प्रजनन केन्द्रमा गोहीको अण्डाबाट चल्ला निकालिए पछि ती चल्ला हुर्काएर पुनः नदीमा छोड्ने गरिन्छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

हान्टाभाइरस नेपाल भित्रिने सम्भावना कति? कत्तिको घातक छ?

काठमाडौं – विश्वका विभिन्न मुलुकमा देखिएको हान्टाभाइरसको संक्रमणलाई लिएर नेपालमा पनि चासो र चिन्ता व्यक्त भइरहेको छ। स्वास्थ्य मन्त्रालयले हालसम्म नेपालमा उक्त भाइरसको संक्रमण पुष्टि भइनसकेकाले त्रास र भयरहित अवस्थामा बस्न सर्वसाधारणलाई अनुरोध गरेको छ। हान्टा सार्न सक्ने ‘एन्डिज भाइरस’ भएका मुसा नेपालमा नपाइएकोले यसको त्रासबाट मुक्त हुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो। हान्टा एक प्रकारको...

महाधिवेशनबाट रवि लामिछाने नै सभापति बन्नुहुन्छः रास्वपा महामन्त्री बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको आसन्न महाधिवेशनबाट रवि लामिछाने नै सभापति बन्ने पूर्वघोषणा गरेका छन् । अन्य पदहरुमा कोको जाने भनेर छलफल भइनसकेको उनले बताए । रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ । असार ७ रास्वपाको स्थापना दिवस पनि हो । बुर्लाकोटीका अनुसार...

जेठ २१ भित्र सदस्यता अद्यावधिक गर्न कांग्रेसको निर्देशन, अनलाइनबाटै फारम भर्न सकिने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार ललितपुरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।...

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल ४ गतेदेखि

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल ४ गतेदेखि काठमाण्डौ — प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफलका लागि आउँदो ४, ५ र ६ गतेका दिनहरू तोकिएको छ । हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती...

आज अन्तर्राष्ट्रिय परिवार दिवस

आज अन्तर्राष्ट्रिय परिवार दिवस काठमाण्डौ — दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ । सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसङ्घले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०