"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

साविक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा

साविक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा काठमाण्डौ – साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी फाइनलमा पुगेको हो ।  धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनाएको थियो । आरसीबीका...
Read more

आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा

आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा काठमाण्डौ – सरोकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्‍याएको छ ।  सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावमा गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन कार्य भइरहेको हो । पर्सि जेठ १५...
Read more

सर्वोच्चको ऐतिहासिक आदेश : विदेशबाट पनि बयान र बकपत्र गर्न दिनू

काठमाण्डौ – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान, बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ ।  न्यायाधीशद्वय हरि फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सिमानालाई सङ्कुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान, बकपत्र गर्न सकिने आदेश गरेको हो । अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक...
Read more

रवि लामिछाने अर्को हप्ता नयाँदिल्ली जाँदै

रवि लामिछाने अर्को हप्ता नयाँदिल्ली जाँदै काठमाण्डौ – भारत सरकारको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि अर्को हप्ता जेठ १८ मा नयाँदिल्ली जाँदै हुनुहुन्छ । लामिछाने तीनदिने औपचारिक भ्रमणका लागि आउँदो सोमबार दिल्ली जान लाग्नुभएको हो । नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद र कूटनीतिक तनाव बढिरहेका बेला लामिछानेको...
Read more

कृषि उत्पादनको प्रवर्द्धनका लागि मागपत्र पेस

रत्ननगर । सामाजिक उद्यमी महिला सहकारीले उत्पादन गरेका कृषि सामग्रीको प्रवर्द्धन र बजारीकरणका लागि प्रदेश सरकारसमक्ष मागपत्र पेस गरिएको छ । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय समन्वय बैठक तथा अन्तर्क्रिया कार्यक्रममा कृषि उत्पादन र बजारीकरणलाई जोड दिएर मागपत्र पेस गरिएको हो । महिला तथा सामाजिक उद्यमी महिला सहकारीहरुका...
Read more

शक्तिशाली सरकारले ल्याउने बजेटमा मनोबल खस्किएको निजी क्षेत्रको मागका चाङ

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम चरणमा सरकार जुटेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनु पर्छ । त्यही अनुरुप अर्थमन्त्रालयले बजेट लेखनलाई अन्तिम चरण छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकता समेत संसदबाट पारित गरिसकेको छ । बजेटको सिद्धान्त तथा प्राथमिकतामा...
Read more

जनप्रतिनिधि र कर्मचारीबीचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

जनप्रतिनिधि र कर्मचारीबीचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन काठमाण्डौ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारीबीच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ । सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीच नीतिगत विषयमा विवाद हुने गरेको छ । जसका कारण समयमा निर्णय नहुने, बजेट...
Read more

किसानलाई दूधको दैनिक एक करोड भुक्तानी भइरहेको कृषि मन्त्री चौधरीको दाबी

किसानलाई दूधको दैनिक एक करोड भुक्तानी भइरहेको कृषि मन्त्री चौधरीको दाबी काठमाण्डौ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक एक करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको दाबी गर्नुभएको छ । पछिल्लो चार महिनाको झण्डै ५८ करोड बक्यौता दायित्वमध्ये अहिलेसम्म १२ करोड रकम भुक्तानी भइसकेको छ ।...
Read more

कर्णालीमा आर्थिक अराजकता बढ्दो !

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलले सार्वजनिक फोरममा ‘सुशासन कायम गर्ने र विधि बसाल्ने कुरामा अन्य प्रदेशले हामीबाट सिक्नुपर्छ’ भन्दै आएका छन् । उनी प्रदेशका कुनै ठुलो रणनीतिक आयोजना बनाउनेभन्दा पनि आन्तरिक गतिविधिलाई चुस्तदुरुस्त गराउनै अग्रसर पनि देखिन्छन् । हरेकजसो सार्वजनिक मञ्चमा आर्थिक अनुशासन कायम, विधिको पालना, चालु खर्च नियन्त्रणजस्ता कुरामा उनले जोड दिने गरे...
Read more

५१ अर्बको सिलिङभित्र कृषि बजेट : आधाभन्दा बढी मलमै, के छ नयाँ कार्यक्रम ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याउने बजेटमा कृषि क्षेत्रको बजेटलाई पनि चासोका साथ हेरिएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयको कृषि विभागले तयार पारेको प्रस्तावनाअनुसार आगामी वर्षको कृषि बजेट मुख्य रूपमा उत्पादन र उत्पादकत्व वृद्धि, व्यावसायिक आधुनिकीकरण र किसानहरूलाई प्रदान गरिने सहुलियतमा केन्द्रित हुने देखिन्छ । प्राप्त तथ्याङ्क अनुसार आगामी...
Read more
1 3 4 5 6 7 37

Trending News

Editor's Picks

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा काठमाण्डाै —   सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ । छानबिनका लागि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा समिति गठन गरेको थियो । कोरला नाकाबाट पैठारी...

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ काठमाण्डौ — काठमाण्डौमा श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा बस्ने ईश्वरी भुजेल र श्रीमान् ४२ वर्षीय थापाबीच घरायसी विवादका क्रममा झगडा भएको र थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा गएराति त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा...

अण्डाको भाउ फेरि बढ्यो

अण्डाको भाउ फेरि बढ्यो काठमाण्डौ — नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको भाउ फेरि बढाएको छ । सङ्घको काठमाण्डौमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ...

आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक (सूचीसहित)

आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक (सूचीसहित) काठमाण्डौ — शिक्षा तथा खेलकूद मन्त्रालयले आठवटा विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक भएको हो । उपकुलपति सिफारिस गर्न गठित समितिका अनुसार...

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज्ञप्ति निकालेर अवैध रुपमा ‘डाक्टर’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो । यसअघि काउन्सिलले जेठ ७ गते सूचना निकालेर गैरकानुनी रुपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०