"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने काठमाण्डाै – विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरू नेकपा (एमाले), नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले...
Read more

एनसिएफ को कोषाध्यक्ष पदमा रेभ. वीर बहादुर तामाङको उम्मेदवारी: वित्तीय पारदर्शिता, संस्थागत सुदृढीकरण र एकतामा जोड

१० जेष्ठ २०८३चितवन ।राष्ट्रिय मण्डली सङ्गति (एनसिएफ) नेपालको आगामी ६६ औं वार्षिक उत्सव तथा राष्ट्रिय अधिवेशनमा कोषाध्यक्ष पदका लागि रेभ. पास्टर वीर बहादुर तामाङले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि नेपाली मण्डली र सेवकाइमा सक्रिय रहँदै आउनुभएका तामाङ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका परिचित, परिपक्व र आदरणीय अगुवा हुनुहुन्छ।चितवन निवासी तामाङले एनसिएफ नेपालको जिल्ला, प्रदेश...
Read more

आरिया बनिन् ‘मिस सिनियर आइडल’, आकाङ्क्षालाई ‘मिस जुनियर आइडल’ अवार्ड

आरिया बनिन् ‘मिस सिनियर आइडल’, आकाङ्क्षालाई ‘मिस जुनियर आइडल’ अवार्ड काठमाण्डाै – स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस्टर एण्ड मिस सिनियर एण्ड जुनियर आइडल सिजन–३’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । काठमाण्डाैकाे तीनकुनेमा रहेकाे रोयल म्याजेस्टिक इभेन्ट्समा हिजाे आयोजित कार्यक्रममा विभिन्न विधाका विजेताको घोषणा भएको हो । प्रतियोगितामा ‘मिस सिनियर आइडल’ को अवार्ड आरिया खत्रीले जितिन्...
Read more

कर्मचारीको तलब बढ्ने निश्चित, श्रेणीको पुनर्संरचना अझै अन्योलमा

तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढ्ने निश्चित भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तलब वृद्धिको घोषणा गर्ने भएका हुन्। लामो समयदेखि कर्मचारीको तलब नबढेको तथा निजी क्षेत्रसँगको तुलनामा सरकारी सेवाप्रतिको आकर्षण घट्न थालेको भन्दै तलब तथा सुविधा बढाउन आवश्यक रहेको निष्कर्षमा बजेट टिम पुगेको हो। तलब बढाउनै पर्ने विषयमा...
Read more

एसियामा ऊर्जा संकटको आँधी र रुसी रणनीति

मे २०२६ पछि एसिया एकैसाथ उत्पन्न हुने अनेकौँ संकटहरूको केन्द्रबिन्दु बन्ने छ । हाल फिलिपिन्सले ऊर्जा आपूर्तिसम्बन्धी राष्ट्रिय संकटकाल घोषणा गरेको छ । अघिल्ला झट्काहरूबाट मुस्किलले उकासिन थालेको श्रीलङ्का अहिले, जहाँबाट भएपनि पेट्रोलियम लिने प्रयासमा छ । तर सबैको शर्त के छ भने पेट्रोलियम पदार्थ होर्मुज जलडमरुको नाकाबन्दीभन्दा बाहिरबाट आउनुपर्छ । हङकङ र सियोलका शेयर...
Read more

हप्ताको पहिलो कारोबार दिन आज सुनचाँदीको भाउ घट्यो

हप्ताको पहिलो कारोबार दिन आज सुनचाँदीको भाउ घट्यो काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन आज सुनको भाउ २ हजार ८०० रुपैयाँले घटेको छ ।  अस्ति शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँ रहेको सुनको भाउ आज २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
Read more

चिनियाँ इन्जिनियरहरूले पाकिस्तानमै गएर भारत विरूद्धको युद्धमा सघाएको खुलासा

गत वर्ष भारतसँग भएको युद्धका क्रममा पाकिस्तानलाई चीनले प्रत्यक्ष प्राविधिक सहयोग गरेको खुलासा भएको छ। पहलगाममा आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएपछि भारतले मे ७ मा पाकिस्तानमा हमला गरेको थियो। पाकिस्तानले जबाफी हमला गर्दा चिनियाँ इन्जिनियरहरू पाकिस्तानमै उपस्थित भएर लडाकू विमान परिचालनमा सहयोग गरेको खुलासा भएको हो। चीनको सरकारी सञ्चार संस्था साउथ...
Read more

अख्तियारमा उजुरी परे पनि विद्यार्थीलाई ल्यापटप !

रत्ननगर । गत वर्ष मावि गबैका २१ जना विद्यार्थीलाई ल्यापटप दिँदा खैरहनी वडा नं–१३ का वडाध्यक्ष कुलप्रसाद भूषालविरूद्ध अख्तियारमा उजुरी प¥यो । विद्यार्थीको आवश्यकता र कानुनसम्मत भएका कारण अख्तियारमा हालेको उजुरीले खासै असर गरेन । मुद्दा सजिलै टुङ्गियो । वडाध्यक्ष भूषालले गलत काम गरेका थिएनन्, खालि उनले गरेको उदाहरणीय काम रोक्ने प्रयास गरिएको थियो ।...
Read more

जाजरकोटमा पूर्वाधार विस्तार : दुई पुल शिलान्यास, लामतडा ट्रष्ट ब्रीज उद्‌घाटन 

काठमाडौँ — जाजरकोटमा एकैदिन दुईवटा सडक पुलको शिलान्याश भएको छ भने एक ट्रष्टब्रीज पुलको उद्‌घाटन भएको छ । शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले छेडागाड नगरपालिका–१० र ११ जोड्ने लम्ती खोला सडक पक्की पुल निर्माणको शिलान्यास गरेका छन् ।  यस्तै शिवालय गाउँपालिका–२ र ८ जोड्ने दुई पिपल सडक पुल निर्माणको पनि...
Read more

तेस्रो मुलुकबाट ल्याएर खानेतेल भारत पठाउँदै नेपाली उद्योग

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको वैदेशिक व्यापारमा खानेतेल आयात अस्वाभाविक रुपमा बढेको छ । भन्सार विभागको पछिल्लो विस्तृत तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) मा मात्रै नेपालले १ खर्ब ४५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको खाने तेल तथा तेलजन्य वस्तु आयात गरेको छ । विभागकाअनुसार यस अवधिमा कुल...
Read more
1 … 5 6 7 8 9 … 37

Trending News

Editor's Picks

आईपीयू महासभामा जलवायु विपद् सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित

काठमाण्डौ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रस्तुत गर्नुभएको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकको प्रस्ताव महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख...

मैले अरू कसैले नगरेकाे काम गरेकाे छु, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ । ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ...

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

चितवन,असोज २२- माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ...

चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सर्‍यो, १५ शय्याबाट सेवा सञ्चालन

चितवन,असोज २२ – इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा...

राप्ती नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई १० लाख रुपैयाँको ब्ल्याङ्केट सहयोग, १३ लाख रुपैया बराबर राहत कोषमा जम्मा

काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०