"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अख्तियारमा उजुरी परे पनि विद्यार्थीलाई ल्यापटप !

Table of Content

रत्ननगर । गत वर्ष मावि गबैका २१ जना विद्यार्थीलाई ल्यापटप दिँदा खैरहनी वडा नं–१३ का वडाध्यक्ष कुलप्रसाद भूषालविरूद्ध अख्तियारमा उजुरी प¥यो । विद्यार्थीको आवश्यकता र कानुनसम्मत भएका कारण अख्तियारमा हालेको उजुरीले खासै असर गरेन । मुद्दा सजिलै टुङ्गियो । वडाध्यक्ष भूषालले गलत काम गरेका थिएनन्, खालि उनले गरेको उदाहरणीय काम रोक्ने प्रयास गरिएको थियो । अख्तियारमा हालेको उजुरीले उनी रोकिएनन् ।

आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेटबाट शुक्रबार सोही विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने २५ जना विद्यार्थीलाई ल्यापटप प्रदान गरे । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र सूचना प्रविधिमा विद्यार्थीलाई अब्बल बनाउन वडाध्यक्ष भूषालले ल्यापटप वितरण गरेका हुन् । ‘समय सुहाउँदो शिक्षाका लागि सुरूवात गरिएको काम रोक्ने प्रयास गरियो’, उनले भने, ‘तर हाम्रो कदम सानातिना कुराले रोकिँदैन ।’ वडाको विनियोजित बजेटमध्ये १५ लाख ४८ हजार लगानीमा २५ वटा ल्यापटप वितरण गरिएको हो ।

विद्यालय प्राङ्गढमा आयोजित एक औपचारिक कार्यक्रमका बीच मेयर शशिकुमार खनियाँ र वडाध्यक्ष भूषालले विद्यालयका प्राचार्य ऋषिप्रसाद खनाललाई र सोपछि विद्यार्थीलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा मेयर खनियाँले शिक्षामा सूचना प्रविधिको प्रयोगसँग गरिब बस्तीमा गृहकार्य कक्षा, सिक्स टु सिक्स पढाइ, स्वयम्सेवक शिक्षक, दरबन्दी मिलानलाई प्राथमिकतामा राखेर काम गरेको बताए । स्थानीय र सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा आवश्यक लगानी बढाउँदा अनावश्यक राजनीतिक हस्तक्षेपले गुणस्तर सुधारमा समस्या परेको उनको भनाइ छ । शिक्षा क्षेत्रका २३ वटा अधिकार कानुन नबनेका कारण स्थानीय सरकारले प्रयोग गर्न नसकेको मेयर खनियाँले बताए । ‘शिक्षामा राम्रो गर्न खोजेका छौँ’, उनले भने, ‘कहिले मन्त्रीले रोक्छन्, कहिले कानुजले रोक्छ ।’

वडाध्यक्ष भूषालले प्रचारबाजीका लागि ल्यापटप वितरण गरेको नभई यो समयको माग भएको बताए । ‘प्रचारकाजीका लागि ल्यापटप दिएका होइनौँ’, उनले भने, ‘यो विद्यार्थीको आवश्यकताको साधन हो ।’ चालू आवमा वडाको बजेटबाट सोही विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको र त्यसका लागि ५० लाख विनियोजन गरेको वडाध्यक्ष भूषालले जानकारी दिए । सोही वडामा अवस्थित धर्मेश्वर आधारभूत विद्यालय र दिव्यज्योति आमाविलाई २÷२ लाख रूपैयाँ प्रदान गरिएको छ । वडाभित्रका सामुदायिक तथा सरकारी विद्यालयमा उच्च शिक्षा अध्ययन गर्ने १० जना विद्यार्थीलाई जनही २०÷२० हजारका दरले छात्रबृत्ति प्रदान गरेको वडाध्यक्ष भुषालले जानकारी दिए ।

प्रधानाध्यापक खनालले शिक्षाको गुणस्तर सुधार र उत्कृष्ट नतिजाका लागि आफूहरुले सक्दो प्रयास गरिरहेको र विद्यालयको प्रयासमा स्थानीय सरकार, सामुदायिक वन, मध्यवर्तीको सहयोग अनुकरणीय रहेको बताए । ‘हामीले दिनरात नभनी काम गरिरहेका छौँ’, उनले भने, ‘तर सामुदायिक विद्यालयका शिक्षकको हुर्मत लिन काम भइरहेको छ, यो बन्द हुनुपर्छ ।’

विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरप्रसाद खनालले सञ्चालन गरेको उक्त कार्यक्रममा बूढीराप्ती मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल चौधरी, वडा सदस्य जीवन कार्की, कुमरोज मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष भीमसेन थापालगायतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा आधारभूत तह उत्तीर्ण परीक्षामा चार जिपिए ल्याएका विश्वास भण्डारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...
timure_NidzBokBOe

रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ...
aagolagi_wvkld87PQt (1)

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०