"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

साविक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा

Table of Content

साविक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा

काठमाण्डौ – साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी फाइनलमा पुगेको हो । 

धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनाएको थियो । आरसीबीका कप्तान रजत पाटीदारले अविजित ९३ रन बनाए । विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रन बनाए । 

आरसीबीले दिएको २५५ रनको लक्ष्य पछयाएको गुजरात १९ ओभर ३ बलमा १६२ रनमा अलआउट भयो । पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको इलिमिनेटर विजेतासँग खेल्नेछ । गएको वर्ष पञ्जाबलाई हराउँदै आरसीबीले उपाधि जितेको थियो । 

आईपीएल क्रिकेटको इलिमिनेटरमा आज बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नारायणी पुलबाट हाम फालेका एक पुरूषको उपचारका क्रममा मृत्यु

चितवनको नारायणी पुलबाट हाम फालेका एक अज्ञात पुरूषको आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको छ।नाम, थर र ठेगाना नखुलेका अन्दाजी ५० वर्ष उमेरका एक पुरूषले नारायणी पुलबाट हाम फालेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् उद्धार टोली घटनास्थल पुगेको उद्धार गरेको थियो। प्रहरीले उद्धार गर्ने क्रममा गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि भरतपुर...

कुशल परेराले जनकपुर बाेल्ट्सबाट एनपीएल खेल्ने

काठमाण्डाै – श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको प्रतियोगिताका लागि परेरालाई अनुबन्ध गरेको जनकपुरले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ । ३६ वर्षीय कुशल परेराले ९५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार ३३५ रन बनाएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा २३८ खेलमा ५...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज विहान मौज्दात रकम  १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न...

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार

९ कात्तिक, काठमाडौं । सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् । प्रारम्भिक मतपरिणामअनुसार २५० सिट...

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

काठमाण्डाै – दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात चितवन जिल्लामा गठनभएको क्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो ।  क्लबमार्फत चितवन र त्यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०