"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

राप्ती । राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि राप्ती नदीमा गोहीको गुँड खोज्ने काम सुरु गरेको थियो । सोही समयमा ती गुँड भेटिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दुई जना बोटे समुदायका व्यक्तिलाई लगाएर गुँड खोजिएको हो । हरेक वर्ष चैतमा...
Read more

अमेरिकी सहायक विदेशमन्त्री कपुरद्वारा काठमाडौंमा राजनीतिक भेटघाट सुरु

काठमाडौं — ३ दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री सामीर पल कपुरले राजनीतिक दलका नेता तथा सरकारी अधिकारीसँग भेटघाट थालेका  छन् । गत १३ चैतमा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेयता काठमाडौं आउने उनी सबैभन्दा उच्च तहका विदेशी कूटनीतिज्ञ हुन् । काठमाडौंमा अवतरण गरेलगत्तै कपुरले काठमाडौंस्थित अमेरिकी दूतावासमा...
Read more

गृहमन्त्री सुधनले प्रधामन्त्रीलाई बुझाए लिखित स्पष्टीकरण

काठमाडौं । विवादित व्यक्तिसँग सेयरमा हिस्सेदारी गरेको प्रमाण बाहिरिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङसँग स्पष्टीकरण सोधेका छन् । बालेन सचिवालयका अनुसार उनलाई सोमबार बिहान लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको र गुरुङले स्पष्टीकरण समेत बुझाइसकेका छन् ।  सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको लगायत कारण देखाउँदै उनको राजीनामा माग गरिँदै आएको छ । यसैबीच उनलाई...
Read more

नयाँ ड्राइभिङ लाइसेन्समा किन राखिएन चिप ?

सकारले ट्रयाल पास भएको २४ घण्टाभित्र सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण गर्ने प्रणाली लागू गरेको छ । तर, अहिले प्रिन्ट भएर आएका लाइसेन्समा चिप छैन । सरकाले अहिले चिपको ठाउँमा क्यूआर कोड भएको लाइसेन्स विवरण गरेको छ । २४ घण्टाभित्रै लाइसेन्स वितरण गर्ने नाममा सरकारले चिपबिनाको लाइसेन्स वितरण गर्न थालेपछि त्यसको गुणस्तर र सरकारको नियतमाथि...
Read more

पर्यटकीय सिजनमा भारतीय र आन्तरिक पर्यटकको भरथेग

काठमाडौँ — पश्चिम एसिया तनावको असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । तेस्रो मुलुकबाट यहाँका प्रमुख गन्तव्यमा आउने तयारी गरिरहेका पर्यटकले धमाधम बुकिङ रद्द गर्न थालेका छन् । मुलुकमा प्रमुख पर्यटकीय गन्तव्य पोखरा र चितवनमा धेरै असर देखिएको छ । पोखराको एक मात्र पाँच तारे होटल पोखरा ग्रान्डमा यसअघिका वसन्त याममा ८० प्रतिशत ‘अक्युपेन्सी’ पुग्थ्यो । तर, युद्धको असरले...
Read more

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा आज सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनुपर्ने बताए । “कर्णालीमा विकट भूगोल भएकाले...
Read more

राप्ती बन्यो सडक मानबमुक्त नगर

राप्ती । चितवनको राप्ती नगरपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सहयोगापेक्षी सडक मानब मुक्त नगर घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले सो नगरलाई सडक मानब मुक्त नगर घोषणा गरेका हुन् । मानबसेवा आश्रम भरतपुरसंगको सहकार्यमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले मेयर शमशेर लामालाई राप्ती नगर सडक मानबमुक्त...
Read more

चेपाङ बाहुल्य क्षेत्रलाई नयाँ गाउँपालिका बनाउन प्रस्ताव

भरतपुर । मन्त्रीस्तरीय निर्णयअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ३ गते स्थानीय तहको सीमा र नाम हेरफेरसँगै थपघट तथा वर्गीकरणको पुनरावलोकन गर्न सकिने भन्दै सुझाव माग्यो । तीनदिने सूचना सार्वजनिक भएपछि नेपाल चेपाङ संघले चेपाङ बाहुल्य क्षेत्रलाई पहिचानका आधारमा नामकरण गर्नुपर्ने भन्दै तीन जिल्लाका केही वडालाई समायोजन गरेर छुट्टै गाउँपालिका बनाउन प्रस्ताव गरेको...
Read more

‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । ‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी आमउपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो । क्रुड आयलको मूल्यलाई आधार...
Read more
1 … 63 64 65 66 67 … 72

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०