"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीको ९ बुँदे निर्देशिका

Table of Content

‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीको ९ बुँदे निर्देशिका

काठमाण्डौ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारका लागि नौ बुँदे निर्देशिका जारी गर्नुभएको छ । 

निर्देशिकामा विगत पाँच वर्षको दूध सङ्कलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आम्दानी खर्चको यथार्थ विवरण १५ दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको मासिक विवरण अर्को महिनाको सात दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ । 

संस्थानले असुलउपर गर्नुपर्ने बक्यौता रकम प्रचलित कानुनबमोजिम असुलउपर गरी एक महिनाभित्र मन्त्रालयलाई जानकारी दिन निर्देशन दिँदै दूध सङ्कलनदेखि दुग्ध पदार्थ बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्थालगायत संस्थानबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको शासकीय सुधारका एक सय बुँदे कार्यसूचीबमोजिम तीन महिनाभित्र विद्युतीय अभिलेखमा आबद्ध गर्न निर्देशन दिइएको छ । 

यस्तै, संस्थानमा कार्यरत सबै प्रकारका कर्मचारी र कामदारको अनिवार्य विद्युतीय हाजिरी गराउने र त्यस्तो विद्युतीय हाजिरीबाट प्रमाणित भएको अवस्थामा मात्र नियमित र बढी समयका लागि गरिने भुक्तानी प्रदान गर्न र प्रचलित कानुनले तोके बमोजिमको सुविधा मात्र दिने प्रबन्ध मिलाउन, कर्मचारी तथा कामदारका लागि आचारसंहिता जारी गरी कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ ।

संस्थानको भौतिक सम्पत्तिको लगत अद्यावधिक गरी त्यसको व्यावसायिक योजना बनाउन,  प्रत्येक कर्मचारीलाई लक्ष्यसहित कार्यसम्पादन विवरण दिने व्यवस्था तथा कार्य विवरणबमोजिम मूल्याङ्कनको सूचकाङ्क तयार गरी मूल्याङ्कन हुने व्यवस्था गर्न र मुख्य कार्यसम्पादन सूचक दिई कार्य जिम्मेवारी तोक्न पनि निर्देशन दिइएको छ । 

निर्देशिकामा संस्थानले आफूले गर्ने र अरूबाट गराउने कामको सूची तथा कार्यसम्पादनको ‘फ्लो’ र प्रक्रिया अभिलेखाङ्कित गरी ‘बिजनेस प्रोसेस रि-इन्जिनियरिङ’ तयार गरी सुधारको विवरण मन्त्रालयमा पठाउन भनिएको छ । यस्तै, दुग्ध विकास संस्थानअन्तर्गतका प्रत्येक वितरण आयोजना तथा उत्पादन केन्द्र प्रमुखलगायत कार्यरत कर्मचारीलाई संस्थान नाफामा रहने गरी दूध सङ्कलन तथा दुग्ध पदार्थको बिक्री वितरणसम्बन्धी कारोबारको लक्ष्य दिई सोही आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सर्वोच्चको पूर्ण बैठकको ५ बुँदे निर्णय सार्वजनिक

काठमाडौं ।  सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले विभिन्न ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षणसहित सर्वोच्च प्रशासनले विज्ञप्तिमार्फत ५ बुँदे निर्णय सार्वजनिक गरेको हो ।  जसमा प्रकाशित तथा प्रसारित विषयमा निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरी सत्यतथ्यसहितको...

मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणको सिन्डिकेटले नयाँ कामदार जाने प्रक्रिया अवरुद्ध

काठमाडौँ । मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण असोज १५ देखि रोकिएको छ । स्वास्थ्य परीक्षण रोकिएपछि मलेसियाको भिसा जारी हुन नसकेको व्यवसायीले बताएका छन् । उनीहरुका अनुसार अहिले पनि निरन्तर रुपमा मलेसियामा श्रमिक गइरहेका छन्, तर मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टममा नेपालका २५ म्यानपावर कम्पनीलाई प्रमुख र २५० कम्पनीलाई सहायकका रुपमा छनोट...

स्कार्पियोमा गाँजा लोड गर्दै गर्दा पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय रामसागर कुमार यादव (बा.१ च ५०३८ नम्बरका गाडी चालक), सप्तरीकै राजगढ...

विगतमा दबाबको अस्त्र, अहिले आचरणको प्रश्न : महाभियोगको इतिहास र नयाँ विवाद

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा थुनामा रहेका बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयालको नाम जोडिएर विवरणहरू सार्वजनिक भएपछि महाभियोगसम्मको विषय अहिले चर्चामा आइरहेको छ । विचाराधीन मुद्दामा भएको संवाद, आर्थिक लेनदेनका नोट र भेटवार्ताका विवरणले न्यायालयको स्वच्छतामाथि प्रश्नमात्र उठाएको छैन, विगतदेखि नै न्यायालयलाई दबाबमा राख्न प्रयोग...

रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !

सुर्खेत । डोल्पा कारागारमा १५ जना सुरक्षाकर्मीले सुरक्षा दिँदा पनि ४ मिटर लामो सुरुङ खनेर ८ जना कैदीले ‘जेलब्रेक’ गरेको घटनाले सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । यति ठुलो सुरक्षाका बिचमा ८ जना कैदीबन्दीले सुरुङ खनेर भाग्दा पनि सुरक्षा अधिकारीले कुनै चाल नपाएको बताएका छन् । १७ मध्ये ९ जना कैदीबन्दी कारागारमै...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०