"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकी घोषणामा राष्ट्रसंघको स्वागत

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गर्नु भएको छ ।  महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको समय थप गर्दा इरान र अमेरिकाबीच कूटनीति विश्वास निर्माणका लागि महत्त्वपूर्ण स्थान सिर्जना गर्ने बताउनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्थायी रूपमा द्वन्द्व अन्त्य गर्ने प्रस्ताव पेस...
Read more

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन आह्वान गर्नुभएकाे छ । मन्त्रिपरिषद्काे वैशाख ८ गतेकाे सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते दिउँसाे २ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएकाे हाे ।
Read more

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गरेको छ ।  लखनउको एकाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो । जवाफमा लखनउ १८ ओभरमै ११९ रनमा समेटिँदै पराजित भयो । राजस्थानका लागि रवीन्द्र जडेजाले...
Read more

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

काठमाण्डौ – सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले काम थालेको छ । देशमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ गठित आयोगले केशरमहलमा रहेको कार्यालयबाट हिजोदेखि औपचारिक रूपमा काम थालेको हो ।  गएको २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । जाँचबुझ ऐन २०२६ बमोजिम...
Read more

सुदनलाई भित्र्याउँदै हर्क : वरिष्ठ नेता र कोसीको मुख्यमन्त्री दिने वचन

केही समयअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदबाट राजीनामा दिएका सुदन किरातीले बुधबार साधारण सदस्य समेत त्याग गरे। उनले राजीनामा दिनुको कारण खुलाएका छैनन्, न त आगामी यात्राबारे नै केही  भनेका छन्।  तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारी साथ उनले राजीनामा दिएको सुदननिकट नेताहरूको भनाइ छ। हर्कले सुदनलाई पार्टीको वरिष्ठ नेता बनाउने...
Read more

लुम्बिनी प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

लुम्बिनी प्रदेशसभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेशसभाको सातौँ अधिवेशनको १५औँ बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विधेयकमाथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत...
Read more

चाैतर्फी आलाेचनापछि गृहमन्त्री गुरुङकाे राजीनामा

काठमाण्डाै – गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । लगानीका विषयमा विवाद भएर चौतर्फी आलोचना भएपछि गुरुङको राजीनामा आएको हो । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेख्दै राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्, पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू...
Read more

दीप प्रज्वलन गरी शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु

भरतपुर । नेशनल क्याम्पियन फर एजुकेसन (एनसिई) नेपाल र गैर सरकारी संस्था महासंघ नेपाल चितवन शाखाले मंगलबार दीप प्रज्ज्वलन गरी शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु गरेको छ । भरतपुर चौबिसकोठीमा दीप प्रज्वलन गरी सप्ताह सुरु भएको घोषणा एनसिई नेपालका संयोजक तथा गैसस महासंघ चितवनका अध्यक्ष रामचन्द्र आचार्यले गरेका थिए । उनका अनुसार सप्ताह कार्यक्रम...
Read more

स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार

तेहरान । इरानले स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार गरेको छ । यूके मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) का अनुसार इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी) को ‘गन बोट’ ले स्ट्रेट अफ होर्मुज भएर गइरहेको एउटा कन्टेनर जहाजमाथि गोली प्रहार गरेको हो ।  रोयल नेभीको नेतृत्वमा सञ्चालित यूकेएमटीओले जनाएको अनुसार उक्त घटना ओमानको उत्तर–पूर्वतर्फ करिब १५ नटिकल...
Read more

१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै

नेकपा एमालेले नेपाल कम्युनिष्टको पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गर्दैछ।  ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार दिउँसो २ बजे हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।  गत भदौ२३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा चैत...
Read more
1 … 61 62 63 64 65 … 72

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०