"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एसपी गोविन्द पुरीको चितवन ‘कमान्ड’ : हनी ट्रयापरदेखि क्रिप्टोसम्मका आरोपित पक्राउ

Table of Content

भरतपुर । चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी सरूवा भएका छन् । बुधबार बिदा भएका उनको ठाउँमा अर्का एसपी रामेश्वर पौडेल आएका छन् ।

एसपी पुरीले आफ्नो कार्यकालमा चितवन जिल्लामा रहँदा हनी ट्रयापर, क्रिप्टो करेन्सी कारोबारी, लागूऔषध नियन्त्रण, हत्या घटनाका फरार आरोपित पक्राउजस्ता घटनामा उल्लेखनीय काम गरेको देखिन्छ । लागूऔषध नियन्त्रणमा उनको विशेष पहल रह्यो । सबैजसो घटनाका अनुसन्धानमा सफलता मिलेको उनी बताउँछन् ।

उनको कार्यकालमा लागूऔषध तर्फमात्रै २१६ मुद्दा दर्ता भएका छन् । जसमा ३५८ जना पक्राउ परेका छन् । उनको कार्यकालमा १ हजार ५४१ केजी गाँजा, चरेस ३०९ ग्राम, खैरो हिरोइन ३९१ ग्राम, डाइजेपाम ४९१ क्याप्सुल, फेनारगन ४७८ एम्पुल, नुर्फिन ५०१ एम्पुल, नाइट्राभेट ३५१ ट्याब, कोरेक्स २३६ बोतल, ट्रमाडोल ४२ हजार ६९९ क्याप्सुल, एनारगन १ हजार ९२२ क्याप्सुल, भोमिन १ हजार ६०९ क्याप्सुल बरामद गरिएको छ । त्यस्तै, ३ बिगाह १५ कट्ठा गाँजा र १३ बिगाह ४० कट्ठा अफिम फडानी भएको छ ।

राप्ती नगरपालिका–१ बाट ६७१ केजी गाँजा बरामद गरी व्यपारीसमेतलाई पक्राउ गरिएको थियो । भदौ ३ गते पारस बसपार्कस्थित न्यू धौलागिरि थकाली खाजा घरबाट ट्रमाडोल १७ हजार ४०० क्याप्सुलसहित ७ जना पक्राउ परेका थिए । मङ्सिर २३ गते ४ जनालाई लागूऔषध खैरो हेरोइन १४१.५९ ग्रामसहित पक्राउ गर्न सफल भएका थिए । पुस २१ गते राप्ती–११ बाट लागूऔषध गाँजा १२४ केजी फेलापारी २ जना पक्राउ गरिएको थियो । फागुन ३० गते लागूऔषध खैरो हेरोइनजस्तो पदार्थ ४० ग्राम ३७ मिलिग्राम र नगद रूपैयाँ ३१ हजारसहित ३ जना पक्राउ, वैशाख ३० गते राप्ती–११, आँपपानीबाट लागूऔषध गाँजा १२६ केजीसहित बोलेरो गाडी नियन्त्रणमा लिएको एसपी पुरीले बताए ।

गत भदौ ६ गते सुन १४५.६ ग्राम, स्रोत नखुलेको नगद नौ लाखसहित १ जना भारतीय र १ नेपाली पक्राउ गरीराजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो । त्यस्तै,असोज २१ गते बिहानको समयमा भरतपुर–५, कल्याणपुरमा पैदलयात्री वर्ष ६० का कृष्णप्रसाद कँडेललाई ठक्कर दिई फरार मोटरसाइकाल चालक ४९औँ दिनमा काठमाडौँमा पक्राउ परेका थिए । फरार व्यक्तिलाई पक्रन स्थानीयले निरन्तर दबाब दिएका थिए ।

एसपी पुरीका अनुसार असोज २८ गते ठगी आरोपमा पक्राउ परेका विश्व ज्योति खवासको २४ करोड ७५ लाख रूपैयाँको सम्पत्ति शुद्धीकरण गरेको कसुरमा मुद्दा चलाइएको छ । चैत ९ गते व्यक्तिको नागरिकता तथा राष्ट्रिय परिचयपत्रसमेत किर्ते गरी तयार पारिएको कागजातहरुबाट बैंक खाता खोली, अन्य व्यक्तिहरुलाई ललाइफकाइ प्रलोभनमा पारी बैंक खाताहरु लिई २ करोड ५४ लाख ५२ हजारबराबरको क्रिप्टो कारोबार गर्ने ३ जनालाई पक्राउ गरिएको उनले बताए ।

भरतपुरका एक पुरूषलाई हनी ट्रयापमा पारी कालिका नगरपालिकामा बोलाई चैत १ गते नियन्त्रणमा लिई मुद्दा चलाइएको छ । अनुचित लेनदेन कसुरमा एक प्रतिवादीलाई पक्राउ गरी ८२ करोड ६४ लाख ७१ हजार रूपैयाँ सम्पत्ति शुुद्धीकरणमा अनुसन्धान भएको एसपी पुरीको भनाइ छ ।

त्यस्तै, रत्ननगर–४ बस्ने वर्ष ६३ की सुकमाया देवी तामाङको पुस २६ गते हत्या भएकोमा आरोपितहरु ५ जनालाई पक्राउ गरिएको थियो । हत्या गरी १५ लाख ३६ हजार नगदसहितका गहना डाँका मारिएको थियो । आरोपित पक्रन चुनौतीको काम भए पनि आफूहरुले छिटै सफलता हात पारेको एसपी पुरीले बताए ।

गत वैशाख २२ गते भरतपुर–४ स्थित सम्भव अटो पसलमा काम गर्ने जिल्ला रुपन्देही सैनामैना नगरपालिका–६ बस्ने वर्ष ३० को आशिष खनाललाई धारिलो हतियार प्रहार गरी फरार भएका वर्ष २७ को कृष्णबहादुर खड्कालाई वैशाख २७ गते पोखराबाट पक्राउ गरिएको छ । खड्कालाई लुकाउन सहयोग गर्ने वर्ष २८ को सम्राट गुरूङलाई समेत फेला पारी पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । उनीहरु दुवैजना हाल प्रहरीको अनुसन्धानमै रहेका छन् ।

पुस १२ गते कालिका–९ बस्ने जिल्ला कारागार भरतपुरबाट जेनजी आन्दोलनको क्रममा फरार रहेको गैँडा मारी खाग बिक्री गरेको मुद्दाका आरोपित तारा चेपाङलाई पक्राउ गरी कारागारमा बुझाइएको छ ।

त्यस्तै, माघ २४ गते माडी–७, देवेन्द्रपुर बस्ने वर्ष २४ को सूर्यबहादुर गुरूङलाई पेस्तोलसहित पक्राउ गर्न सफल भएको एसपी पुरीले बताए । आफ्नो कार्यकालमा फैसला कार्यान्वयनतर्फ ७०४ जना पक्राउ गरी १०४ वर्ष ३ महिना ७ दिन कैद असुल गरिएको र जरिवाना ५ करोड ७७ लाख ८ हजार सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०