"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन वीरगञ्ज महानगरको अनुरोध

काठमाण्डौ – पर्साको वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन पुगेका र देशको अन्य भागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ ।  वीरगञ्ज महानगर प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्णले सडक विस्तारबाट भूमिहीन बनेकाहरूले एक महिनाभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउन सक्ने बताउनुभयो ।  डिभिजन सडक हेटौँडाले...
Read more

गोरखा भूकम्पको ११ वर्ष, अझै पाउन सकेनन् दलितले व्यवस्थित घर

काठमाडौँ, वैशाख १२ – खोल्साको छेउमा रहेको सानो बस्ती, झुत्रा त्रिपालले ढाकिएका जीर्ण टहरा र अस्तव्यस्त जीवन। होचो र साँघुरो टहराभित्र धुवाँले कालाम्य भएका भित्ताहरू, छानो र त्यही धुवाँबीच छरिएका सामानहरू। जस्ताको पाताले बारेर दुई भाग लगाइएको सानो टहरोमा न झ्याल छ, न त राम्रो ढोका—एक खापा भएको जस्ताको ढोका पनि जीर्ण अवस्थामा छ। प्रहरी...
Read more

बकुलहर रत्ननगर अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : मौखिक तीन बुँदे सहमतिपछि पीडित परिवारले शव उठाउँदै

भरतपुर । बकुलहर रत्ननगर अस्पतालमा सुत्केरीको मृत्युको विषयलाई लिएर पीडित परिवार र प्रशासनबीच भएको वार्ता सहमतिमा टुङ्गो लागेको छ ।रत्ननगर नगरपालिका वडा नं. ४ की २७ वर्षिया अस्मिता तामाङ विकको बिहीबार राती मृत्यु भएको थियो । पीडित परिवारले ‘चिकित्सकको लापरबाही’ भन्दै अस्पतालमा विरोध गरेका थिए । विरोधपछि अस्पतालमा केही समय तनाव सिर्जना भएको थियो ।...
Read more

बैंकमा अधिक तरलता, आज एकैदिन एक खर्ब २० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाणडौ – बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज एकैदिन एक खर्ब २० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ ।  १९ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत एक खर्ब २० अर्ब रकम खिच्न लागेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल तथा निष्कासन सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३...
Read more

व्यवसायीलाई धरपकड गरेको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनको गम्भीर ध्यानाकर्षण

काठमाण्डौ – उद्यमी व्यवसायीप्रति भइरहेको धरपकड र थुनछेकले निरुत्साहित भएको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।  नयाँ सरकार गठनपछि देशमा स्थिरता र...
Read more

विश्वकै सर्वाधिक प्रदूषित शहर बन्यो काठमाडौं, एक्यूआई २०० भन्दा माथि

काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित प्रमुख शहरको सूचीमा पहिलो नम्बरमा परेको छ । विश्वका प्रमुख सय शहरमा काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ । आईक्यूएयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स २१० छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो ।  एक्यूआई १०१ देखि १५० को...
Read more

‘धरतीको नर्क’: ट्रम्पले भारतको बारेमा ‘विवादास्पद’ पोस्ट सेयर गरेपछि तीव्र आलोचना

ठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूढीवादी लेखक तथा रेडियो प्रस्तोता माइकल सेभेजको जन्मसिद्ध नागरिकतासम्बन्धी विवादास्पद सन्देश सेयर गरेका छन्। यसमा सेभेजले वर्तमान कानुनले आप्रवासीहरूलाई गर्भावस्थाको “नवौँ महिना” मा अमेरिका पुगेर स्थानीय कानुनको फाइदा उठाउन अनुमति दिएको दाबी गरेका छन्। ट्रम्पले सेयर गरेको सेभेजको भनाइमा लेखिएको छ, “यहाँ जन्मिएको बच्चा तुरुन्त नागरिक बन्छ र त्यसपछि उनीहरू...
Read more

पत्रकार आचारसंहिता उल्लङ्घन बढेपछि प्रेस काउन्सिलको चेतावनी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीको अनुगमन गर्दै पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। प्रेस काउन्सिल नेपाललले शुक्रबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनहरूमा पत्रकार आचारसंहिताविपरीत उजुरी तथा जनगुनासो बढिरहेको उल्लेख गरिएको छ। काउन्सिलका अनुसार यस्ता उजुरीहरूमा तथ्यहीन, अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्ने प्रवृत्ति देखिएको छ । काउन्सिलले...
Read more

क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गरेर मात्रै सुकुम्वासी बस्ती खाली गराउन हर्क साम्पाङको सुझाव

क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गरेर मात्रै सुकुम्वासी बस्ती खाली गराउन हर्क साम्पाङको सुझाव काठमाण्डौ – सरकारले भोलि र पर्सि थापाथलीमा क्षेत्रको नदी अतिक्रमित बस्ती हटाउने तयारी गरेपछि त्यसको विरोध भइरहेको छ । अधिकारकर्मीसँगै विभिन्न दल र नवयुवाहरूले समेत सुकुम्वासी बस्ती हटाउने तयारीको विरोध गरेका हुन् ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति निकालेर सुकुम्वासी...
Read more

इजरायल–लेबनान युद्धविराम तीन हप्ताका लागि थप

इजरायल–लेबनान युद्धविराम तीन हप्ताका लागि थप काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविरामको अवधि थप तीन हप्ताका लागि बढाइएको घोषणा गरेका गर्नुभएको छ ।  ह्वाइट हाउसमा भएको वार्तापछि ट्रम्पले यस्तो निर्णय गर्नुभएको बीबीसीले जनाएको छ । उपराष्ट्रपति जेडी भान्सले यस ३ हप्ते विस्तारलाई एक महत्त्वपूर्ण र ऐतिहासिक क्षण भन्नुभएको छ । यो...
Read more
1 … 59 60 61 62 63 … 72

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०