"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

दुर्गा प्रसाईंविरुद्ध फेरि मुद्दा दायर, ५ वर्ष जेल सजायको माग

काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन’ सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । सरकारी वकिलको कार्यालयले प्रसाईंलाई विद्युतीय माध्यमबाट भ्रामक र उत्तेजक अभिव्यक्ति फैलाएको अभियोगमा ५ वर्षसम्मको कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गर्दै मंगलबार अदालतमा अभियोगपत्र दर्ता गरेको हो । के हो आरोप ?...
Read more

नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु

काठमाण्डौ – नेपाल ‘ए’ र ओमानबीच दुई खेलको एक दिवसीय शृङ्खला अन्तर्गत पहिलो खेल शुरु भएको छ ।  मूलपानी क्रिकेट मैदानमा खेल साढे ९ बजेदेखि शुरु भएको हो । ओमानले टस जितेर पहिला ब्याटिङ थालेको छ । दुई टोलीबीचको दोस्रो खेल पर्सि शुक्रबार हुनेछ ।  नेपाल क्रिकेट संघ (क्यान)ले ओमानसँगको एक दिवसीय श्रृंखलाका लागि अनिलकुमार...
Read more

आज सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको हो ।  हिजो तोलाको तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तीन लाख ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  त्यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले घटेको छ । हिजो तोलाको...
Read more

एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध संयुक्त उपक्रमहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको छ ।...
Read more

अनधिकृत सामाजिक सञ्जाल पेज हटाउन स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा सञ्चालन भइरहेका अनधिकृत पेज तथा समूहप्रति ध्यानाकर्षण भएको जनाएको छ। बोर्डका अनुसार Facebook, TikTok र YouTube लगायतका प्लेटफर्ममा गलत र भ्रामक सूचना फैलाउने यस्ता पेजहरूले सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेका छन्। बोर्डले सम्बन्धित व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र त्यस्ता पेज तथा...
Read more

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत,  वैशाख ९- तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ । कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधनआवत जावत बन्द गरिएको हो जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले यही वैशाख १० गतेदेखि ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । उक्त खण्डको झन्डै तीन किलोमिटर सडक...
Read more

गर्भवती मृत्यु प्रकरणः डा. खत्री र रुपाखेतीसहित ५ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा बुटवलका दुई चर्चित चिकित्सकसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री, इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेती, सोही क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती...
Read more

सिजीले नयाँ अत्याधुनिक डेजर्ट कुलर सिरिज ल्यायो, गर्मीमा शीतलता र आरामको वाचा

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले यस वर्षको प्रचण्ड गर्मीलाई लक्षित गरी आफ्नो डेजर्ट कुलर श्रेणीमा अहिलेसम्मकै अत्याधुनिक र शक्तिशाली रेन्ज रोस्टलाइन बजारमा ल्याएको छ । कम्पनीको नयाँ वार्षिक अभियानअन्तर्गत सार्वजनिक गरिएको यो नयाँ सिरिजले नेपाली उपभोक्तालाई गर्मीको कष्टबाट राहत दिँदै एक आरामदायी र शीतल जीवनको अनुभव गराउने लक्ष्य राखेको छ । सीजीले यस...
Read more

चितवनमा पाँच दिने ‘अटो शो’ आयोजना, ५० करोडको कारोबार र १० हजार दर्शकको अपेक्षा

भरतपुर । चितवनको भरतपुरमा आगामी वैशाख १७ गतेदेखि हुने ‘चितवन अटो शो’मा ५० करोडको कारोबार हुने प्रक्षेपण गरिएको छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा पाँच दिनसम्म हुने अटो शो हुन लागेको हो । भरतपुर प्रदर्शनी केन्द्रमा आयोजना हुने अटो शो वैशाख २१ गतेसम्म चल्ने अटो शोका संयोजक राजन पियाले...
Read more

जलदेवी सामुदायिक वनको नेतृत्वमा निर्वाचन : अध्यक्षमा श्रेष्ठ निर्वाचित

भरतपुर । जलदेवी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मिन्द्राकुमारी श्रेष्ठ निर्वाचित भएकी छिन् । आइतबार राति सम्पन्न मतदानबाट ४५२ मतसहित अध्यक्षमा श्रेष्ठ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी ऋषिकेष अर्यालले ४०७ मत प्राप्त गरे । नयाँ समितिको उपाध्यक्षमा गोविन्द गुरूङलाई पछि पार्दै भेषनाथ चौलागाईँले विजय हासिल गरेका छन् । चौलागाईँले ५०१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गुरूङले...
Read more
1 … 62 63 64 65 66 … 72

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०