"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रत्ननगरमा शैक्षिक बहस : आइतबार स्कुल चलाउने कि बिहान चाँडै खोल्ने ?

Table of Content

रत्ननगर । रत्ननगर नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । शनिबार र आइतबार बिदा गर्दा कोर्स नभ्याइने अवस्थालाई मध्यनजर गरी रत्ननगर नगरपालिकाले समय अवधि बढाउन लागेको हो ।

रत्ननगरका संस्थागत विद्यालयले गत आइतबार पठनपाठन सुरू गरेपछि सङ्कटमा परेका सामुदायिक विद्यालयलाई जोगाउन शिक्षण कार्य समय बढाउन बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय खोल्ने निर्णयमा पुगिएको मेयर प्रलाद सापकोटाले बताए । ‘दैनिक एक घन्टा बढाउँदा एकदिनको समय हुन्छ’, उनले भने, ‘यसो गर्दा कोर्स पूरा गर्न सकिन्छ ।’

मेयर सापकोटाले बिहान ९ बजेदेखि विद्यालय सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गरिने बताए । आइतबार विद्यालय खोल्ने पक्षमा स्थानीय सरकार रहे पनि केन्द्र सरकारको निर्णय र प्रधानाध्यापकहरुको मनोकाङ्क्षा बुझेर बिहान ९ बजेबाट विद्यालय खुल्ला गर्ने तयारी गरिएको उनको भनाइ छ ।

सामुदायिक विद्यालयले आइतबार पढाउन सुरू गरेपछि उत्पन्न परिस्थितिको समाधान खोज्न बुधबार आयोजित कार्यक्रममा उपमेयर यादवप्रसाद पाठकले सामुदायिक विद्यालयका प्रधानाध्यापक नै आइतबार पढाउन इच्छुक नभएपछि अब बिहान ९ बजेबाट विद्यालय सञ्चालन गर्ने तयारी गरिएको बताए । ‘सरकारी निर्णय मान्दैनौँ भन्ने अवस्था पनि छैन’, उनले भने, ‘विकल्प भनेको एक घन्टा पहिला विद्यालय खोल्ने हो ।’

प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले आइतबार विद्यालय खोल्ने विषयमा आफू सकारात्मक नै रहेको बताए । ‘सरकारी निर्णय मान्दैनौँ भन्न सकिँदैन’, उनले भने, ‘शिक्षकहरु तयार भए स्थानीय सरकारले विद्यालय खोल्न सक्छ ।’

तर, प्याब्सन रत्ननगरले भने सरकारले निर्णय सच्याएर आइतबार विद्यालय सञ्चालन गर्नुपर्ने अडान लिएको छ । देशका अन्य पालिकाहरुमा आइतबार पढाइ सुरू भइसकेको भन्दै प्याब्सन रत्ननगरका अध्यक्ष भुवन थापाले रत्ननगरमा पनि आइतबार पढाइ सुरू गर्नुपर्ने बताए । ‘स्थानीय सरकारले आइतबार पढाउने निर्णय गर्नुपर्छ’, उनले भने, ‘शिक्षालाई ख्याल–ख्याल सोच्न हुँदैन ।’

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु भने आइतबार विद्यालय खोल्न नहुने पक्षमा उभिएका छन् । मावि चित्रसारीका प्रधानाध्यापक विष्णु कट्टेलले केन्द्र सरकारको निर्णय शिरोपर गर्नुपर्ने बताए । ‘सरकारको निर्णय लत्याउन हुँदैन’, उनले भने, ‘आइतबार विद्यालय खोल्न हुँदैन ।’

बैरिया माविका प्रधानाध्यापक युवराज शर्मा पौडेल, माधवपुर माविका प्रधानाध्यापक रमेश भट्ट, आधारभूत विद्यालय बेल्सीका प्रधानाध्यापक रामचन्द्र महतो, पञ्चदीप आधारभूत विद्यालयका प्रधानाध्यापक तिलक कुँवर, आधारभूत विद्यालय नमुना टोलका प्रधानाध्यापक बसन्त पौडेलले केन्द्र सरकारबाट अप्ठ्यारो नपर्ने गरी स्थानीय सरकारले विकल्प खोज्नुपर्नेमा जोड दिएका थिए ।

सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु आइतबार विद्यालय सञ्चालन गर्ने विषयमा सकारात्मक नहुनु दुःखद रहेको बताए । संस्थागत विद्यालयले स्थानीय सरकारसँग समन्वय गरेरमात्रै आइतबार विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०