"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल केही दिनयता विक्षिप्तजस्तै देखिए

Table of Content

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल केही दिनयता विक्षिप्तजस्तै देखिएकी छन् ।

उनले आफ्नो प्रत्यक्ष सरोकार जोडिएको विषयमा सर्वोच्च प्रशासनलाई आदेश दिइन् । मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिको प्रक्रिया रोक्नुपर्ने माग गरिएको निवेदन दर्ता गर्न उनले दिएको आदेश सर्वोच्च प्रशासनले नै कार्यान्वयनयोग्य ठानेन । कुनै पनि कर्मचारीले उनको आदेश नटेरेपछि त्यो कागजको खोस्टोमा परिणत भयो । 

यसअघि उनले कानुन दिवसका दिन प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै सार्वजनिक रुपमै आक्रोश पोखिसकेकी थिइन् । उनले त्यस दिन न्यायाधीशहरुलाई विद्रोह गर्न आह्वान गरेकी थिइन् । तर उनको आह्वान कसैले सुनेन । उनको त्यो आक्रोश पनि अरण्यरोदनमा परिणत भयो । 

उनको योजना थियो कि संवैधानिक परिषद्ले अघि बढाएको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतबाटै आदेश गरेर रोक्ने । अनि आफ्ना लागि अनुकूल वातावरण नबनेसम्म उक्त आदेश कायम राख्ने । उस्तै परे वरिष्ठताका आधारमा मात्र प्रधानन्यायाधीश नियुक्त गर्न भनेर परमादेश जारी गर्ने । यो योजनामा विफल भएपछि उनी विक्षिप्त भएकी हुन् । 

त्यसो त शर्मालाई संवैधानिक परिषद्ले सिफारिस गरेकै भोलिपल्ट उनले सर्वोच्च अदालतमा भनाभन गरेकी थिइन् । मानौँ कि यो सम्पूर्ण प्रक्रियाको दोषी शर्मा हुन् ।

उनले यति पनि हेक्का राखिनन् कि शर्मा वा अरु जोकोही न्यायाधीश भए पनि आफूले चाहेर मात्र प्रधानन्यायाधीश हुन सक्ने अवस्था थिएन । दुई तिहाइको चुनावी जनमत र गत भदौमा भएको युवा आन्दोलनको शक्तिसहित सत्तामा आएका बालेन्द्र शाहको चाहना र योजनामा यो सबै भएको हो । शर्माको ठाउँमा अर्को कोही गैरराजनीतिक र निर्विवाद न्यायाधीश हुन्थे भने पनि उनले प्रधानन्यायाधीशको अवसर पाउँथे । मल्लसँगै कुमार रेग्मी र हरि फुयालको ठाउँमा अरु कोही पार्टी कोटाका न्यायाधीश हुन्थे भने पनि उनी छुटाइन्थ्यो । यो यथार्थ मनन नगरेसम्म विक्षिप्तता थप बढ्दै जानेछ । 

मल्लले आफूलाई सर्वोच्चमा बस्न हुने गरी कुनै ठाउँ राखेकी छैनन् । हुनेवाला प्रधानन्यायाधीशसँग मुखमुखै लागिन् । शर्मालाई रोक्न अनेकन तिकडम गरिन् । राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्ति गुहारिन् । आफैले प्रशासनिक पर्चा उठाएर न्यायिक प्रकृतिको आदेश जारी जारी गरिन् । ती कुनै पनि हतकण्डा काम नलागेपछि २० दिनको बिदा लेखेर भागिन् । आफ्नो बिदा आफैँ स्वीकृत गरेर हिँडेकी उनी संवैधानिक प्रक्रिया पूरा गरेर आएका नयाँ प्रधानन्यायाधीशको स्वागतमा पनि उपस्थित भइनन् । 
उनले यसरी आफ्नै क्रियाकलापबाट पनि प्रधानन्यायाधीशका लागि मात्र होइन, अब न्यायाधीशकै रुपमा रहन समेत अयोग्य रहेको प्रमाणित गरिसकेकी छन् । आफ्ना हकमा पार्टीले सिफारिस गर्दा पनि ठिक । अरुलाई रोकेर आफू अघिल्लो रोलक्रममा बस्दा ठिक ।

आफूले अन्तरिम आदेश दिएका पक्षका तर्फबाट छोरा वकिल बस्दा पनि ठिक । एउटा न्यायाधीशले कायम गर्नुपर्ने आत्मपरिसीमनका सबै सीमा उनले उल्लंघन गर्दै हिँड्दा पनि ठिक । पूर्वप्रधानन्यायाधीशहरुको सिन्डिकेट परिचालन गर्दा पनि ठिक । अनि आफू नहुनेबित्तिकै सबैथोक कसरी बेठिक भयो ? सपना प्रधान मल्ल र मनोजकुमार शर्माको तुलनात्मक अध्ययन गर्ने हो भने शर्मा के कुराले पछि र मल्ल के कुराले अघि हुन सक्छन् ? 

हदैसम्मको गैरव्यावसायिक आचरण प्रदर्शन गरिसकेपछि अब राजीनामा नदिएर बिदा मात्र लेखेर घर बस्ने, मौका पर्खेर बस्ने अनि न्यायालयमा संस्थापनविरुद्ध गुटबन्दी गर्ने ताक उनले हेरेको हुन सक्छ । त्यस्तो भयो भने दुई तिहाईको संसदले पनि उचित कदम चाल्न सक्नेछ ।

तसर्थ उनले केवल ठाउँ ओगट्ने, काम नगर्ने र न्यायमा बाधा अवरोध सिर्जना गर्नेतिर नलागी राजीनामा दिएर मार्गप्रशस्त गर्नु उचित हुन्छ । मुलुकको न्यायालय कुनै एक जनालाई प्रधानन्यायाधीश बनाएको वा नबनाएको कारण बन्धक बन्नु हुँदैन । अब काम नगर्ने हो भने सपनाले सिट खाली गरिदिनुपर्छ । त्यो सिटमा नयाँ काबिल र खट्न सक्ने न्यायाधीश आएर जनताका मुद्दा छिन्नेछन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०